सर्लाही,
सर्लाही जिल्लाको विष्णु गाउँपालिका ५ फेनरा स्थित बत्रौला इलाकाबाट असार २३ गते एपीएफ टोलीले १५ बोतल वालरेक्स नामक लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सोही जिल्लाको विष्णु गाउँपालिका ८ बस्ने २८ वर्षिय मेघनराम चमार छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका निज चमारलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सिमराबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त परिमाणको लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।
एपीएफ टोलीले पक्राउ परेका चमारलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।