झापा,
झापा जिल्लाको झापा गाँउपालिका ४ स्थित सीमा ईलाकाबाट जेठ २२ गते एपीएफ टोलीले करीब एक लाख ३० हजार रुपैयाँ बराबरको चोरीपैठारीको हार्डवयरका सामान बरामद गरेको छ ।
भारतबाट नेपालतर्फ बी आर ३७ एच ९४९७ नम्बरको भारतीय मोटरसाइकलमा राखेर अवैध रुपले ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट टाघनटुब्बाबाट खटिएको एपीएफ टोलीले उक्त हार्डवयरका सामान बरामद गरेको हो ।
बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।