धनकुटा,
फोटो खिच्ने क्रममा लडेर तमोर नदिमा खसी बेपत्ता भएका भारतीय नागरिक २६
वर्षिय भिनित शर्माको शव एपीएफ टोलीले सात दिनपछि शुक्रबार फेला पारेको छ
।
नोवेल मेडिकल कलेज बिराटनगरमा अध्ययनरत निज शर्मा फागुन २४ गते उक्त नदि
किनारमा फोटो खिच्ने क्रममा नदिमा खसेका थिए । सो बारे जानकारी पाउनासाथै
सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गुल्म हेक्वा छिन्ताङ्ग धनकुटाबाट
सशस्त्र प्रहरी नायव उपरीक्षक सचिन कर्माचार्यसहित एपीएफ अधिकृत
विल्लादार तथा जवानहरु निरन्तर खोजी तथा उद्वार कार्यमा जुटेका थिए ।
उद्वार कार्यका लागि तीन जना गोताखोरसहित १५ जना विपद् व्यवस्थापन तालिम
प्राप्त उद्वार टोली आवश्यक उद्वार सामाग्रीसहित खटिएको थियो ।
एपीएफ टोलीले निरन्तरको प्रयासपछि सहिदभूमी गाउँपालिका वडा नं. १ स्थित
गोपालपुर भन्ने ठाउँबाट सशस्त्र प्रहरी सहायक निरीक्षक मनोज श्रेष्ठको
कमाण्डमा रहेको एपीएफ टोलीले शुक्रबार दिउँसो निज शर्माको शव फेला पारेको
हो ।
त्यसठाउँमा ती व्यक्तिको शव भेटिएपछि एपीएफ टोलीले डोरी तथा स्टे«चरको
सहायताले शवलाई निकालेको हो ।
उक्त नदिको वहाव तीब्र भएको कारण उद्वार कार्यमा कठिनाईका वावजुद एपीएफ
टोली अथक मेहनतकासाथ उद्वार कार्यमा जुटेको थियो ।
त्यसठाउँमा हुने यस्ता घटना दुर्घटनाका बेला उकृष्ट उद्वार कार्यका लागि
चौविसै घण्टा एपीएफ टोली उच्च सतर्कतामा राखिएको छ । यसैबीच भएको उक्त
घटनाबारे जानकारी पाउनासाथै गोताखोरसहितको एपीएफ टोली परिचालन गरिएको हो
।
सशस्त्र प्रहरी बलका ती गोताखोर जमेको पानी वा पोखरीमा ७० फिट गहिराई
सम्म पुगेर खोजी तथा उद्वार कार्य गर्नसक्ने क्षमता राख्छन् । उनीहरुले
एक पटक पानीभित्र पसेपछि लगातार रुपमा ४५ मिनेटसम्म खोजीकार्य गर्न सक्ने
हुन्छ ।
निकै जोखिमपूर्ण रहेको नदिभित्र खोजी तथा उद्वार कार्यका लागि ती
गोताखोरले रवरबोट, अक्सिजन सिलिण्डर, प्रेसरगेज, डेब्थगेज, वेटसुट,
फिन्स, ग्लोब्स, सर्चलाईट, माउथपिस लगायतका विभिन्न उद्वार सामाग्री
प्रयोग गर्ने गरेका छन् ।
उक्त खोजीकार्यमा एपीएफ टोलीलाई स्थानीय जनता तथा अन्य निकायहरुले समेत
सहयोग पु¥याएका थिए । ती व्यक्ति सो नदिमा खसेको सात दिन हुदाँ समेत
एपीएफ टोली दिनहुँ खोजीकार्यमा सकृयताकासाथ जुटेका थिए ।