काठमाडौं,
रौतहट जिल्लाको माधव नारायण नगरपालिका ६ स्थित माधोपुर सीमा ईलाकाबाट
फागुन १९ गते एपीएफ टोलीले करीव दुई लाख १७ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र
प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटबाट खटिएको एपीएफ टोलीले बरामद गरेको
हो ।
एपीएफ टोलीले बरामद लत्ताकपडा भन्सार कार्यालय रौतहटमा बुझाएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गुल्म पूर्वी नवलपरासीबाट
खटिएको एपीएफ टोलीले फागुन १८ गते करीव दुई लाख ३७ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
ना २ ख २९८ नम्बरको यात्रुवाहक बसमा ल्याउँदै गरेको उक्त लत्ताकपडा
एपीएफ टोलीले पूर्वी नवलपरासी जिल्लाको गैडाकोट नगरपालिका १० स्थित
पितौजी चोकबाट बरामद गरेको हो ।
बरामद लत्ताकपडा भन्सार कार्यालय महेशपुरमा बुझाईएको छ ।
यसैगरी धनुषा जिल्लाको बिदेह नगरपालिका ९ स्थित खरथानीबाट एपीएफ टोलीले
फागुन १९ गते करीव एक लाख ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान
बरामद गरेको छ ।
भारतबाट मोटरसाईकलमा राखी अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित
मुल्य बराबरको लत्ताकपडा तथा जुत्ता सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण
धनुषाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
त्यसेवला एपीएफ टोलीले सामान ल्याउन प्रयोग भएको उक्त मोटरसाईकल समेत
बरामद गरेको छ ।
एपीएफ टोलीले बरामद सामान तथा उक्त मोटरसाईकल भन्सार कार्यालय जनकपुरमा
बुझाएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य दुई लाख रुपैयाँ
रहेको छ ।