धनुषा, धनुषा जिल्लाको विदेह नगरपालिका १ स्थित मैनाथपुरबाट फागुन १३ गते एपीएफ टोलीले ३ सय वटा नाईट्रोजन ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको शहिदनगर नगरपालिका ४ नन्नुपट्टि बस्ने १८ वर्षिय सुजितकुमार यादव छन् । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मैनाथपुरबाट खटिएको एपीएफ टोलीले निज यादवलाई शंका लागि जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।
APF