काठमाडौं,
धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १६ स्थित कपिलेश्वरबाट फागुन ११
गते एपीएफ टोलीले करीब दुई लाख ९७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा र जुत्ता बरामद गरेको छ ।
भारतबाट भन्सार छली अवैध रुपले दुई वटा मोटरसाइकलमा राखेर नेपालतर्फ
ल्याउँदै गरेको अवस्थामा उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण
हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
एपीएफ टोलीले त्यसवेला उक्त सामान ल्याउन प्रयोग भएको दुई वटै मोटरसाइकल
समेत बरामद गरेको छ ।
बरामद सामान तथा मोटरसाइकल स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
बरामद मोटरसाइकलको भन्सार दाखिला मूल्य एक लाख २० हजार रुपैयाँ रहेको छ ।
यसैगरी कैलाली जिल्लाको टिकापुर नगरपालिका ७ ढुंगानाटोलबाट फागुन १२ गते
एपीएफ टोली र सेती भन्सार कार्यालयका कर्मचारीले करीब दुई लाख ३६ हजार
रुपैयाँ बराबरको चोरीनिकासीको सेतो मटर बरामद गरेको छ ।
नेपालबाट भारततर्फ अवैध रुपले लैजाँदै गरेको उक्त सेतो मटर सशस्त्र
प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खकरौलाबाट खटिएको एपीएफ टोली र सेती
भन्सार कार्यालयका कर्मचारीलीले बरामद गरेको हो ।
बरामद मटर सेती भन्सार कार्यालय कैलालीमा बुझाइएको छ ।