बाँके, बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १६ स्थित चौलिकाबाट एपीएफ टोलीले फागुन ५ गते करीव एक लाख २३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय नेपालगंजमा बुझाईएको छ ।
APF