काठमाडौं,
झापा जिल्लाको मेचीनगर नगरपालिका १३ स्थित तेलीबारीबाट माघ २९ गते एपीएफ
टोलीले करीव तीन लाख ४४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न
किसिमका लत्ताकपडा बरामद गरेको छ ।
भारतीय नम्बरको कारमा राखी अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त
लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको
एपीएफ टोलीले बरामद गरेको छ । एपीएफ टोलीले त्यसवेला लत्ताकपडा ल्याउन
प्रयोग भएको सो कार समेत बरामद गरेको छ ।
बरामद लत्ताकपडा तथा उक्त कार भन्सार कार्यालय काकडभिट्टामा बुझाईएको छ
। बरामद कारको भन्सार दाखिला मुल्य २० लाख रुपैयाँ रहेको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय
महोत्तरी तथा बोर्डर आउट पोष्ट ठाडीझिँझाबाट खटिएको एपीएफ टोलीले करीव
तीन लाख ९६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
ज ८ प ६९३५ र ज १० प २६८१ नम्बरको मोटरसाईकलमा राखी भारतबाट अवैध रुपले
नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले धनुषा जिल्लाको
धनौजी गाउँपालिका १ स्थित लखौरीबाट बरामद गरेको हो ।
त्यसवेला एपीएफ टोलीले उक्त लत्ताकपडा ल्याउन प्रयोग भएको दुई वटै
मोटरसाईकल समेत बरामद गरेको छ ।