काठमाडौं,
पर्सा जिल्ल्लाको विन्ध्यावासिनी गाउँपालिका ३ स्थित झौवाबाट माघ २० गते
एपीएफ टोलीले करीव एक लाख ९४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
हार्डवेयरका सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी
बल नेपाल बोर्डर आउट पोष्ट अमरपट्टीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको
हो ।
एपीएफ टोलीले बरामद सामान बीरगंज भन्सार कार्यालयमा बुझाएको छ ।
यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बाहुनडाँगीबाट खटिएको
एपीएफ टोलीले माघ २० गते करीव एक लाख ८५ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा
एपीएफ टोलीले झापा जिल्लाको मेची नगरपालिका ४ स्थित भेटघाट चोकबाट बरामद
गरेको हो ।
बरामद सामान मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ ।
यसैगरी बारा जिल्लाको सिम्रौनगढ नगरपालिका ६ स्थित सिम्रौनगढ ईलाकाबाट
माघ १९ गते एपीएफ टोलीले करीव एक लाख ८१ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको
लत्ताकपडा, मोटर पार्ट्स र किराना सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर
आउट पोष्ट गोलागञ्जबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय बीरगंजमा बुझाएको छ ।