पर्सा,
पर्सा जिल्लाको बीरगंज महानगरपालिका १७ अलौ स्थित बीरगंज पोखरीया सडक
खण्डबाट माघ २३ गते एपीएफ टोलीले कागजपत्र विनाको एउटा सुजुकी कार बरामद
गरेको छ ।
बीआर ०१ बीएच ८२४९ नम्बरको भारतीय सुजुकी कारलाई सशस्त्र प्रहरी बल
नेपाल बोर्डर आउट पोष्ट अलौबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उक्त
कारको कागजपत्र फेला नपरेपछि बरामद गरिएको हो ।
बरामद कार एपीएफ टोलीले बीरगंज भन्सार कार्यालयमा बुझाएको छ । उक्त
कारको भन्सार दाखिला मुल्य आठ लाख रुपैयाँ रहेको छ ।