मोरङ,
मोरङ जिल्लाको बिराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालयको २
नम्बर ढाटबाट पौष ८ गते एपीएफ टोलीले दुई लाख ७० हजार भारतीय रुपैयाँसहित
एक जनलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरी जिल्लाको देवानगंज गाउँपालिका ३ बस्ने ३० वर्षिय
सन्तोषकुमार यादव छन् ।
उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गुल्म हेक्वा मोरङबाट खटिएको
एपीएफ टोलीले उक्त भारतीय रुपैयाँसहित पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेका निज यादवलाई गस्तीमा खटिएको एपीएफ टोलीले
शंका लागि जाँच गर्दा उनको साथमा पाँच सय दरको २ सय वटा, दुई सय दरको २
सय वटा र एक सय दरको १ हजार ३ सय वटा भारतीय नोट फेला परेपछि पक्राउ
गरिएको हो ।
पक्राउ परेका यादवलाई बरामद भारतीय रुपैयाँसहित आवश्यक कारवाहीको लागि
विराटनगर भन्सार कार्यालय रानीमा बुझाईएको छ ।