सर्लाही,
सर्लाही जिल्लाको बसबरिया गाउँपालिका ३ स्थित मधुवनी नयाँ सडक खण्डबाट
पौष ९ गते एपीएफ टोलीले करीव दुई लाख १० हजार रुपैयाँ बराबरको सुर्ती
बरामद गरेको छ ।
गोडैटाबाट जनकपुरतर्फ जाँदै गरेको ना ३ ख ५४६५ नम्बरको यात्रुवाहक बसमा
जाँच गर्दा बेवारिसे अवस्थामा रहेको उल्लेखित मुल्य बराबरको चार सय २०
के.जी. सुर्ती सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश मनुषमाराबाट खटिएको
एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद सुर्ती स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।