धनुषा,
धनुषा जिल्लाको धनौजी गाउँपालिका २ स्थित महादेव भन्ने स्थानबाट मंसीर ११ गते एपीएफ टोली र भन्सार कार्यालयको कर्मचारीले करीव छ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
अवैध सामान भण्डारण गरी राखेको भन्ने सुचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट ठाडिझिजा र सुरक्षा वेश जनकपुरबाट खटिएको एपीएफ टोली तथा भन्सार कार्यालय जनकपुरको कर्मचारीले छ वटा पोकामा रहेको उक्त लत्ताकपडा बरामद गरेको हो ।