काठमाडौं,
बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ स्थित चौलिका चोकबाट मंसीर ८ गते एपीएफ टोलीले करीव एक लाख ८७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको उल्लेखित रुपैयाँ बराबरको लत्ताकपडा तथा मेशिनरी सामान सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३० गण हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद सामान भन्सार कार्यालय जमुनाह बाँकेमा बुझाईएको छ ।
यसैगरि सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले मंसीर ८ गते करीव एक लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट भन्सार छलेर नेपालतर्फ ल्याउदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले रौतहट जिल्लाको गौर नगरपालिका ८ स्थित बसपार्क ईलाकाबाट बरामद गरेको हो ।
बरामद लत्ताकपडा भन्सार कार्यालय गौरमा बुुझाईएको छ ।