रुपन्देही,
रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाट कार्तिक २० गते एपीएफ टोलीले करिव १ लाख ५२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोर्टर पार्ट्स बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मूल्य बराबरको मोर्टर पार्ट्स सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद मोर्टर पार्ट्स भैरहवा भन्सार कार्यालय रुपन्देहीमा बुझाईएको छ ।