रौतहट,
रौतहट जिल्लाको गौर नगरपालिका १ कानोपट्टीबाट कार्तिक १५ गते एपीएफ
टोलीले करीब एक लाख दुई हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटर पार्ट्स
तथा हेण्डकलका सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त सामान सशस्त्र प्रहरी
बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।