सुनसरी, सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका ५ स्थित साहेवगञ्जबाट एपीएफ टोलीले करीव चार लाख ३० हजार रुपैयाँ बराबरको चोरीपैठारीको आयुर्बेदिक औषधी बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको वरिन्स वयदग्रास ५५ वटा, वरिन्स आसपरोसेग्रास १ सय ६३ वटा र ६ वटा वरिकेयर सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट साहेजगञ्जबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद आयुर्बेदिक औषधी एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
APF