झापा, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले असोज ९ गते करीब ४ लाख ९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैधरुपले भन्सार छलि ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको औषधी, लत्ताकपडा तथा किराना सामान झापा जिल्लाको मेचिनगर नगरपालिका ६ स्थित मेचिडाँडा भन्ने स्थानबाट बरामद गरिएको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
APF