सर्लाही, सर्लाही जिल्लाको मलंगवा नगरपालिका १० स्थित बसपार्क ईलाकाबाट असोज ७ गते एपीएफ टोलीले करीव एक लाख ३५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको एक सय ३५ थान लेडिज सुट सशस्त्र प्रहरी बल, नेपाल जिल्ला सुरक्षा वेश मलंगवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा एपीएफ टोलीले आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मलंगवामा बुझाएको छ ।
APF