काठमाडौं,
बारा जिल्लाको कलैया उपमहानगरपालिका १० बाट भाद्र १२ गते एपीएफ टोलीले करीव १ लाख ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको बिभिन्न सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको फेन्सी सामान, किराना सामान तथा ईलेक्ट्रि«क सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मटिअर्वाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि स्थानिय भन्सार कार्यालय बुझाएको छ ।
यसैगरी मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित रानी ईलाकाबाट भाद्र १२ गते एपीएफ टोलीले करीव दुई लाख रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
को.१ ह ५६८२ नम्वरको सिटी रिक्सामा राखेर भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गुल्म हेक्वा मोरङ्गबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले त्यसबेला उक्त सिटी रिक्सा समेत बरामद गरेको छ ।
एपीएफ टोलीले बरामद लत्ताकपडा तथा रिक्सा आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिराटनगरमा बुझाएको छ ।
उक्त लत्ताकपडा तथा सिटी रिक्साको भन्सार दाखिला मुल्य दुई लाख रुपैयाँ रहेको छ ।
यसैगरी रौतहट जिल्लाको गौर नगरपालिका ४ टिकुलियाबाट भाद्र १२ गते एपीएफ टोलीले करीव एक लाख ४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ दुईवटा साईकलमा राखेर ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडासहित सो साईकल समेत सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद लत्ताकपडा तथा साईकल आवश्यक कारवाहीको लागि स्थानयि भन्सार कार्यालय बुझाईएको छ ।