कैलाली, 
    कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ४ बसपार्क ईलाकाबाट बैशाख २७ गते एपीएफ टोलीले करीब १ लाख २८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र किराना सामान बरामद गरेको छ । 
    अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा कैलाली नम्बर ३४ गणबाट सशस्त्र प्रहरी हवल्दार आईतराम तामाङको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
 

APF