पर्सा,
पर्सा जिल्लाको बिरगञ्ज महानगरपालिका १६ स्थित रजतजयन्ती चोकबाट फागुन २२ गते एपीएफ टोलीले करीव १ लाख २४ हजार रुपैयाँ बराबरको चोरीनिकासी पैठारीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको तथा नेपालबाट भारततर्फ लैजाँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, भाडावर्तन, १२ भोल्टको ब्याट्री र किराना सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बिरगञ्जमा बुझाएको छ ।