झापा,
झापा जिल्लाको मेची नगरपालिका ६ स्थित बसपार्क ईलाकाबाट फागुन ८ गते एपीएफ टोलीले करीव १ लाख ३० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, किराना सामान र मोटर पार्टस सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा झापा नम्बर ८ गुल्मबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।