झापा,
    झापा जिल्लाको मेची नगरपालिका ६ स्थित बसपार्क इलाकाबाट एपीएफ टोलीले फागुन ३ गते करीव ४ लाख ३२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको २८ थान मोवाइल बरामद गरेको छ ।
    भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त मोवाइल सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा झापा नम्बर ८ गुल्मबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
    बरामद मोवाइल एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । 

APF