सुनसरी,
सुनसरी जिल्लाको बर्जु गाउँपालिका ३ स्थित अमरडुवाबाट एपीएफ टोलीले माघ २९ गते करीव ५ लाख ५६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको औषधी बरामद गरेको छ ।
भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ५ सय ५६ प्याकेट लुपिजेसिक क्याप्सुल सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट अमरडुवाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
बरामद औषधी एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।