Toggle Menu

समाचार

APF News
सशस्त्र प्रहरीद्धारा लागुऔषधसहित पक्राउ
काठमाडौ, झापा जिल्लाको गौरीगञ्ज गाउँपालिका ५ फत्तेपुरस्थित सीमा ईलाकाबाट भाद्र २८ गते सशस्त्र प्रहरीले दुई बोतल कोरेक्स तथा पाँच ग्राम गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको कमल गाउँपालिका २ बस्ने ५८ बर्षिय खड्ग दाहाल छन् । मे ३ प ९८३५ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज दाहाललाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गौरीगञ्जबाट खटिएको सशस्त्र प्रहरीले जाँच गर्दा उनको साथमा उक्त लागुऔषध फेला पारेको हो । त्यसबेला उनको साथबाट एक थान मोबाईल सेट, ४ हजार ७ सय ७५ नेपाली रुपैयाँ र ७५ भारतीय रुपैयाँ समेत बरामद गरिएको छ । पक्राउ परेका दाहाललाई बरामद लागुऔषध, मोबाईल तथा रुपैयाँसहित आवश्यक कारवाहीको लागी नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट विरगंजबाट खटिएको सशस्त्र प्रहरीले करीब ६ के.जी. गाजाँसहित बारा जिल्लाकोे जितपुर सिमारा उपमहानगरपालिका ७ बस्ने १८ बर्षिय पवन कुमार श्रीवस्तवलाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका निज श्रीवस्तवलाई गस्तीमा खटिएको सशस्त्र प्रहरीले शंका लागी जाँच गर्दा उनको साथमा उल्लेखित परिमाणको गाजाँ फेला परेपछी उनलाई पर्सा जिल्लाको विरगंज उपमहानगरपालिका १६ शंकराचार्य गेट नजिकैबाट पक्राउ गरिएको हो । त्यसैगरी मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १८ स्थित सीमा ईलाकाबाट भाद्र २८ गते सशस्त्र प्रहरीले करीव ९ के.जी. गाँजा बरामद गरेको छ । जतुवाबाट झट्याहीतर्फ आउँदै गरेको को ३३ प ६६८० नम्बरको मोटरसाईकलमा सवार व्यक्तिले सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जहदा भुटाहाबाट खटिएको सशस्त्र प्रहरीलाई देख्नासाथै उनले बोकेको झोला सोही ठाउँमा छाडी फरार भएपछी सो झोलाभित्र जाँच गर्दा उक्त गाँजा फेला परेको हो । त्यसवेला उक्त मोेटरसाईकल समेत बरामद गरिएको छ । बरामद गाँजा तथा मोटरसाईकल नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-05-29
APF News
शान्ति स्थापनाको लागि सामूहिक प्रयास आवश्यक – सशस्त्र प्रहरी महानिरीक्षक खनाल
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले हामी सवैको सामूहिक प्रयास र भावनाले मात्र शान्ति स्थापनाको कार्यलाई मजबुत र सफल बनाउन सकिने बताउनु भएको छ । संयुक्त राष्ट्र संघको अनुरोधमा मित्रराष्ट्र चीनको सार्वजनिक सुरक्षा मन्त्रालय (Ministry Of Public Security) को आयोजनामा यही सेप्टेम्बर ८ देखि ९ सम्म भएको शान्ति स्थापना सम्बन्धी अन्तर्राष्ट्रिय अनलाईन कार्यशालालाई "सेफ्टी एण्ड सेक्युरिटी अफ युएन पिसकिपर्स" विषयमा प्रमुख वक्ता (Keynote Speaker) को रुपमा सम्बोधन गर्नु हुदैं उहाँले सो कुरा बताउनु भएको हो। महानिरीक्षक खनालले शान्ति स्थापनार्थ खटिएका कर्मचारीको सुरक्षाको लागि एम्बुस तथा माइनहरुबाट सुरक्षित रहन पर्याप्तम मात्रामा सचेतना र क्षमता अभिबृद्धि गर्नुपर्ने बताउनु हुँदैं शान्ति स्थापनार्थ परिचालन पूर्वको तालिममा यस सम्बन्धी क्षति न्यूनीकरण गर्ने उपाय बारे समेत प्रशिक्षण प्रदान गर्नुपर्ने बताउनु भयो । शान्ति मिसनको कार्यादेशलाई प्रभावकारी ढंगले पूरा गर्नको लागि फर्म्ड पुलिस युनिट र इन्डीभिजुअल पुलिस अफिसरको रुपमा खटिने सुरक्षाकर्मीको लागि खटिनु पूर्व मिसन लक्षित तालिम संचालन गर्नुपर्नेमा समेत उहाँले जोड दिनु भयो । यसरी तालिम प्राप्तव र क्षमता भएका कर्मचारीहरु श्रोत साधन सम्पन्न भई परिचालित हुँदा आफू सुरक्षित रही प्राप्त् जिम्मेवारी प्रभावकारी ढंगले पूरा गर्न सकिने बताउनु हुँदै महानिरीक्षक खनालले बदलिँदो सुरक्षा परिस्थिति र चुनौतीलाई मध्यनजर गर्दै मिसन लक्षित पूर्वतयारीले यसमा खटिने कर्मचारीको सुरक्षामा सहयोग पुग्ने बताउनु भयो । कुशल नेतृत्व¸ सामूहिक भावना र सहकार्य¸ अनुशासन¸ इमानदारी¸ सही योजना¸ समन्वय तथा कमाण्डरको क्षमता नै शान्ति स्थापनार्थ खटिएका कर्मचारीको सुरक्षाको लागि महत्वपूर्ण हुने कुरामा जोड दिनुहुँदै उहाँले संयुक्त राष्ट्र संघ र यसका सदस्य राष्ट्र्हरुको तर्फबाट गरिएका कार्यलाई सार्थक बनाउनको लागि यस प्रकारका सम्मेलन महत्वपूर्ण हुने समेत बताउनु भयो । महानिरीक्षक खनालले आफ्नो सम्बोधनको क्रममा आफू शान्ति स्थापनार्थ विश्वभका विभिन्न मुलुकमा विभिन्न जिम्मेवारीमा रही खटिएको अनुभव स्मरण गर्नुहुँदै मिसन इलाकामा प्रभावकारी इन्टेलिजेन्सको परिचालनले सम्भावित चुनौती र हुन सक्ने घटनालाई न्यूनीकरण गर्न सकिने भएकोले इन्टेलिजेन्स नेटवर्कलाई प्रभावकारी बनाउनु पर्नेमा समेत जोड दिनु भयो । उक्त कार्यशालामा आयोजक राष्ट्र चीनका एक्जक्युटिभ भाइस मिनिस्टर वाङ झियाओहोङ, संयुक्त राष्ट्रसंघका उप महासचिव जं पियर लाक्वा, युएन पुलिस एडभाइजर लुइस कारिल्हो लगायत अन्य उच्च अधिकारीका साथै फ्रान्स¸ जर्मनी¸ अर्जेन्टिना¸ बंगलादेश¸ पाकिस्तान सहित संयुक्त राष्ट्रसंघीय शान्ति स्थापनामा सहभागी भएर योगदान पुर्याउने विभिन्न देशका उच्च अधिकारीहरुको सहभागिता रहेको उक्त कार्यक्रममा महानिरीक्षक खनाल सहित जम्मा ६ जना उद्घाटन सत्रको प्रमुख वक्ता (Keynote Speaker) को रुपमा रहनु भएको थियो।
2078-05-25
APF News
विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा पक्राउ
काठमाडौं, विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीले पर्सा जिल्लाको छिपरमाई गाउँपालिका ५ भिष्वास्थित सीमा ईलाकाबाट भाद्र २१ गते एक जनालाई पक्राउ गरेको छ । सोही जिल्लाको बिरगंज महानगरापालिका १५ बस्ने राजकुमार पटेललाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भिष्वाबाट खटिएको सशस्त्र प्रहरीले पक्राउ गरेको हो । उनलाई गस्तीमा खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा नोफिन ५ सय वटा, डाईजेपाम ५ सय वटा र प्रोथाजिन ५ सय वटा फेला पारेको हो । पक्राउ परेका पटेललाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी मोरङ्ग जिल्लाको रतुवामाई नगरपालिका २ स्थित सीमा ईलाकाबाट भाद्र २१ गते सशस्त्र प्रहरीले ४० वटा निट्राभेट ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ । सोही जिल्लाको रतुवामाई नगरपालिका ६ बस्ने १९ वर्षिय बिदेक किष्कुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोरियाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला पारेको हो । पक्राउ परेका किष्कुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-05-22
APF News
डुवान परेका २ सय ६२ जनाको सशस्त्र प्रहरीद्वार सकुशल उद्वार
काठमाडौं, काठमाडौं उपत्यकास्थित विभिन्न ठाउँहरुमा अविरल वर्षासँगै आएको बाढि तथा डुवानमा परेका २ सय ६२ जना व्यक्तिको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । काठमाडौको कागेश्वरी, काँडाघारी, त्रिपुरेश्वर, गुहेश्वरी, गौरीघाट, थापाथली र सिनामंगलमा अविरल वर्षाको कारण डुवानमा परेका १ सय ५० जनाको सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण विपद् उद्वार सिनामंगलले उद्वार गरेको हो । यसैगरी कागेश्वरी नगरपालिका ६ तथा भक्तपुर जिल्लाको चागुनारायण नगरपालिका १ र २ बाट ९२ जना व्यक्तिको सशस्त्र प्रहरी बल नेपाल नम्बर २२ गण गुहेश्वरीले उद्वार गरेको हो । यस्तै ललितपुर महानगरपालिका २ गुसिङ्गालमा डुवानमा परेका १४ जनाको सशस्त्र प्रहरी बल नेपाल नम्बर २१ गण दक्षिणकालीले उद्वार गरेको हो । यस्तै काठमाडौ महानगरपालिका १३ स्थित कालीमाटी तथा विष्णुमतीको किनारबाट दुई जनाको समेत उद्वार गरिएको छ । यस क्रममा ५८ वटा पशुचौपाया तथा डुवानमा परेका घरपरिवाका विभिन्न सामान समेत सुरक्षित स्थानमा स्थानानन्तर गर्ने कार्य समेत भएको छ ।
2078-05-22
APF News
विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ
सप्तरी, सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका ३ स्थित सीमा ईलाकाबाट भाद्र २० गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको अग्निसाईर गाउँपालिका १ बस्ने २० वर्षिय अर्जुन खङ्ग र २८ वर्षिय शंखर खङ्ग छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट छिन्नमस्ताबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा डाईजेपाम इन्जेक्सन ८ एम्पुल, फेनारागन इन्जेक्सन ७ एप्पुल र लुपिजेसिक ७ एम्पुल फेला पारेको हो । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-05-21
APF News
अविरल वर्षाको कारण डुवानमा परेकाहरुको उद्वारमा सशस्त्र प्रहरीको सकृयता
काठमाडौं, अविरल वर्षाको कारण भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका ४ ईन्जिनियरिङ्ग कलेज नजिक मनहरा खोलाको पानी सुकुम्वासी बस्तीमा पसेर डुवानमा परेका करीव ७० घरपरिवारको सशस्त्र प्रहरीले सकशुल उद्वार गरेको छ । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २२ गण भक्तपुरबाट खटिएको सशस्त्र प्रहरी उनीहरुको उद्वार कार्यमा सकृयतासाथ जुटेको हो । यसैगरी काठमाडौ महानगरपालिका ८ गौरीघाटस्थित सुकुम्वासी बस्तीमा बागमती नदिको बहाव बढेर डुवानमा परेका करीव एक सय घरपरिवारको सशस्त्र प्रहरीले उद्वार गरेको छ । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण उपत्यकाबाट खटिएको सशस्त्र प्रहरी उनीहरुको उद्वार कार्यमा सकृयताकासाथ जुटेको हो । यसैगरी काठमाडौ महानगरपालिका ११ थापाथलीस्थित सुकुम्वासी बस्तीमा बागमती नदिमा पानीको बहाव बढेर बस्तीमा पसेपछि डुवानमा परेकाहरुको सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण काठमाडौंबाट खटिएको सशस्त्र प्रहरीले सकुशल उद्वार गरेको छ । यसैगरी काठमाडौ जिल्लाको काठमाडौं महानगरपालिका १३ कालिमाटीस्थित बागमती र विष्णुमती नदिको दोभानमा रहेको सुकुम्वासी वस्तीमा पानी पसेर डुवानमा परेका घरपरिवारको सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ गण काठमाडौंबाट खटिएको सशस्त्र प्रहरीले उद्वार गरेको छ । यसैगरी काठमाडौं महानगरपालिका १४ बल्खुस्थित बागमती नदिमा पानीको बहाव बढेर सुकुम्वासी बस्तीमा पस्दा डुवानमा परेका करीव ६० घरपरिवारको सशस्त्र प्रहरी बल नेपाल नम्बर १८ गण काठमाडौंबाट खटिएको सशस्त्र प्रहरीले उद्वार गरेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण उपत्यकाबाट खटिएको सशस्त्र प्रहरीले काठमाडौं जिल्लाको कागेश्वरी नगरपालिका ७ हरहरमहादेवस्थित सुकुम्वासी बस्तीमा पानी पसेर डुवानमा परेका घरपरिवारको सामान तथा चौपाया सुरक्षित स्थानमा सारेको छ ।
2078-05-21
APF News
विभिन्न किसिमका लागुऔषधसहित सशस्त्र प्रहरीद्धारा दुई जना पक्राउ
महोत्तरी, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ चाँदनी चोकबाट भाद्र १९ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोट जिल्लाको बिदुर नगरपालिका ७ बस्ने ३० बर्षिय संजय भट्ट र गोरखा जिल्लाको बुढिगंगा गाउँपालिका ३ बस्ने २३ बर्षिय अजय परियार छन् । प्रदेश ०२(०२२ प ३४७२ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा नाईट्रोभेट ट्याब्लेट २ हजार ३ सय ७० वटा, प्रोमेथाजिन ईन्जेक्सन १ सय २१ वटा, फिन्ज ईन्जेक्सन १ सय १८ वटा, डाईजाल्याप ७१ वटा र डाईजापाम ४६ वटा फेला पारेको हो । पक्राउ परेकाहरुलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागी नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-05-20