Toggle Menu

समाचार

APF News
सशस्त्र प्रहरी परिवार महिला संघको २३औं वार्षिकोत्सव सम्पन्न

माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीको प्रमुख आतिथ्यमा प्रधान कार्यालय हल्चोक स्वयम्भुमा असार १७ गते सशस्त्र प्रहरी परिवार महिला संघको २३औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न भएको छ ।
कार्यक्रममा निमित्त संगठन प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले वार्षिकोत्सवको अवसरमा आयोजित दोश्रो खुल्ला महिला हाफ म्याराथनका विजयी खेलाडी लगायत उत्कृष्ट कार्य गर्ने महिला सशस्त्र प्रहरी कर्मचारीहरुलाई तथा सशस्त्र प्रहरी परिवार महिला संघकी उपाध्यक्ष श्रीमती सावित्रा कुमारी जैसीले विभिन्न निजी तथा सामुदायिक विद्यालयबाट एसईई परिक्षामा उत्कृष्ट अंक ल्याउन सफल छात्रछात्राहरुलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

2081-03-17
APF News
मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीको २३औँ स्थापना दिवस सम्पन्न

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा असार १ गते नं.४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीको २३औँ स्थापना दिवस सम्पन्न भएको छ ।
सोही अवसरमा महानिरीक्षक अर्यालले बाहिनी परिसरमा नवनिर्मित बिशिष्ट अतिथि कक्ष, अतिथि कक्ष, सशस्त्र प्रहरी वीर स्मृति कक्ष, कार्य अभिलेख तथा इकाई समन्वय सेल तथा धौलागिरी बहुउद्देश्यीय हलको समेत उद्घाटन गर्नुभयो ।
उहाँले स्थापना दिवसको अवसरमा आयोजना गरिएका विभिन्न प्रतियोगिताका विजयी टिम तथा खेलाडीहरु, उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी, बाहिनीलाई सहयोग पु¥याउनु हुने महानुभावहरुलाई पुरस्कार, कदर तथा प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।

2081-03-02
APF News
पुल बनाउन खनेको खाल्टोमा डुवेका बालक तथा झरनामा खसेका व्यक्तिको शव फेला

कास्की जिल्लाको पोखरा महानगरपालिका–३३ बरपौवास्थित सुरौदी खोलामा पुल बनाउन खनेको खाल्टोमा खसेका बालकको शव असार २ गते सशस्त्र प्रहरीको गोताखोरले निकालेको छ । सोही ठाउँ बस्ने ९ वर्षिय गणेश बि.क. असार १ गते साँझ ५ बजे पुल बनाउन खनेको खाल्टोमा खसेका थिए ।
सो बारे जानकारी पाउनासाथ नं. २४ कालिका गण कास्कीबाट खटिएको गोताखोरसहितको फौजले बालकको शव अन्दाजी २० फिट गहिराईबाट निकालेको हो ।
त्यस्तै कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका–५ बछेलास्थित झरनाबाट खसेका व्यक्तिको शव नं. ३५ गण कञ्चनपुरको टोलीले फेला पारेको छ । असार १ गते साँझ झरनाबाट व्यक्ति खसेको जानकारी प्राप्त भएपछि खटिएको सुरक्षा फौजले रातको १० बजे उनको शव निकालेको हो ।

2081-03-02
APF News
हाफ म्याराथन प्रतियोगिता संचालन हुने  

सशस्त्र प्रहरी परिवार महिला संघले २३औँ वार्षिकोत्सवको अवसरमा यही असार ८ गते शनिबारको दिन  ‘दोश्रो महिला हाफ म्याराथन प्रतियोगिता–२०८१’ संचालन गर्ने भएको छ   ।
शनिबार बिहान ६ः०० बजेबाट शुरु हुने महिला हाफ म्याराथनको लागि सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको रंगशालाबाट शुरु भई बालाजु चोक, नयाँ बसपार्क, बसुन्धारा, महाराजगंज चोकलाई दायाँ पार्दै त्रि.वि. शिक्षण अस्पताल, लैनचौर, जमल, घण्टाघर, शहिद गेट, त्रिपुरेश्वर, टेकु, कालिमाटी, रविभवन, कलंकी हुँदै पुनः प्रधान कार्यालयस्थित एपीएफ रंगशाला एक राउण्ड लगाउनु पर्नेछ ।
महिलातर्फको खुल्ला प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीयले ७५ हजार, तृतियले ५० हजार र चौथो देखि दशौं सम्म  हुनेले ५÷५ हजार रुपैयाँ पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
प्रतियोगिता सम्बन्धी थप जानकारीको लागि ०१–५२४९०२५ वा सशस्त्र प्रहरी निरीक्षक देव बहादुर कार्कीलाई ९८५१२५९१४१ नम्बरमा सम्पर्क गर्न सकिने छ । प्रतियोगितामा सहभागी हुनको लागि असार ६ गतेभित्र नाम दर्ता गराईसक्नु पर्नेछ । दर्ता शुल्क भने लाग्ने छैन ।

2081-03-04