Toggle Menu

समाचार

APF News
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा बडिमालिका जवान तालिम शिक्षालयको २३औं वार्षिकोत्सव सम्पन्न

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा बैशाख २४ गते बडिमालिका जवान तालिम शिक्षालय बनबेहडा कैलालीको २३औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।
कार्यक्रममा महानिरीक्षक अर्यालयले स्थापना दिवसको अवसरमा संचालन गरिएको विभिन्न खेलकुद प्रतियोगिताका विजयी टिम तथा खेलाडी, उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरु र शिक्षालयलाई सहयोग पुर्‍याउनुहुने संघसंस्था तथा महानुभावहरुलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभएको थियो ।
सोही दिन महानिरीक्षक अर्यालले कञ्चनपुर जिल्लाको शुक्लाफाटा नगरपालिका–५ झलारीमा स्थापित नेपाल एपीएफ स्कूल झलारी कञ्चनपुरको समेत उद्घाटन गर्नुभएको थियो ।

2081-01-24
APF News
चोरीपैठारीको सामानसहित कार नियन्त्रणमा  

पर्सा जिल्लाको बीरगंज महानगरपालिका– १६ भन्सार ईलाकाबाट बैशाख १६ गते करीव ४ लाख ९७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको इलेक्ट्रोनिक्स सामान बरामद भएको छ ।
भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्यको मोवाईलको डिस्प्ले, चार्जर र डाटा केवल प्रस्तावित सीमा सुरक्षा गुल्म पर्साले बरामद गरेको हो ।  
यसैगरी सोही स्थानबाट बैशाख १६ गते भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एक्स ३४७९ नम्बरको मारुटी सुजुकी कारमा फल्स बटम बनाई लुकाई छिपाई ल्याउँदै गरेको करीव १ लाख ४ हजार रुपैयाँ बराबरको मोटर पार्ट्स प्रस्तावित सीमा सुरक्षा गुल्म पर्साले नियन्त्रणम लिएको छ ।
बरामद सामान तथा कार आवश्यक कारवाहीको लागि बीरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको  छ । सो गाडीको भन्सार दाखिला मुल्य १५ लाख रुपैयाँ रहेको छ ।

2081-01-17