Toggle Menu

समाचार

APF News
श्रोत नखुलेको भारतीय रुपैयाँ तथा चरेशसहित व्यक्ति नियन्त्रणमा

बारा जिल्लाको कलैया उपमहानगरपालिका–१० स्थित मटिअर्वा र शनिश्चरे ईलाकाबाट श्रोत नखुलेको भारतीय रुपैयाँ तथा चरेशसहित तीन जनालाई नियन्त्रणमा लिईएको छ ।
असार २१ गते प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्वाले २ लाख ५ हजार ६ सय भारतीय रुपैयाँसहित मोटरसाईकलमा सवार भारत घर बताउने अन्दाजी ३६ वर्षिय पुरुषलाई नियन्त्रणमा लिएको हो ।
त्यस्तै असार १८ गते सोही गुल्मले करीव १० किलो २ सय ३० ग्राम चरेशसहित भारत घर बताउने अन्दाजी २१ वर्षिय र १८ वर्षिय पुरुषलाई नियन्त्रणमा लिएको छ । भारतीय नम्बर प्लेटको मोटरसाईकलमा सवार उनीहरुले हेल्मेट र सिटमुनी लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा चरेश फेला परेको हो ।
नियन्त्रमा लिईएकाहरुलाई बरामद रुपैयाँ, चरेश र मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाईएको छ ।

2081-03-22
APF News
राप्ती नदिमा फसेका दुई जनाको सकुशल उद्वार एक जना बेपत्ता

दाङ जिल्लाको लमही नगरपालिका–७ हसनापुरस्थित राप्ती नदिमा पानीको बहाव बढी फसेका दुई जनाकोे असार २२ गते सकुशल उद्वार गरिएको छ ।
दुध बिक्री गरी घर फर्कदै गरेका ४८ वर्षिय तुलाराम यादव र ४० वर्षिय दयाराम यादव सो नदिको दोभान फसेका थिए । उनीहरुको नं. ४१ रिजर्भ गण अर्जुन खोला दाङबाट खटिएको सुरक्षा फौज सकुशल उद्वार गरेको हो । त्यसैगरी सोही जिल्लाको राजपुर गाउँपालिका–२ बेलास्थित राप्ती नदिमा बेपत्ता भएका १८ वर्षिय राजकुमार यादवको खोजीकार्य भईरहेको छ । त्यस्तै सोही जिल्लाकै लमही नगरपालिका–६ कुलमोहरस्थित अर्जुन खोलाको किनारामा फसेका ३३ वर्षिय गोरे क्षेत्रीको समेत सकुशल उद्वार गरिएको छ ।

2081-03-22