Toggle Menu

समाचार

APF News
सम्माननीय प्रधानमन्त्री ओली सशस्त्र प्रहरी दिवस विशेष समारोहमा सरिक

काठमाडौं, 
    सम्माननीय प्रधानमन्त्री के.पी. शर्मा ओली ‘अठारौं सशस्त्र प्रहरी दिवस २०७५’ विशेष समारोहमा सरिक हुनुभएको छ । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा माघ १५ गते आयोजित सशस्त्र प्रहरी दिवस विशेष समारोहका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री ओलीले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुकासाथै अमर सशस्त्र प्रहरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो ।     
    उक्त विशेष समारोहमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लगायत विशिष्ट अतिथि महानुभावहरुले समेत हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो ।
    सो विशेष समारोहमा कर्तव्यको बलिबेदिमा प्राणोत्सर्ग गर्ने अमर सशस्त्र प्रहरीको सम्मानमा शोक सलामी अर्पण गर्नुकासाथै एक मिनेट मौनधारणा समेत गरिएको थियो ।
    सम्माननीय प्रधानमन्त्री ओलीले उक्त विशेष समारोहमा यसवर्ष उत्कृष्ट बाहिनी घोषित सशस्त्र प्रहरी बल, नेपाल बाहिनी मुख्यालय रुपन्देही नम्बर ५ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक चिरञ्जीवी अधिकारीलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गर्नुभयो ।   
    सम्माननीय प्रधानमन्त्री ओलीले सोही विशेष समारोहमा संगठनमा लामो समय सेवा गरी स–सम्मान अवकाश ग्रहण गर्नुभएका सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई र अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रोहित थापालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गर्नुभयो । 
    समारोहलाई सम्बोधन गर्नुहुँदै सम्माननीय प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरी बल, नेपालले स्थापनाको छोटो समयमा नै प्रदर्शन गरेको देश भक्ति, कर्तव्य परायणता र क्षमताले संगठनको स्थापनाको औचित्य पुष्टि गरिसकेको चर्चा गर्नुहुँदै संगठनलाई आजको यस अवस्थामा ल्याईपु¥याउन सम्पूर्ण सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुको असाधारण मेहनत, परिश्रम र बीरता प्रदर्शनको उल्लेखनिय भूमिका रहेको बताउनुभयो । 
उहाँले राष्ट्र र नागरिकको सेवा र सुरक्षाका खातिर आफ्नो प्राण समेत आहुती दिनुहुने सम्पूर्ण बीरगती प्राप्त अमर सशस्त्र प्रहरीप्रति सम्मान व्यक्त गर्नुहुँदै नेपाल सरकारले विगतमा द्वन्द्वको अवस्थामा बीरगति प्राप्त गर्नुभएकाहरुको सम्मान स्वरुप चारवटै सुरक्षा निकायका बीरगति प्राप्त राष्ट्रसेवकहरुलाई  सहिद घोषणा गरिएको बताउनुभयो । 
सम्माननीय प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरी बल, नेपाल देशका सबै ७७ वटै जिल्लाहरुमा रहेर शान्ति सुरक्षा तथा अमन चयन कायम गर्ने आफ्नो भूमिकामा कृयाशिल र सफल रहेको उल्लेख गर्नुहुँदै नेपाल सरकार भ्रष्टाचारमुक्त समृद्ध नेपालको सपना साकार पार्न निरन्तर लागिरहेको बताउनुभयो ।     
    गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्यअवसरमा संगठनमा आवद्ध रहेर देश सेवा गर्दागर्दै  विभिन्न परिस्थितीमा बीरगति प्राप्त गर्नुभएका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठ लगायत सबै दिवंगत राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्नुहुँदै कर्तव्यपथमा रहदा घाइते तथा अंगभंग भएका सुरक्षाकर्मीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । 
उहाँले सशस्त्र प्रहरी बल नेपाल आम नेपाली जनताको भरोसायुक्त संगठनको रुपमा आफुलाई उभ्याउन सफल रहेको चर्चा गर्नुहुँदै यस संगठनले आजको अवस्थामा राष्ट्रिय सुरक्षाकोसाथै संयुक्त राष्ट्र संघीय शान्ति सुरक्षामा समेत खटिई उत्कृष्ट कार्य गर्न सफल रहेको बताउनुभयो । 
गृहमन्त्री थापाले संघीयताको कार्यान्वयनसँगै देश नयाँ सिराबाट अगाडी बढिरहेको सन्दर्भमा सशस्त्र प्रहरी बल, नेपालको काँधमा विशेष जिम्मेवारी रहेकोले चलायमान सुरक्षा निकायको रुपमा अहम भूमिका निर्वाह गर्नुपर्ने जिम्मेवारी समेत रहेको बताउनुहुँदै सशस्त्र प्रहरी बल, नेपाललाई समयानुकुल पुनःसंरचना गरी कार्यान्वयमा समेत ल्याइसकिएको चर्चा गर्नुहुँदै राष्ट्रको सीमा सुरक्षा, विपद व्यवस्थापन, महत्वपूर्ण व्यक्ति तथा प्रतिष्ठानको सुरक्षा, औद्योगिक सुरक्षाकोसाथै राजस्व संकलन लगायतका कार्यहरुमा संगठनले उल्लेखनिय योगदान पु¥याउँदै आएकोे बताउनुभयो ।

    सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले उक्त विशेष समारोहमा धन्यवाद ज्ञापन गर्नुहुँदै सशस्त्र प्रहरी बल, नेपालले राष्ट्र, राष्ट्रियता र जनताका खातिर सदैव उच्च सतर्कताकासाथ जिम्मेवारी निर्वाह एवं उत्तरदायित्व वहन गरी प्रभावकारी ढंगले सुरक्षा व्यवस्था मिलाउन उत्प्रेरीत रहेको तथा संगठनले कार्यक्षेत्रमा उत्कृष्ट कार्यसम्पादन गरिरहेको उल्लेख गर्नुभयो ।
उहाँले संगठनलाई महत्वपूर्ण सुरक्षा संयन्त्रको रुपमा स्थापित गर्ने सिलसिलामा बीरगति प्राप्त गर्नुभएका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठ लगायत अमर सशस्त्र प्रहरी प्रति श्रद्धा सुमन अर्पण गर्दै कर्तव्य पालनाको क्रममा घाइते भएका राष्ट्रसेवकहरुको स्वास्थ्य लाभको कामना गर्नुभयो ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले नेपाल सरकारको अभिभावकत्व तथा देश र देशवासी प्रतिको कर्तव्य, जिम्मेवारी, चिन्ता र चिन्तनले गर्दा संगठनले आफ्नो सेवा र सुरक्षाको क्षेत्रमा महत्वपूर्ण भूमीका निर्वाह गर्न सक्षम भएको चर्चा गर्नुहँुदै ‘समृद्ध नेपाल र सुखी नेपाली’को लागि आवश्यक सामाजिक सद्भाव बनाई राख्न र सुशासन कायम गर्न सबै सुरक्षा निकाय तथा सरोकालवाला निकायहरुसंग सहकार्य गर्दै अगाडी बढ्न सशस्त्र प्रहरी बल, नेपाल प्रतिवद्ध रहेको उल्लेख गर्दै राष्ट्रसेवकहरुले आफ्ना स्वार्थलाई थाती राखेर देश र जनताका लागि के दिन सकिन्छ भन्नेतर्फ केन्द्रित भई जिम्मेवारी निर्वाहमा तल्लीन रहनु पर्ने बताउनुभयो । 
उहाँले देश र जनतालाई शीरमा राखेर तन, मन र वचनकासाथ प्रतिवद्ध रही कार्यक्षेत्रमा परिचालित रहनु पर्ने बताउनुुहुँदै यसबाट सुरक्षा क्षेत्रमा चालिएका प्रयासहरु सार्थक हुने उल्लेख गर्नुभयो । 

वर्षजवान घोषणा, उत्कृष्ट सशस्त्र प्रहरी कर्मचारी पुरस्कृत तथा सन्ततीलाई छात्रवृत्ति प्रदान:
    उक्त विशेष समारोह पश्चात सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको प्रमुख आतिथ्यमा आजै आयोजित कार्यक्रममा उहाँले विभिन्न समयमा स–सम्मान अवकाशग्रहण गर्नुभएका सशस्त्र प्रहरी अधिकृतहरुलाई प्रशंसापत्र प्रदान गरि स–सम्मान विदाई गर्नुभयो । 
    सशस्त्र प्रहरी महानिरीक्षक खनालले सोही अवसरमा अमर सशस्त्र प्रहरीका १ सय १ जना सन्ततीलाई जनही २४ हजार रुपैयाँका दरले छात्रवृत्ति प्रदान गर्नुभयो । यसैगरी गत सालको एसईई परिक्षामा उत्कृष्ट अंक हासिल गर्ने सशस्त्र प्रहरी बल, नेपालका अवकाश प्राप्त, बीरगति प्राप्त तथा बहालवाला सशस्त्र प्रहरी कर्मचारीका १० जना सन्ततीलाई  त्यसैअवसरमा नगद पुरस्कार तथा प्रशंसापत्र प्रदान गर्नुभयो । 
    उहाँले यस वर्ष ‘वर्ष जवान २०७५’ हुन सफल सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा कार्यरत सशस्त्र प्रहरी सहायक हवल्दार शिरबहादुर थापालाई ‘वर्ष जवान’को ट्याग प्रदान गर्नुकासाथै नगद १० हजार रुपैयाँ प्रदान गर्नुभयो । यसरी घोषित वर्ष जवानलाई युएन मिशनमा समावेश गर्नुकासाथै निजको एक जना सन्ततीलाई वार्षिक १२ हजार रुपैयाँका दरले १२ कक्षा अध्ययन गरुन्जेलसम्म छात्रवृत्ति प्रदान गरिने छ । 
    सशस्त्र प्रहरी महानिरीक्षक खनालले कार्यक्षेत्रमा रहेर विभिन्न विधामा उल्लेखनिय कार्य गरेका सशस्त्र प्रहरी अधिकृत तथा विल्लादार जवानहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुकासाथै परिवारका सदस्य दिर्घरोगको उपचार गराईरहेका तीन जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई आर्थिक सहयोग स्वरुप जनही ५० हजार रुपैयाँ प्रदान गर्नुभयो । 
उहाँले सशस्त्र प्रहरी बल, नेपाललाई विभिन्न क्षेत्रमा उल्लेखनिय सहयोग पु¥याउने विभिन्न क्षेत्रका महानुभावहरुलाई दोसल्ला ओढाई सम्मान गर्नुकासाथै प्रशंसापत्र प्रदान गर्नुभयो । 

2075-10-15
APF News
प्याराग्लाईडिङ्ग गर्ने क्रममा फेवातालमा खसेका दुई जनाको एपीएफ टोलीद्वारा उद्धार

कास्की, 
    प्याराग्लाईडिङ्ग गर्ने क्रममा कास्की जिल्लाको पोखरा महानगरपालिका ६ लेकसाईडस्थित फेवातालमा खसेका दुई जना विदेशी नागरिकको एपीएफ टोलीले सोमबार सकुशल उद्धार गरेको छ ।
    प्याराग्लाईडिङ्ग गरिरहेको बेला अचानक आएको हावाहुरीको कारण दुई वटा प्याराग्लाईडिङ्गमा सवार जापनिज नागरिक ५० वर्षिय हिरा काजु र ७२ वर्षिय बतना फेवातालमा खसेका थिए ।
    दुई वटा प्याराग्लाईडिङ्ग फेवातालमा खसेको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा कास्की नम्बर २४ गणबाट फेवाताल रेस्क्यू टावरमा खटिएका सशस्त्र प्रहरी सहायक निरीक्षक दिपेन्द्र बिष्टको नेतृत्वको एपीएफ टोली तत्कालै खटिई गई उनीहरुको सकुशल उद्धार गरेको हो ।  
 

2075-10-15
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट एफपीयु टोलीको विदाई

काठमाडौं,
    सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त राष्ट्रसंघको अनुरोधमा सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा फम्र्ड पुलिस युनिट (एफपीयू)को रुपमा कार्य गर्न खटिई जान लागेको एक टोलीलाई आईतबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच हार्दिक विदाई गर्नुभयो । 
    सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा संयुक्त राष्ट्रसंघको झन्डामुनि रहि शान्तिस्थापनार्थ खटिदा राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले राष्ट्र र संगठनको प्रतिनिधित्व गर्ने हुनाले त्यसठाउँमा सधैं अनुशासित तथा ईमान्दारिताका साथ उत्कृष्ट कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । 
    उहाँले त्यसतर्फ खटिँई जान लागेको सशस्त्र प्रहरी बल, नेपालको एफपीयु टोलीले विभिन्न देशका सुरक्षाकर्मीहरुसँग समन्वय र सहकार्य गरी चेन अफ कमाण्ड र फौजी संस्कारमा रहेर पूर्ण व्यवसायीकताका साथ प्राप्त जिम्मेवारी र उत्तर दायित्व वहन गर्नुपर्नेमा जोड दिनुभयो । 
सशस्त्र प्रहरी महानिरीक्षक खनालले विदेशमा रहँदा त्यहाँको भाषा संस्कृति र रहनसहन फरक हुने हुनाले सुरक्षाकर्मीहरु थप सतर्क र चनाखो भई सुझबुझका साथ जिम्मेवारी निर्वाहमा लाग्नुपर्ने चर्चा गर्नुहुँदै खटिई जाने टोलीले मानव अधिकार र मानवीय कानून तथा लंैगिक हिंसामा शून्य सहनशीलताको नीतिको पूर्ण पालना गर्दै उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो । 
सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक भरतकुमार श्रेष्ठको कमाण्डमा एफपीयुको रुपमा साउथ सुडानको जुबामा खटिई जान लागेको सो टोलीमा १९ जना अधिकृतसहित कूल १८० जना रहेका छन् ।
    कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।
 

2075-10-13
APF News
स्व.कृष्णमोहन श्रेष्ठको स्मृतिमा श्रद्धाञ्जली कार्यक्रम

काठमाडौं, सशस्त्र प्रहरी बलका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व.कृष्णमोहन श्रेष्ठको स्मृतिमा माघ १२ गते सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा ललितपुर नम्बर २१ गण खुमलटारमा श्रद्धाञ्जली सभा कार्यक्रमको आयोजना गरिएको छ । कृष्णमोहन–नुडुप स्मृति प्रतिष्ठानद्वारा आयोजित सो कार्यक्रममा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल तथा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले स्वर्गिय श्रेष्ठ दम्पतीको शालिकमा रिथ चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो । त्यसअवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सशस्त्र प्रहरी सहायक निरीक्षक थमनसिंह राई र प्रहरी सहायक निरीक्षक विनिता थापालाई ‘कृष्णमोहन–नुडुप कार्यदक्षता पुरस्कार’ प्रदान गर्नुभयो । सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी सहायक निरीक्षक गोविन्द सुवेदीलाई ‘सूर्य रेग्मी उत्कृष्ट अंगरक्षक पुरस्कार’ तथा महेन्द्र भृकुटी माध्यमिक विद्यालय बागडोलमा कक्षा ८ मा अध्ययनरत दुई जना जेहेन्दार विद्यार्थीहरुलाई ‘कृष्णमोहन–नुडुप छात्रवृत्ति’ प्रदान गर्नुभयो । त्यसैअवसरमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका अवकास प्राप्त महानिरीक्षकहरुले स्व. श्रेष्ठ दम्पतीको शालिकमा पुष्प गुच्छा चढाई भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो । समारोहमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले स्व.कृष्णमोहन श्रेष्ठलाई एक कर्तव्य परायण र असल व्यक्तित्व भएको स्मरण गर्नुहुँदै उहाँको शालिन व्यवहार, आफु मातहातका कर्मचारीलाई गर्ने व्यवहार र गुनासो व्यवस्थापन गर्ने शैली अनुकरणीय रहेको बताउनुभयो । उहाँले स्वर्गीय श्रेष्ठले संकटको घडीमा समेत प्रदर्शन गरेको संयम र धैर्यता तथा नागरिकप्रतिको सम्मानभाव अनुकरणीय रहेको बताउनुभयो । प्रहरी महानिरीक्षक खनालले स्व. श्रेष्ठले देश र नागरिकको सुरक्षालाई केन्द्रबिन्दुमा राख्दै नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको वीचमा स्थापित गर्नुभएको समन्वय र निकटता उदाहरणीय रहेको चर्चा गर्नुहुँदै स्वर्गिय श्रेष्ठ खेलकुदमा समेत उत्तिकै रुचि राख्ने उदाहरणीय व्यक्तित्व रहेको स्मरण गर्नुभयो । सो प्रतिष्ठानका सदस्य सचिव निर्मला श्रेष्ठले स्वागत मन्तव्यको क्रममा सो प्रतिष्ठानलाई सहयोग तथा शुभेक्षा प्रकट गर्नुहुने सम्बद्ध संघसंस्था तथा महानुभावहरुप्रति आभार प्रकट गर्नुभयो । प्रतिष्ठानका अध्यक्ष गोविन्ददास श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त श्रद्धाञ्जली सभा कार्यक्रममा उहाँले उपस्थित सवै महानुभावहरुप्रति आभार प्रकट गर्नुभयो । सो कार्यक्रममा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका उच्च अधिकृत लगाएत विभिन्न महानुभावहरुको उपस्थिति रहेको थियो । वि.सं. २०५९ साल माघ १२ गते सशस्त्र प्रहरी बलका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्व.कृष्णमोहन श्रेष्ठ तथा उहाँकी धर्मपत्नी सशस्त्र प्रहरी परिवार महिला संघकी संस्थापक अध्यक्ष स्व.नुडुप श्रेष्ठ र अंगरक्षक सशस्त्र प्रहरी नायव निरीक्षक स्व.सूर्यप्रसाद रेग्मीले ललितपुर जिल्लाको बागडोलमा वीरगती प्राप्त गर्नुभएको थियो । वि.सं. २००३ साल फागुन ३ गते संखुवासभा जिल्लाको चैनपुर बजारमा जन्मिनु भएका स्व.कृष्णमोहन श्रेष्ठ २०५७ साल माघ १९ गते सशस्त्र प्रहरी बलको संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक हुनुभएको थियो । उहाँले वि.सं. २०२७ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गर्नुभएको थियो ।

2075-10-12
APF News
लागूऔषधसहित पक्राउ :–

काठामाडों, पूर्वी नवलपरासी जिल्लाको बिनय त्रिवेणी गाउँपालिका ७ स्थित ब्यारेज पुलबाट माघ ७ गते एपीएफ टोली तथा स्थानीय प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको बिनय त्रिवेणी गाउँपालिका ७ बस्ने २८ वर्षिय संदीप कार्की र पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका ४ बस्ने ३७ वर्षिय नविन सुनार छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका निजहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा स्पास्मो ४८ वटा र नाईट्रोजन ट्याब्लेट १५ वटा फेला परेपछि उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल अस्थायी पोष्ट त्रिवेणीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले उक्त लागूऔषधसहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

2075-10-7
APF News
एपीएफ टोलीद्वारा गाँजासहित दुई जना पक्राउ –

पर्सा, पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका ४ स्थित झोलुनिया पुलबाट माघ ३ गते एपीएफ टोलीले एक केजी गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । सोही जिल्लाको सखुवाप्रर्सौनी गाउँपालिका २ बस्ने १९ वर्षिय कृष्णकुमार साह र सोही ठाउँ बस्ने १८ वर्षिय राकेश सहनीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भिस्वाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । पर्सा जिल्लाको सखुवाप्रर्सौनीबाट भिस्वातर्फ जाँदै गरेको ना १७ प ४४६७ नम्बरको मोटरसाइकलमा सवार निजहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित गाँजा फेला परेपछि उनीहरुलाई उक्त गाँजा तथा मोटरसाइकलसहितै पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद गाँजा तथा उक्त मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

 

 

 

2075-10-3
APF News
एपीएफ टोलीद्वारा काठसहित पक्राउ :–

सिराहा, सिराहा जिल्लाको मिर्चैया नगरपालिका ६ बाट पौष २९ गते एपीएफ टोलीले ६६ क्यूफिट सिसौको गोलिया काठसहित एक जनालाई पक्राउ गरेको छ । सोही जिल्लाको मिर्चैया नगरपालिका ३ बस्ने सर्जुक महरालाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश मिर्चैयाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गेहेन्द्रबहादुर भण्डारीको कमाण्डमा खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । स १ त ४५७ नम्बरको ट्याक्टरमा जाँच गर्दा अवैध रुपले लैजान लागेको अवस्थामा सो काठ भेटिएपछि एपीएफ टोलीले निज महरालाई उक्त काठ तथा ट्याक्टरसहित पक्राउ गरेको हो । एपीएफ टोलीले पक्राउ परेका निज महरालाई बरामद काठ तथा ट्याक्टरहितै आवश्यक कारवाहीको लागि स्थानीय वन कार्यालयमा बुझाएको छ ।

2075-9-30
APF News
एपीएफ टोलीद्वारा सुनसहित छ जना पक्राउ :–

सिराहा, एपीएफ टोलीले शनिबार बिहान करीव दुई बजे सिराहा जिल्लाको गोलबजार नगरपालिका ९ स्थित पूर्व पश्चिम लोकमार्गको घुर्मीपुलबाट एक केजी ७५७ ग्राम ७२० मिलीग्राम सुनसहित छ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल गण हेक्वा सिराहा नम्बर ७ गणबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनीहरुमध्ये सोही जिल्लाको लाहान नगरपालिका १९ बस्ने ३२ वर्षिय गाडी चालक मोहमद रियाज राईमको साथबाट ४ थान वाला र ३ वटा काचो सुन, सोही ठाउँ बस्ने २८ वर्षिय मोहमद अमिरुलको साथबाट एउटा वाला र सोही ठाउँ बस्ने ४५ वर्षिय कैयुम राईमको साथबाट एउटा वाला फेला परेपछि उनीहरुलाइ पक्राउ गरिएको हो । त्यसवेला उनीहरु सँगै सो गाडीमा सवार सोही ठाउँ बस्ने ४२ वर्षिय मोहमद हकिम, २४ वर्षिय मोहमद रहमान र सप्तरी जिल्लाको खड्क नगरपालिका ३ बस्ने १८ वर्षिय मोहमद अफ्रोजलाई समेत एपीएफ टोलीले पक्राउ गरेको छ । काठमाडौंबाट लाहानतर्फ जाँदै गरेको बीआर ३२ पीए ४६४४ नम्बरको भारतीय स्कार्पियो जिपमा सवार उनीहरुको साथमा उल्लेखित सुन फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । त्यसवेला एपीएफ टोलीले उनीहरुको साथबाट नगद ३४ हजार ५ सय रुपैयाँ र ६ थान मोवाइल सेट समेत बरामद गरेको छ ।

2075-9-28
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट सशस्त्र प्रहरी निरीक्षक अल्पकालिन आधारभूत तालिम समापन

काठमाडौं, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित सि.सं. १२ सशस्त्र प्रहरी निरीक्षक अल्पकालिन आधारभूत तालिम सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहिबार सोही प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच सो तालिमको समापन गर्नुभयो । त्यअवसरमा उहाँले तालिममा सर्वप्रथम हुन सफल सशस्त्र प्रहरी निरीक्षक मदन अधिकारीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अवसरमा तालिमबाट प्राप्त ज्ञान, शिप, कला र कौशललाई कार्यक्षेत्रमा गएपछि ईमान्दारिताकासाथ लागूगरि उत्कृष्ट कार्यसम्पादनमा कृयाशिल रहन निर्देशन दिनुभयो । उहाँले संगठन आजको यस स्थानसम्म आईपुग्नुमा अग्रजको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्नुहुँदै राष्ट्र र नागरिकको सेवा तथा सुरक्षामा कटिबद्ध रहनु सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीको प्रमुख दायित्व र जिम्मेवारी भएको बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले सबै तहका सशस्त्र प्रहरी कर्मचारीहरुलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राज्य प्रदत्त जिम्मेवारीहरु पुरा गर्न सामुहिक भावनाकासाथ जिम्मेवारी निर्वाहमा तल्लिन रहन निर्देशन दिनुभयो । उहाँले सशस्त्र प्रहरी कर्मचारीहरु राष्ट्र र नागरिकले सोचेको र खोजेको जस्तो सुरक्षा सेवा प्रवाहमा कृयाशिल रहनुपर्ने चर्चा गर्नुहुँदै आफुले सिकेको ज्ञान र सिप आफु मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत सिकाउदै कार्यक्षेत्रमा पूर्ण व्यावसायिकताकासाथ नतिजामुखी कार्यसम्पादन गर्न कृयाशिल रहनुपर्ने बताउनुभयो । कार्यक्रमा सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुहुँदै प्रशिक्षार्थीहरुले कार्यक्षेत्रमा गएपछि तालिमको दौरानमा आर्जन गरेको ज्ञानलाई उपयोग गर्दै उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सिमित स्रोतसाधनका बावजुद तालिमलाई समयानुकुल र बैज्ञानीक ढंगले संचालन गरिएको उल्लेख गर्नुहुँदै विविध विषयका विज्ञ प्रशिक्षकहरुद्वारा समेत प्रशिक्षण प्रदान गरिएको बताउनुभयो । पाँच महिना अवधिको उक्त तालिममा ड्रिल, मानवअधिकार, नक्सा अध्ययन, खबर संकलन, हुल तथा दंगा व्यवस्थापन, विपद व्यवस्थापन, सीमा सुरक्षा, औद्योगिक सुरक्षा, सुरक्षा योजना तथा कारवाही, हतियार ह्याण्डलिङ लगायतका विषयहरुमा सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण दिइएको कुरा सो अवसरमा जानकारी गराइएको थियो । उक्त तालिममा ५७ जना सशस्त्र प्रहरी निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेका थिए ।

2075-9-26
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट दज्र्यानी चिन्ह प्रदान

काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी उपरीक्षकबाट सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा पदोन्नती हुनुभएका ८ जना अधिकृतहरुलाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा पौष २४ गते दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । नेपाल सरकार मन्त्रिस्तरको यही पौष २० गतेको निर्णयले उहाँहरु सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकमा पदोन्नती हुनुभएको हो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटो भएको उल्लेख गर्नुहुँदै दर्जा सँगै बढेको जिम्मेवारी पुरागर्न कार्यक्षेत्रमा सधैं जिम्मेवारी बोधकासाथ कृयाशिल रहनुपर्ने बताउनुभयो । उहाँले पदोन्नतीसँगै श्रेणी र जिम्मेवारी समेत बृद्धिभई आगामी दिनमा नीति निर्माण तहमा उहाँहरुले सहयोगी भूमिका निर्वाह गर्नुपर्ने चर्चा गर्नुहुँदै संगठनले लिएको लक्ष्य प्राप्तीका लािग हरेक कमाण्डर तहका अधिकृतहरुले आफु मातहतका सशस्त्र प्रहरी कर्मचारीहरुलाई सिकाउँदै कूशल नेतृत्व प्रदान गरि राष्ट्र र नागरिकको सेवा र सुरक्षामा कटिबद्व भई कार्यक्षेत्रमा निरन्तर लागिरहनुपर्ने बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले आफूहरु अहिले मेरो भन्दा पनि हाम्रो भन्ने सोचकासाथ सामुहिक रुपमा संगठनको विकास, विस्तार र सशस्त्र प्रहरी कर्मचारीहरुको वृत्तिविकासमा ध्यान पु¥याउँदै दिर्घकालिन योजनाकासाथ अगाडी बढिरहेको उल्लेख गर्नुहुँदै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरु व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामुहिक भावनाकासाथ उत्कृष्ट कार्यसम्पादनतर्फ कृयाशिल रहनुपर्ने बताउनुभयो । उहाँले मानव अधिकारको संरक्षण गर्दै फौजी संस्कारमा रहि अनुशासित र इमान्दारितापूर्वक जिम्मेवारी पुरा गर्नेतर्फ कार्यक्षेत्रमा निरन्तर कृयाशिल रहन निर्देशन दिनुहुँदै संगठनले मानव अधिकारको उलंघन, भ्रष्टाचार र लैङ्गिक हिंसामा शून्य सहनशिलताको नीति अवलम्वन गरेको कुरा समेत उल्लेख गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनाल लगायत संघका पदाधिकारीहरु तथा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबाबु थापा र रामशरण पौडेल लगायत बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

2075-9-24
APF News
एपीएफ टोलीद्वारा लागूऔषध बरामद

कपिलबस्तु, सशस्त्र प्रहरी बल नेपाल गुल्म हेक्वा कपिलबस्तु नम्बर ३९ गुल्मबाट खटिएको एपीएफ टोलीले कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका ३ स्थित लक्ष्मीपुरबाट पौष २१ गते विभिन्न किसिमका लागूऔषध बरामद गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेका व्यक्तिहरु गस्तीमा रहेको एपीएफ टोलीलाई देख्नासाथै झोला फाली भागेपछि उक्त झोला खोलेर हेर्दा सिरकको खोलभित्र लुकाई छिपाई राखेको अवस्थामा १ हजार ४ सय ४० वटा नाईट्राभेट र ९० वटा ट्रमासीप नामक लागूऔषध बरामद गरिएको हो । एपीएफ टोलीले बरामद लागूऔषध आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

2075-9-22
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

काठामाडों,
पूर्वी नवलपरासी जिल्लाको बिनय त्रिवेणी गाउँपालिका ७ स्थित ब्यारेज पुलबाट माघ ७ गते एपीएफ टोली तथा स्थानीय प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही जिल्लाको बिनय त्रिवेणी गाउँपालिका ७ बस्ने २८ वर्षिय संदीप कार्की र पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका ४ बस्ने ३७ वर्षिय नविन सुनार छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका निजहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा स्पास्मो ४८ वटा र नाईट्रोजन ट्याब्लेट १५ वटा फेला परेपछि उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल अस्थायी पोष्ट त्रिवेणीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

2075-9-26
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट हुल तथा दंगा व्यवस्थापन तालिम उद्घाटन

काठमाडौं,
सशस्त्र प्रहरी बल नेपालका सिनियर अधिकृतहरु प्रशिक्षार्थीको रुपमा सहभागी रहेको सि.सं. २६८ हुल तथा दंगा व्यवस्थापन तालिम आजदेखि सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा संचालन भएको छ । 
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सोही शिक्षालयमा आयोजित एक कार्यक्रमका वीच उक्त तालिमको उद्घाटन गर्नुभयो । 
सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा फौजी संगठनमा तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै तालिमलाई अवसरको रुपमा उपयोग गर्दै प्रशिक्षणको दौरानमा बढीभन्दा बढी ज्ञान आर्जन गर्न प्रशिक्षार्थीहरु तल्लीन रहनुपर्ने बताउनुभयो । 
तालिमबाट आर्जन गरेको ज्ञानलाई कार्यक्षेत्रमा बढीभन्दा बढी उपयोग गर्दै मानव अधिकारको पूर्णरुपमा रक्षा गर्दै संगठनको नीति बमोजिम उत्कृष्ट कार्यसम्पादनमा सकृय रहनुपर्ने बताउनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले नागरिकको सेवा, सुरक्षा तथा सहयोग र आपतविपद्मा उद्धार कार्यका लागि सधैं कटिवद्ध रहनुपर्ने बताउनुभयो ।
उहाँले तालिमको दौरानमा आर्जन गरेको ज्ञानलाई कार्यक्षेत्रमा गएपछि आफू मातहतका अधिकृत तथा जवानहरुलाई समेत सिकाउँदै कार्यक्षेत्रमा सधैं नागरिकले महसुस गर्ने गरी उत्कृष्ट कार्य गर्नुपर्ने कुरा समेत उल्लेख गर्नुभयो । 
प्राप्त जिम्मेवारीलाई व्यावसायीक कुशलतापूर्वक पूरा गर्न कटिवद्ध रहनुपर्ने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले दायित्व निर्वाहको क्रममा जिम्मेवारीबोधका साथ पेशागत कामकारवाहीलाई जनचाहना अनुरुपको कार्यशैली अपनाई पूरागर्न निर्देशन दिनुहुँदै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई उत्कृष्ट कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । 
कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक बाबुराम पाण्डेले धन्यवाद ज्ञापनको क्रममा सिमित श्रोतसाधनको बावजुद संगठनले समयानुकुल प्रशिक्षण संचालन गरी दक्ष जनशक्ति उत्पादन गर्दै कार्यक्षेत्रमा परिचालन गर्दै आएको बताउनुभयो । 
उक्त तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र बस्नेतले सो समारोहमा तालिम सम्बन्धी कार्ययोजना प्रस्तुत गर्नुभएको थियो । 
उक्त तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक ११ जना तथा सशस्त्र प्रहरी निरीक्षक ३६ जना गरी कूल ४७ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

2075-9-22