Toggle Menu

समाचार

APF News
दुर्घटनामा घाईते भएकाहरुको सकुशल उद्धार

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१६ स्थित पसाहा पुल नजिकै असार २७ गते भएको सवारी दुर्घटनामा परी घाईते भएका १३ जनाको सकुशल उद्धार गरिएको छ ।
मलंगवाबाट बिरगंजतर्फ जादै गरेको ना. ४ ख ७१९४ नम्बरको यात्रुवाहक बस गति अनियन्त्रित भई दुर्घटना भएको थियो । उक्त गाडीमा ३१ जना यात्रुहरु सवार रहेका थिए ।
नं. ४० रिजर्भ गण बाराबाट खटिएको सुरक्षा फौज उनीहरुको उद्धार कार्यमा जुटेको थियो भने गम्भिर घाईते भएको २ जनालाई तत्कालै उपचारको लागि उक्त गणको गाडीमा र अन्य घाईतेहरुलाई एम्बुलेन्सद्वारा सिमरा अस्पतालतर्फ लगिएको थियो ।    

2081-03-27