Toggle Menu

समाचार

APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट सीसीएससी र प्रशासनिक व्यवस्थापन तालिमको उद्घाटन

काठमाडौं, राष्ट्रिय सशस्त्र प्रहरी बल नेपाल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा सि.सं. २० गुल्मपति तथा स्टाफ तालिम (सीसीएससी) र सि.सं. १ प्रशासनिक व्यवस्थापन तालिम संचालन भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले जेठ १४ गते सोही प्रतिष्ठानमा आयोजित एक समारोहका बीच उक्त दुवै तालिमको सयुंक्त रुपमा उद्घाटन गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा सशस्त्र प्रहरी कर्मचारीको व्यावसायिक क्षमता अभिवृद्धिका लागि पेशागत तालिम अपरिहार्य रहेको चर्चा गनुहँुदै यस्ता तालिमले सशस्त्र प्रहरी कर्मचारीहरुलाई चुस्त, दुरुस्त र दक्ष बनाउनुका साथै उनीहरुको वृत्तिविकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो । उहाँले कुनैपनि संगठनको दक्षता र प्रभावकारिता त्यस संगठनमा कार्यरत मानव संसाधनको सीप र क्षमतामा निर्भर हुने चर्चा गर्नुहुँदै कार्यक्षेत्रमा आईपर्ने सुरक्षा चुनौतीहरुको सामना गर्न तालिमको विशेष महत्व रहने उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले तालिम प्राप्त जनशक्तिले कूशल नेतृत्व र प्रशासनिक व्यवस्थापनमा प्रभावकारी रुपमा कार्यसम्पादन गर्नसक्ने विश्वास व्यक्त गर्नुहुँदै प्रशिक्षार्थीहरुले तालिमलाई संगठनले दिएको अवसरको रुपमा लिएर बढि भन्दा बढि ज्ञान आर्जन गर्न अनुशासित एवं लगनशिल भई लाग्नुपर्ने बताउनुभयो । प्रविधिको विकास सँगै राष्ट्रिय तथा स्थानीय स्तरमा हुन सक्ने सुरक्षा चुनौतीहरुलाई आँकलन गरी त्यस्ता चुनौतीहरुलाई परास्त गर्नसक्ने क्षमतावान अधिकृत उत्पादनमा यस्ता व्यावसायिक तालिम कोशेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले स्वागत मन्तव्यको क्रममा राज्यले सुम्पिएको जिम्मेवारीहरुलाई सफलता पूर्वक सम्पन्न गर्नसक्ने कूशल अधिकृत उत्पादन गर्ने उद्देश्यका साथ सो प्रतिष्ठानले विभिन्न व्यावसायिक तालिमहरु संचालन गर्दै आइरहेको उल्लेख गर्नुभयो । उहाँले संगठनको नीति अनुरुप व्यावसायिक तालिमहरु समयानुकुल, प्रभावकारी एवं वैज्ञानिक ढंगबाट संचालन गरिने प्रतिवद्वता व्यक्त गर्नुभयो । बाह्र हप्ता अवधिको गुल्मपति तथा स्टाफ तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक ३ जना तथा सशस्त्र प्रहरी निरीक्षक २७ जना र राष्ट्रिय अनुसन्धान विभागका एक जना अधिकृत गरी कुल ३१ जना प्रशिक्षार्थीहरु सहभागि रहेका छन् । यसैगरी चार हप्ता अवधिको प्रशासनिक व्यवस्थापन तालिममा २० जना सशस्त्र प्रहरी निरीक्षकहरुको सहभागिता रहेको छ । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबावु थापा, रामशरण पौडेल, सुबोधकुमार अधिकारी, निराकारम बिक्रम शाह, खडानन्द चौधरी र राजेश श्रेष्ठ लगायत सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।

2075-2-14
APF News
सशस्त्र प्रहरी कर्मचारीले एटीएममा भेटेको रकम बैंकलाई हस्तान्तरण

काठमाडौं, एक जना सशस्त्र प्रहरी कर्मचारीले एटीएमबाट पैसा निकाल्न जाँदा त्यहाँ ३० हजार रुपैयाँ नगद भेटाएपछि उक्त रकम बैंकलाई हस्तान्तरण गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको गाडी चालकको रुपमा कार्यरत सशस्त्र प्रहरी जवान बलराम श्रेष्ठले शनिबार अपरान्ह काठमाडौको नयाँ बानेश्वर स्थित एक एटीएमबाट रकम निकाल्न खोज्दा त्यहाँ उनले उल्लेखित रुपैयाँ भेटाएका थिए । त्यसठाउँमा रहेको ग्लोवल आइएमई बैंकको एटीएम मेसीनको बाहिरै रहेको अवस्थामा सो रकम भेटिएको थियो । उक्त रकम उनी अघिको एटीएम प्रयोगकर्ताले झिकेको तथा रकम बिर्सिएर ती व्यक्तिले छाडी गएको हुन सक्ने अनुमान गरिएको छ । निज सशस्त्र प्रहरी जवान श्रेष्ठले सो रकम आईतबार ग्लोवल आइएमई बैंक नयाँ वानेश्वरका शाखा प्रवन्धक शुसिल कुमार बुढाथोकीलाई हस्तान्तरण गर्दै उक्त रकम सम्बन्धित व्यक्तिलाई बुझाई दिन आग्रह गरिएको छ ।

2075-2-13
APF News
सशस्त्र प्रहरी नायव महानिरीक्षक अधिकारीबाट तालिम समापन

काठमाडौं, पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी बल नेपाल मुख्यालय मुक्तिनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक चिरञ्जिवी अधिकारीले सशस्त्र प्रहरी बल नेपाल तालिम महाविद्यालय लामापाटन पोखरामा संचालित सि.सं. २७ सेमुहतियार तथा सेमुपति तालिमको जेठ ११ गते समापन गर्नुभयो । सो महाविद्यालयमा आयोजित तालिमको अन्तिम प्रवचन कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक अधिकारीले तालिमका सर्वोत्कृष्ट प्रशिक्षार्थी सशस्त्र प्रहरी सहायक निरीक्षक मोहन राईमाझी लगायत उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक अधिकारीले त्यसअवसरमा व्यावसायिक जीवनमा तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै यस्ता खालका व्यावसायिक तालिमले कार्यक्षेत्रमा दायित्व निर्वाहमा सहजता आउनुका साथै प्रशिक्षार्थीहरुको वृत्तिविकासमा समेत सघाउ पु¥याउने उल्लेख गर्नुभयो । तालिमको दौरानमा आर्जन गरेको ज्ञान, कला र कौशललाई प्रशिक्षार्थीहरुले कार्यक्षेत्रमा बढि भन्दा बढि उपयोग गर्नुपर्ने बताउनुहुँदै सशस्त्र प्रहरी नायव महानिरीक्षक अधिकारीले कार्यक्षेत्रमा खटिदा सधैं नागरिकको सेवा, सुरक्षा तथा आपत विपदमा परेकाको उद्वार कार्यलाई प्राथमिकतामा राखेर उत्कृष्ट कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । उहाँले यस्ता पेशागत तालिमले राष्ट्रसेवक कर्मचारीहरुको व्यावसायिक क्षमतामा अभिबृढि हुने चर्चा गर्नुहुँदै कार्यक्षेत्रमा खटिएपछि सधैं उच्च मनोवल, उत्साह तथा सकारात्मक सोचकासाथ जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक अधिकारीले कार्यक्षेत्रमा आउन सक्ने चुनौती र निर्वाह गर्नुपर्ने भूमिकाबारे प्रष्ट रही प्रभावकारी ढंगबाट कार्यसम्पादन गर्न सक्ने क्षमता अभिबृद्धिका लागि समेत पेशागत तालिम अपरिहार्य रहेको चर्चा गर्नुभयो । कार्यक्रममा सो तालिम महाविद्यालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक बंशीराज दाहालले धन्यवाद ज्ञापनको क्रममा प्रशिक्षार्थीहरुलाई सिमित श्रोत साधनका बाबजुद बढि भन्दा बढि ज्ञान दिइएको उल्लेख गर्नुभयो । तालिमका प्रमुख प्रशिक्षक सशस्त्र प्रहरी निरीक्षक रामेश्वर श्रेष्ठले सो अवसरमा तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । १६ हप्ता अवधिको उक्त तालिममा ५० जना सशस्त्र प्रहरी सहायक निरीक्षकहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका थिए ।

2075-2-11
APF News
भारतीय रुपैयाँ सहित एपीएफ टोलीद्वारा एक जना पक्राउ

नवलपरासी, नवलपरासी जिल्लाको विनय त्रिवेणी गाउँपालिका ७ स्थित ग्यारेजपुलबाट बैशाख ९ गते एपीएफ टोली र नेपाल प्रहरीले भारतीय नोटसहित एकजनालाई पक्राउ गरेको छ । भारतको बगाहा घर बताउने ३८ वर्षिय कृष्ण मरहुलाई सशस्त्र प्रहरी बल नेपाल अस्थायी सुरक्षा पोष्ट त्रिवेणीबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीको टोलीले पक्राउ गरेको हो । गस्तीमा खटिएको एपीएफ टोलीले उक्त स्थानमा जाँच गर्दा निज मरहुको साथमा भारतीय रुपैयाँ ५ सयको नोट ४ सय वटा र २ हजार दरको नोट २ सय वटा फेला पारेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका निज मरहुलाई आवश्यक कारवाहीको लागि बरामद भारतीय रुपैयाँसहित स्थानीय प्रहरीमा बुझाईएको छ ।

2075-1-9
APF News
एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित दुई जना पक्राउ
सुनसरी, सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ तिनकुने स्थित सीमा ईलाकाबाट चैत्र ८ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिका १२ रुपनगर बस्ने ४० वर्षिय समिर आले र सोही ठाउँ बस्ने १८ वर्षिय विवेक पोखरेल छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । स ९ प २२३५ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथबाट नाईट्रोजन ट्याब्लेट ३८ वटा, स्पास्मो प्रोक्सिभन चार वटा, डाईजिपाम एक एम्पुल, फेनारगन एक एम्पुल र लिजेसिक एक एम्पुल फेला परेपछि एपीएफ टोलीले उनीहरुलाई पक्राउ गरेकोे हो । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
2075-12-8
APF News
पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव फेला

काभ्रेपलाञ्चोक, काभ्रेपलाञ्चोक जिल्लाको तिमाल गाउँपालिका २ लामाबगर स्थित सुनकोशी नदिमा पौडी खेल्ने क्रममा बेपत्ता भएका एक जनाको शव चैत्र ७ गते एपीएफ टोलीले नदिबाट निकालेको छ । चैत्र ६ गते सुनकोशी नदिमा पौडी खेल्ने क्रममा अन्दाजी १६ वर्षिय सुमन तामाङ्ग नदिमा डुवेर बेपत्ता भएका थिए । सो घटनाबारे जानाकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २० गण हेक्वा काठमाडौ र नम्बर १५ गण हेक्वा काभ्रेपलाञ्चोकबाट गोताखोरसहितको एपीएफ टोली त्यसतर्फ खटिई गएको थियो । घटनास्थलमा खोजी गर्ने क्रममा एपीएफ टोलीले करीव २५ फिट तलबाट निज तामाङ्गको शव बिहान पौने १० बजे नदिबाट बाहिर निकालेको हो । एपीएफ टोलीले निज तामाङ्गको शव निजको आफन्तलाई बुझाएको छ ।

2075-12-7
APF News
फेलातालमा डुवेका तीन जनाको एपीएफ टोलीद्वारा सकुशल उद्वार
कास्की, कास्की जिल्लाको पोखरा महानगरापालिका ६ लेकसाईड स्थित फेवातालमा एक्कासी आएको हावाहुरीको कारण डुङ्गा पल्टिएर डुवेका तीन जना पर्यटकलाई एपीएफ टोलीले चैत्र ५ गते सकुशल उद्वार गरेको छ । उनीहरु सो तालमा डुब्नासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण हेक्वा कालिका कास्कीबाट फेवाताल रेस्क्यू टावरमा खटिएको एपीएफ टोलीले उनीहरुको उद्वार गरेको हो । तालमा बोटिङ्ग गर्ने क्रममा एक्कासी आएको हावाहुरीको कारण चीनियाँ नागरीक २४ वर्षिया Menguyaor yu, २५ वर्षिया Lewei Deng र ६० वर्षिया Kangbning Mai लाई सशस्त्र प्रहरी सहायक निरीक्षक दिपक सिग्देलको कमाण्डमा खटिएको एपीएफ टोलीले उक्त तालबाट बाहिर निकालेको हो ।
2075-12-6
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
पूर्वी नवलपरासी, पूर्वी नवलपरासी जिल्लाको बिनय त्रिवेणी गाउँपालिका ७ स्थित व्यारेजपुलबाट चैत्र ६ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका २ चिसापानी बस्ने ३० वर्षिय भिमबहादुर गुरुङलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बिनय त्रिवेणीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारतबाट नेपातर्फ आउँदै गरेका निज गुरुङलाई शंका लागि जाँच गर्दा उनको साथमा नाईट्रोजन ३० वटा र स्पास्मो १६ वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका निज गुरुङलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
2075-12-6
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारी निकासीको सामान बरामद
काठमाडौं, पर्सा जिल्लाको बिरगञ्ज महानगरपालिका १६ स्थित रजत जयन्ती ईलाकाबाट चैत्र ४ गते एपीएफ टोलीले करीव २ लाख ७२ हजार रुपैयाँ बराबरको चोरीपैठारी तथा निकासीको सामान बरामद गरेको छ । नेपालबाट भारततर्फ लैजादै गरेको मरिच तथा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा, भाडावर्तन र किराना सामान सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा पर्सा नम्बर १४ गुल्मबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा झापा नम्बर ८ गुल्मबाट खटिएको एपीएफ टोलीले चैत्र ४ गते करीव १ लाख ६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान झापा जिल्लाको मेची नगरपालिका ६ स्थित सीमा ईलाकाबाट बरामद गरिएको हो । बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ ।
2075-12-4
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ३ स्थित मलिवर्डा गाउँबाट चैत्र ३ गते एपीएफ टोलीले करीव ३ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण हेक्वा सर्लाहीबाट खटिएको एपीएफ टोलीले चैत्र ३ गते करीव १ लाख ५१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा कस्मेटिक सामान एपीएफ टोलीले सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ४ स्थित झिमखोलाबाट बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
2075-12-3
APF News
हेरोइन जस्तो देखिने ६ पुरिया धुलोसहित दुई जना पक्राउ

पूर्वी नवलपरासी,
        पूर्व नवलपरासी जिल्लाको बिनय त्रिवेणी गाँउपालिका ७ स्थित ब्यारेज पुल
ईलाकाबाट चैत्र २९ गते एपीएफ टोली र स्थानीय प्रहरीले हेरोईन जस्तो
देखिने ६ पुरिया धुलोसहित दुई जनालाई पक्राउ गरेको छ ।
        उक्त ६ पुरिया धुलोको तौल करीब आधा ग्राम रेहेको छ ।
        पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २२ वर्षिय विक्रम लामा र २२ वर्षिय
प्रभात बुढाथोकी छन् ।
        सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बिनय त्रिवेणीबाट खटिएको
एपीएफ टोली र स्थानीय प्रहरीले निजहरुलाई पक्राउ गरेको हो ।
        लु. १८ प ४४५७ नम्बरको स्कुटीमा भारतबाट नेपालतर्फ आउँदै गरेको बेला
उनीहरुलाई पक्राउ गरिएको हो ।
        पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।

2075-12-29
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट गणपति तालिमको समापन तथा गुल्मपति तथा स्टाफ तालिम उद्घाटन

काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. ३ गणपति तालिम समापन गर्नुका साथै मंगलबारदेखि सोही प्रतिष्ठानमा संचालन हुने सि.सं. २१ गुल्मपति तथा स्टाफ (सिसिएससी) तालिमको उद्घाटन गुर्नभयो ।
सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा चैत्र २६ गते आयोजित उक्त समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले गणपति तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो । 
सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले फौजी संगठनमा तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै यस्ता तालिमबाट प्राप्त ज्ञान तथा कौशलले सुरक्षाकर्मीहरुको व्यावसायीक क्षमतामा अभिबृद्धि हुनुका साथै कार्यक्षेत्रमा खटिँदा आपूm मातहतका कर्मचारीहरुलाई कुशल रुपमा परिचालनगरी उत्कृष्ट कार्यसम्पादनमा सघाउ पुग्ने बताउनुभयो । 
उहाँले यस्ता पेशागत तालिमले वृत्तिविकासमा समेत महत्वपूर्ण भूमिका खेल्ने चर्चा गर्नुहुँदै  शारीरिक तथा मानसिक रुपमा स्वस्थ्य जनशक्ति तयार भई कार्यक्षेत्रमा आउन सक्ने चुनौतीहरुको सहज रुपमा सामना गर्न सक्ने कुशल कमाण्डर उत्पादन हुने बिश्वास व्यक्त गर्नुभयो । 
सशस्त्र प्रहरी महानिरीक्षक खनालले प्रशिक्षार्थीहरुले तालिमबाट बढीभन्दा बढी ज्ञान आर्जन गर्नेतर्फ ध्यान पु¥याउँदै व्यक्तित्व बिकासमा क्रियाशिल रहनुपर्ने कुरा समेत उल्लेख गर्नुभयो । 
    सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले स्वागत मन्तब्यको क्रममा संगठनलाई प्राप्त जिम्मेवारी कुशल रुपमा निर्वाह गर्न सक्ने क्षमतावान र व्यावसायीक अधिकृत उत्पादनका लागि यस्ता तालिम अपरिहार्य रहेको चर्चा गर्नुभयो । 
    उहाँले राष्ट्र र संगठनले लिएको उद्देश्य परिपूर्तिका लागि प्रतिष्ठानले विभिन्न आधारभूत, पेशागत र अनिवार्य तालिमहरु प्रभावकारी ढंगबाट निरन्तर रुपमा संचालन गर्दै आइरहेको बताउनुभयोे । 
    करीब दुई महिना अवधिको गणपति तालिममा कूल ३५ जना प्रशिक्षार्थीहरु सहभागि रहेका थिए ।
    यसैगरी करीब तीन महिना अवधिको गुल्मपति तथा स्टाफ तालिममा ३७ जना प्रशिक्षार्थीहरु सहभागि रहेका छन् ।       
गणपति तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक होमबहादुर ज्ञवाली सर्वप्रथम भएका छन भने सोधपत्रतर्फ सशस्त्र प्रहरी नायव उपरीक्षक धनबहादुर बानिया उत्कृष्ट ठहरिएका छन् ।

2075-12-26
APF News
लागूऔषधसहित चार जना पक्राउ

दार्चुला,
    सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा दार्चुला नम्बर ५० गुल्मबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले दार्चुला जिल्लाको महाकाली नगरपालिका ४ पुलघाट ईलाकाबाट चैत्र २५ गते विभिन्न किसिमको लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेहरुमा सोही जिल्लाको दुहु गाँउपालिका ५ वस्ने अर्जुन बडाल, लोकेन्द्र बम, सुशिल कुँवर र महाकाली नगरपालिका ५ बस्ने तरुरी ऐरी छन् । 
    उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा १ सय १० ग्राम चरेस, कोरेक्स एक बोतल तथा नाइट्रोभेट ट्याब्लेट तीन वटा फेला परेपछि पक्राउ गरिएको हो । 
    पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।

2075-12-25