Toggle Menu

समाचार

APF News
तथ्यहिन समाचारबाट भ्रममा नपर्न सशस्त्र प्रहरी बल, नेपालको आग्रह

काठमाडौ,

हालका दिनहरुमा विभिन्न संचार माध्यममा सशस्त्र प्रहरी ऐनको मस्यौदा लगायत दुई वटा गाडीमा तीन महिनामा ६ करोड रुपैयाँको इन्धन खर्च भएको तथा सशस्त्र प्रहरी बल, नेपालको फायल गृहमन्त्रालयले फिर्ता पठाएको भन्ने जस्ता विभिन्न कुराहरुमा तथ्यभन्दा बाहिर गई प्रकाशित भएको समाचारप्रति सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको गम्भिर रुपमा ध्यानाकर्षण भएको छ ।
मस्यौदाको रुपमा रहेको सशस्त्र प्रहरी ऐनको बारेमा समाचार प्रकाशित गर्दै सशस्त्र प्रहरी बल, नेपालको विभिन्न अधिकार थप गर्न खोजिएको भनि उल्लेख गरेको पाईएको छ । जुन अधिकार हालकै सशस्त्र प्रहरी ऐन तथा नियमावलीमा रहेको व्यहोरा स्पष्ट पारिएको छ । सशस्त्र प्रहरी बल, नेपाललाई हाल प्राप्त अधिकार क्षेत्रबारे जानकारी नै नलिई नयाँ बन्ने ऐनमा अधिकार थप्न लागेको भनि समाचार प्रकाशित हुँदा पाठकवर्गमा भ्रम सृजना हुने भएकोले सोबारे स्पष्ट पारिएको छ । 
यसैगरी इन्धनको कूल बजेट रकमबारे जानकारी नै नलिई दुई वटा गाडीमा मात्रै तीन महिनाको अवधिमा ६ करोड रुपैयाँको इन्धन खर्च भएको भनि संचार माध्यममा समाचार प्रकाशित भएको छ । जुन कुरा पूर्णरुपमा झुट्टो तथा काल्पनिक हो । 
यसैगरी संगठनको दरबन्दी थप गर्नको लागि सशस्त्र प्रहरी बल, नेपालबाट हाल कुनै पहल नै नभएको व्यहोरा स्पष्ट पारिएको छ । 
हालका दिनहरुमा सशस्त्र प्रहरी बल, नेपालको विषयमा विभिन्न संचार माध्यममा झुट्टा, कपोकल्पित तथा काल्पनिक समाचारहरु प्रकाशित भएको पाईएको हुँदा यस्ता समाचारबाट आम नागरिकमा भ्रम सृजना हुनुका साथै सुरक्षाकर्मीको मनोबलमा समेत असर परी समग्र शान्तिसुरक्षा तथा सुशासन कायम गर्ने कार्यमा नकारात्मक असर पर्न सक्ने भएको हुँदा समाचार प्रकाशनपूर्व सशस्त्र प्रहरी बल, नेपालका प्रवक्ता वा सूचना अधिकारीबाट समाचार पुष्टी गराउनेतर्फ ध्यान पु¥याउनु हुन आग्रह गरिएको छ । 
साथै विभिन्न संचार माध्यममा प्रकाशित भएका तथ्यहिन समाचारबाट भ्रममा नपर्नु हुन आम पाठकवर्गमा अनुरोध समेत गरिएको छ ।  

2076-3-12
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको धानसहित पक्राउ

सुनसरी, 
    सुनसरी जिल्लाको हरिनगर गाँउपालिका ५ स्थित नगरकट्टीबाट असार ८ गते एपीएफ टोलीले करीब १ लाख ५० हजार रुपैयाँ बराबरको ६ हजार के.जी. धानसहित एक जनालाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेमा सुनसरी जिल्लाको हरिनगर गाँउपालिका ५ नगरकट्टी वस्ने २४ वर्षिय रमानन्द यादव छन् । 
    अवैध रुपले भारतबाट नेपालतर्फ को. २ च ५५०३ नम्बरको ट्रयाक्टरमा राखेर ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस भुटाहाबाट खटिएको एपीएफ टोलीले उक्त धानसहित निज यादवलाई पक्राउ गरेको हो । एपीएफ टोलीले त्यसवेला सो ट्रयाक्टरसमेत बरामद गरेको छ । 
    बरामद ट्रयाक्टर तथा धानको  भन्सार दाखिला मूल्य ८ लाख  २० हजार रुपैयाँ रहेको छ । 

2076-3-10
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारी निकासीको सामान बरामद

काठमाडौं,
    झापा जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित बसपार्क ईलाकाबाट असार ९ गते एपीएफ टोलीले करीब २ लाख ७३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा र विभिन्न किसिमको औषधी बरामद गरेको छ ।
    भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गुल्म झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।  
    बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
यसैगरी धनुषा जिल्लाको नगराईन नगरपालिका ७ स्थित बिर्ताबाट असार ८ गते एपीएफ टोलीले करीब १ लाख २० हजार रुपैयाँ बराबरको चोरीनिकासीको मरिच बरामद गरेको छ । 
    मोटरसाइकलमा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको करीब तीन सय के.जी. मरिच सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट देवडियाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला उक्त मरिच लैजाँन प्रयोग गरिएको तीन वटा मोटरसाइकल समेत एपीएफ टोलीले बरामद गरेको छ । 
    बरामद मरिच तथा मोटरसाइकल आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । 
    यसैगरी सुनसरी जिल्लाको कोशी गाँउपालिका १ लौकहीस्थित सीमा ईलाकाबाट असार ७ गते एपीएफ टोलीले करीब एक लाख मूल्य बराबरको चोरीपैठारीको रोटाभेटर बरामद गरेको छ ।
    भारतबाट अवैध रुपले भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले उक्त रोटाभेटर बरामद गरेको हो । 
    बरामद रोटाभेटर आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ । 

2076-3-10
APF News
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाबाट युवक अधिकृत तालिमको प्रथम प्रवचन

काठमाडौं,
    सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापाले सशस्त्र प्रहरी बल, नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन पोखरामा संचालित सि.सं. १७ युवक अधिकृत तालिमको सोही शिक्षालयमा एक कार्यक्रमका वीच प्रथम प्रवचन गर्नुभयो । 
    सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले त्यसअवसरमा संगठनलाई प्राप्त जिम्मेवारीका क्षेत्रहरुमा सफलता प्राप्त गर्नका लागि यस्ता व्यावसायीक प्रशिक्षण अपरिहार्य रहेको चर्चा गर्नुहुँदै योग्य, दक्ष एवं अनुभवी अधिकृतको विकास गर्न यस्ता तालिमले महत्वपूर्ण सघाउ पु¥याउने बताउनुभयो । 
    उहाँले प्रशिक्षार्थीहरुले तालिमलाई अवसरको रुपमा उपयोग गर्दै कडा मेहनत र परिश्रमका साथ अनुशासित भई ज्ञान आर्जन गर्नेतर्फ ध्यान केन्द्रीत गर्नुपर्ने उल्लेख गर्नुहुँदै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुले आफ्नो स्वार्थलाई त्यागेर प्राप्त दायित्व निर्वाहमा पेशागत इमान्दारिताका साथ कृयाशिल रहनुपर्ने चर्चा गर्नुभयो । 
    सशस्त्र प्रहरी कर्मचारीहरुले अनुशासित, लगनशील एवं जिम्मेवारी निर्वाहप्रति दत्तचित्त भई जस्तो सुकै दायित्व पूरा गर्न सधै समर्पित रहनु पर्ने बताउनुहुँदै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापाले भन्नुभयो– ‘संगठनमा आवद्ध राष्ट्र सेवकहरुले सधै उच्च मनोवलका साथ प्राप्त जिम्मेवारीलाई पूरा गर्न अहोरात्र समर्पित रहनु पर्दछ ।’
    कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक बाबुराम पाण्डेले धन्यवाद ज्ञापनको क्रममा तालिमको महत्वमाथि प्रकाश पार्नुहुँदै प्रशिक्षार्थीहरुले प्रशिक्षणको दौरानमा बढिभन्दा बढि ज्ञान आर्जन गर्न आफ्नो ध्यान केन्द्रीत गर्नुपर्ने बताउनुभयो । 
    सो तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक राजेन्द्र बस्नेतले तालिम सम्बन्धी कार्ययोजना प्रस्तुत गर्नुहुँदै उपलब्ध श्रोत साधनको अधिकतम उपयोग गरी तालिमलाई उत्कृष्ट ढंगले संचालन गरिने बताउनुभयो । 
    करीब ६ महिना अवधिको उक्त तालिममा कूल ५४ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । 

201906/25
APF News
एपीएफ टोलीद्वारा कटुवा पेस्तोल बरामद :–

काठमाडौं,
        धनुषा जिल्लाको कमला नगरपालिका ९ दुवरकोटबाट असार ६ गते एपीएफ टोलीले
एउटा कटुवा पेस्तोल र एउटा खुर्पा जस्तो देखिने धारिलो बस्तु बरामद गरेको
छ ।
        सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस दुवरकोटबाट खटिएको एपीएफ टोलीले
उक्त कटुवा पेस्तोल र धारिलो बस्तु फेला पारेको हो ।
        गस्तीमा खटिएको एपीएफ टोलीलाई देख्नासाथ ज. २ प ४६९ नम्बरको मोटरसाइकलमा
सवार व्यक्तिले उक्त मोटरसाइकल र एउटा झोला सोही ठाउँमा छाडी भागेपछि सो
झोला जाँच गर्दा उक्त हतियार फेला परेको हो । एपीएफ टोलीले त्यसवेला सो
मोटरसाइकल समेत बरामद गरेको छ ।
        एपीएफ टोलीले बरामद हतियार तथा मोटरसाइकल आवश्यक कारवाहीको लागि स्थानीय
प्रहरीमा बुझाएको छ ।
        यसैगरी सिरहा जिल्लाको सिरहा नगरपालिका १७ पटेर्वा कमलाधार भन्ने
स्थानबाट असार ६ गते एपएिफ टोलीले एउटा कटुवा पेस्तोल बरामद गरेको छ ।
        भारतबाट मोटरसाइकलमा नेपालतर्फ आउँदै गरेका दुई जना व्यक्तिहरु सशस्त्र
प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मार्डरबाट गस्तीमा खटिएको एपीएफ
टोलीलाई देखेर पुनः भारततर्फ भाग्ने क्रममा निज व्यक्तिहरुले सो पेस्तोल
कमलाधार नदीतर्फ फ्याँकी फरार भएपछि उक्त पेस्तोल बरामद गरिएको हो ।
        एपीएफ टोलीले बरामद पेस्तोल स्थानीय प्रहरीमा बुझाएको छ ।

2076-3-7
APF News
एपीएफ टोलीद्वारा शब फेला

एपीएफ टोलीद्वारा शब फेला 
मकवानपुर,
मकवानपुर जिल्लाको ईन्द्रसरोवर गाँउपालिका १ मार्खु स्थित ईन्द्रसरोवर
तालमा बेपत्ता भएका एक जनाको शव असार २ गते एपीएफ टोलीले फेला पारेको छ ।
        काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका २९ बस्ने २४ वर्षीय सौराज
भेटवाल यही असार १ गते जेभियर्स ईन्टरनेशनल कलेज काठमाडौंबाट शैक्षिक
भ्रमणमा गएका बेला सो तालमा डुवेर बेपत्ता भएका थिए ।
        उनको खोजी कार्यको लागि सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन
तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भवराज कटुवालको
कामाण्डमा गोताखोरसहितको एपीएफ टोली तथा सशस्त्र प्रहरी बल, नेपाल नम्बर
१४ गण हेक्वा मकवानपुरबाट एपीएफ टोली खटिएको थियो ।
        एपीएफ टोलीले असार २ गते निज भेटवालको शव सोही तालमा डुबेको अवस्थामा
फेला पारेको हो ।

2076-3-3
APF News
ईटलीमा सम्पन्न वर्कसपमा सहभागी भई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापा स्वदेश फिर्ता

ईटलीमा सम्पन्न वर्कसपमा सहभागी भई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक
थापा स्वदेश फिर्ता 
काठमाडौं,
        सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा ईटलीको
व्रिन्डीसीमा संचालित ‘युनाईटेड नेशन्स पुलिस ट्रेनिङ आर्किटेक्चर
वर्कसप’मा सहभागी भई स्वदेश फर्किनुभयो ।
        सोही वर्कसपमा सहभागी प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राई समेत स्वदेश
फर्किनु भएको छ ।
        अतिरिक्त महानिरीक्षकद्वयलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्याल लगायत बरिष्ठ अधिकृतहरुले
हार्दिक स्वागत गर्नुभयो ।
        यही जेष्ठ २८ गतेदेखि ३१ गतेसम्म संचालित चार दिन अवधिको उक्त वर्कसपमा
संयुक्त राष्ट्रसंघका सदस्य राष्ट्रहरुका प्रतिनिधिहरुको सहभागिता रहेको
थियो ।
        उक्त वर्कसपमा सहभागि हुन सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक थापा
जेष्ठ २६ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

 




 

2076-3-3
APF News
गृृहमन्त्री थापाबाट तालिम उद्घाटन

काठमाडौं,  
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार चितवनमा संचालन हुने 'PEER Regional MFR and CSSR Course' को आज एक कार्यक्रमका बिच उद्घाटन गर्नुभयो । 
सशस्त्र प्रहरी बल, नेपाल र National Society for Earthquake Technology Nepal (NSET) को आयोजनामा संचालित उक्त तालिम असार २० गतेसम्म संचालन हुनेछ । 
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले त्यसअवसरमा विपद् व्यवस्थापन कार्य एकल प्रयासले मात्र सम्भव नहुने चर्चा गर्नुहुँदै यस्ता अन्तर्राष्ट्रियस्तरको तालिमले दक्ष जनशक्ति उत्पादनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो । 
उहाँले सशस्त्र प्रहरी बल, नेपालले विपद् व्यवस्थापनको क्षेत्रमा प्रदर्शन गरेको कार्यको प्रशंसा गर्नुहुँदै भोलिका दिनमा हुनसक्ने विपद् जोखिम न्यूनिकरणका लागि गम्भिरतापूर्वक पूर्व तयारी गरिरहनु पर्ने उल्लेख गर्नुभयो । 
यस्ता तालिमले प्रशिक्षार्थीहरुको दक्षता अभिबृद्धि हुनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रशिक्षक तथा प्रशिक्षार्थीहरुको सहभागिताले एकआपसमा सहकार्य र समन्वयमा सहयोग पुग्नुका साथै नविनतम अभ्यास आदन प्रदानमा समेत मद्दत पुग्ने बताउनुभयो । 
सो कार्यक्रममा धन्यवाद ज्ञापनको क्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संगठनलाई प्राप्त विपद् व्यवस्थापनको जिम्मेवारीलाई संगठनले महत्वका साथ लिई विगत लामो समयदेखि तालिम शिक्षालय स्थापना गरेर दक्ष जनशक्ति उत्पादनमा जोड दिँदै आएको चर्चा गर्नुहुँदै २०७२ सालको भूकम्पको बेला तथा अन्य विभिन्न विपद्को समयमा समेत महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गर्नुभयो । 
उहाँले हाम्रो देश नेपाल विविध प्रकृतिका विपद् प्रकोपका हिसाबले अतिसंवेदनशील रहेको चर्चा गर्नुहुँदै संगठनले आजको समयमा विविध प्रकृतिका विपद् व्यवस्थापन सम्बन्धी तालिमहरु संचालन गर्दै पूर्व तयारीमा समेत ध्यान पु¥याई रहेको बताउनुभयो । 
सशस्त्र प्रहरी महानिरीक्षक खनालले विपद् व्यवस्थापन आफैमा चुनौतीपूर्ण कार्य रहेको उल्लेख गर्नुहुँदै उक्त विषयलाई गम्भिरतापूर्वक लिएर संचालित यस्ता अन्तर्राष्ट्रियस्तरका तालिमले भोलिका दिनमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । 
समारोहमा एनसेटका कार्यकारी निर्देशक सूर्यनारायण श्रेष्ठले तालिमका विविध पक्षबारे प्रकाश पार्नुहुँदै तालिमको दौरानमा विपद् व्यवस्थापनमा सम्बद्ध निकाय र अन्तर्राष्ट्रिय समूदायवीच समेत एकआपसमा ज्ञान तथा सीप आदान प्रदान हुने बताउनुभयो । 
समारोहमा सो शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक ई. किशोर प्रधानले स्वागत मन्तब्य व्यक्त गर्नुका साथै सो शिक्षालयको विविध पक्षहरुबारे जानकारी गराउनु भएको थियो । 
सो तालिममा अफगानिस्तानका ४ जना, भुटानका ४ जना, माल्दिभ्सका ५ जना, श्रीलंकाका ५ जना र नेपालका ६ जना गरी कूल २४ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।   
 

2076-2-29
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद 

रौतहट,
    रौतहट जिल्लाको कटहरीया नगरपालिका ४ स्थित सिमा ईलाकाबाट जेठ १० गते एपीएफ टोलीले करीब २ लाख ९८ हजार रुँपैया बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
    भारतबाट नेपालतर्फ अवैध रुपमा ना. ४६ प ७८१९ नम्वरको मोटरसाईकलमा राखेर ल्याउदै गरेको अवस्थामा उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा रौतहट नम्वर १८ गणबाट खटिएको टोलीले बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला उक्त मोटरसाइकल समेत बरामद गरेको छ । 
    एपीएफ टोलीले बरामद लत्ताकपडा तथा मोटरसाईकल आवश्यक कारवाहीको लागी स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

2076-2-9
APF News
सशस्त्र प्रहरी बल, नेपालका पदक विजेता खेलाडी सम्मानित

काठमाडौं,

            सशस्त्र प्रहरी बल, नेपालले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता–२०७५ मा नेपाल एपीएफ क्लबबाट सहभागी भई पदक जित्न सफल आफ्ना २ सय ४ जना खेलाडीहरुलाई नगदसहित सम्मान गरेको छ ।

            सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा जेठ ०९ गते आयोजित बिशेष समारोहका वीच स्वर्ण पदक विजेता खेलाडीहरुलाई नगदसहित सम्मान गर्नुभयो ।

            यसैगरी सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबाबु थापा र रामशरण पौडेलले रजत र कास्य पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार प्रदान गर्नुभयो ।

            प्रदेश नं. ५ को विभिन्न स्थानमा गत चैत्र २७ गतेदेखि बैशाख १२ गतेसम्म संचालन भएको उक्त प्रतियोगितामा नेपाल एपीएफ क्लबको तर्फबाट सहभागी भई पदक जित्न सफल खेलाडीहरुलाई सम्मान गरिएको हो ।

त्यस अवसरमा कूल १३ लाख ९५ हजार ५ सय रुपैयाँ पुरस्कार स्वरुप प्रदान गरिएको छ ।

सो कार्यक्रममा स्वर्ण पदक विजेतालाई जनही १० हजार रुपैयाँ, रजत पदक विजेतालाई जनही ७ हजार रुपैयाँ तथा कास्य पदक विजेतालाई जनही ५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।

            यसैगरी एकभन्दा बढी पदक विजेता खेलाडीहरुलाई थप बिजयी प्रति पदकमा ५० प्रतिशत पुरस्कार रकम थप गरी प्रदान गरिएको छ ।

            उक्त बिशेष समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले यस किसिमको सफलताले संगठनका सकल दर्जाका राष्ट्रसेवकहरुलाई गौरवान्वित बनाएको चर्चा गर्नुहुँदै राष्ट्र, राष्ट्रियता र नेपाली जनताको सेवा, सुरक्षा, सहयोग तथा उद्धारका अलावा खेलकुदको क्षेत्रमा समेत संगठनले आफ्नो सकृय सहभागिता जनाउँदै आएको उल्लेख गर्नुभयो ।

            उहाँले सशस्त्र प्रहरी बल, नेपालले आफ्नो स्थानाकालदेखि नै विभिन्न खेलको विकासमा योगदान पु¥याउँदै आईरहेको चर्चा गर्नुभयो ।

            सशस्त्र प्रहरी महानिरीक्षक खनालले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने खेलहरुमा उत्कृष्ट योगदान पु¥याउने खेलाडीहरुको हौसला तथा मनोवल बढाउनको लागि विगतका दिनहरुमा समेत सशस्त्र प्रहरी बल, नेपालले विशेष अवसर पारेर उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गर्दै आएको स्मरण गर्नुहुँदै आगामी दिनहरुमा पनि यो परम्परालाई निरन्तरता दिईने बताउनुभयो ।

            कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले सम्मान कार्यक्रमको विविध विषयमा जानकारी गराउनुभएको थियो ।

            उहाँले सो प्रतियोगिताको कूल ३५ विधा मध्ये २८ विधामा नेपाल एपीएफ क्लबका खेलाडीहरुले ५४ स्वर्ण पदक, ७१ रजत पदक र ७९ कास्य पदक गरी कूल २०४ पदकसहित तेस्रो स्थान हासिल गरेको कुरा जानकारी गराउनु भयो । 

2076-2-9
APF News
एपीएफ टोलीद्वारा गाँजासहित पक्राउ :–

काठमाडौं,
        काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका ८ पशुपति वनकालीस्थित पार्किङ
ईलाकाबाट जेठ ५ गते एपीएफ टोलीले करीब १ के.जी. २ सय ग्राम गाँजासहित एक
जनालाई पक्राउ गरेको छ ।
        पक्राउ पर्नेमा भारतको विहार सितामढी घर बताउने हाल काडमाडौं
महानगरपालिका ८ गौशाला बस्ने निखिल कुमार सिंह छन् ।
        उनलाई सशस्त्र प्रहरी बल, नेपाल पशुपतिनाथ मन्दिर सुरक्षा बेसबाट खटिएको
एपीएफ टोलीले उक्त गाँजा बेचविखन गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।
        पक्राउ परेका सिंहलाई बरामद गाँजासहितै आवश्यक कारवाहीको लागि महानगरीय
प्रहरी बृत गौशालामा बुझाइएको छ ।

 

2076-2-5
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद :–

काठमाडौं,
        रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट जेठ ३ गते
एपीएफ टोलीले करीब चार लाख रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिमका
‘सेकण्ड हेण्ड’ मोवाईल फोन बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी
बल, नेपाल गुल्म हेक्वा रुपन्देही नम्बर ३८ गुल्मबाट खटिएको एपीएफ टोलीले
उक्त मोवाईल फोन बरामद गरेको हो ।
        बरामद मोवाईल फोन आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
        यसैगरी सशस्त्र प्रहरी बल, नेपाल गण हेक्वा कञ्चनपुर नम्बर ३५ गणबाट
खटिएको एपीएफ टोलीले कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका ३ दैजी भन्ने
स्थानबाट जेठ २ गते करीब एक लाख ५३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको
लत्ताकपडा बरामद गरेको छ ।
        महेन्द्रनगरबाट बझाङतर्फ जाँदै गरको यात्रुबाहक बसमा राखेर अवैध रुपले
भन्सार छली लैजाँदै गरेको अवस्थामा उक्त लत्ताकपडा बरामद गरिएको हो ।
        एपीएफ टोलीले बरामद लत्ताकपडा आवश्यक कारवाहीको लागि स्थानीय भन्सार
कार्यालयमा बुझाएको छ ।

2076-2-3