Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

रुपन्देही,

          रुपन्देही जिल्लाको सिद्वार्थनगर नगरपालिका १ बेलहियाबाट साउन २० गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

          पक्राउ पर्नेमा दाङ जिल्लाको तुल्सीपुर उपमहानगरपालिका ५ बस्ने २५ वर्षीय उज्वल रिजाल छन ।

          भारतबाट नेपाल तर्फ आउदै गरेका निज रिजाललाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३८ गण हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले शंका लागी जाँच गर्दा उनको साथमा नुफिन ५३ बोतल, फेनारगन ५२ बोतल तथा डाईजापाम ५२ बोतल फेला परेपछि पक्राउ गरिएको हो।

          पक्राउ परेका रिजाललाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागी स्थानीय प्रहरीमा बुझाइएको छ । 

2076-4-21
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

काठमाडौं,

          धनुषा जिल्लाको औरही गाँउपालिका ६ चक्करचोक तथा जनकपुर महानगरपालिका ४ क्याम्पस चोकबाट साउन २० गते एपीएफ टोलीले करीब ६ लाख ५० हजार रुपैयाँ बराबरको विभिन्न किसिमको चोरीपैठारीको सामान बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले उक्त सामानहरु बरामद गरेको हो ।

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको लत्ताकपडा, रजनीगन्धा तथा पान मसला बरामद गरिएको हो । एपीएफ टोलीले त्यसवेला उक्त सामानहरु ल्याउन प्रयोग भएको ४ वटा मोटरसाइकल समेत बरामद गरेको छ ।

          बरामद सामान तथा मोटरसाइकल आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

          बरामद सामान तथा मोटरसाइकलको भन्सार दाखिला मूल्य करीब ९ लाख रुपैयाँ रहेको छ । 

          यसैगरी पर्सा जिल्लाको बीरगंज महानगरपालिका २५ सिरसियास्थित सीमा ईलाकाबाट साउन २० गते एपीएफ टोलीले करीब १ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा ईलेक्ट्रोनिक्स सामान बरामद गरेको छ ।

          भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले उक्त सामान बरामद गरेको हो ।

          बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।

2076-4-21
APF News
एपीएफ टोलीद्वारा १५ के.जी. चाँदीसहित एक जना पक्राउ

महोत्तरी,

          महोत्तरी जिल्लाको मट्टिहानी नगरपालिका ८ तुल्सीमाई भन्ने स्थानबाट साउन २० गते एपीएफ टोलीले १० लाख ३५ हजार २ सय ३६ रुपैयाँ बराबरको १५ के.जी. दानादार चाँदीसहित एक जनालाई पक्राउ गरेको छ ।

          पक्राउ पर्नेमा धनुषा जिल्लाको मुखियापट्टि मसुरनिया गाउँपालिका २ बस्ने ३२ वर्षीय बिरेन्द्र महत्तो छन् ।

          बी.आर. ३२ एन ०६८९ नम्वरको मोटरसाईकलमा नेपालबाट भारततर्फ जाँदै गरेका निज महत्तोलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट मट्टिहानीबाट सशस्त्र प्रहरी निरीक्षक सुवासचन्द्र मैनालीको कमाण्डमा खटिएको एपीएफ टोलीले जाँच गर्दा उक्त चाँदी फेला परेपछि उनलाई पक्राउ गरिएको हो ।

          एपीएफ टोलीले त्यसवेला निज महत्तोले प्रयोग गरेको सो मोटरसाइकल समेत बरामद गरेको छ ।

2076-4-21
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

काठमाडौं,

          सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म हेक्वा (राजश्व तथा भन्सार सुरक्षा) रुपन्देहीको एपीएफ टोलीले करीब ६ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा उक्त लत्ताकपडा ल्याउन प्रयोग भएको एउटा यात्रुबाहक बस समेत बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।

          सो गुल्मबाट सशस्त्र प्रहरी नायव उपरीक्षक गोविन्दबहादुर खातीको कमाण्डमा खटिएको एपीएफ टोलीले साउन १७ गते उक्त लत्ताकपडा तथा गाडी रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट बरामद गरेको थियो ।

          दिल्ली–बुटवल चल्ने लु. १ ख ६६४९ नम्बरको यात्रुबाहक बसमा फल्सबटन बनाई लुकाई छिपाई भारतबाट नेपालतर्फ अवैध रुपले चोरीपैठारी गर्न लागेको अवस्थामा उल्लेखित मूल्य बराबरको विभिन्न किसिमका लत्ताकपडाहरु फेला परेपछि उक्त लत्ताकपडासहित सो गाडी समेत बरामद गरिएको हो ।

          एपीएफ टोलीले त्यसवेला उक्त यात्रुबाहक बसका चालक स्याङजा जिल्लाको गल्याङ नगरपालिका १ मालुङ्गा बस्ने ३६ बर्षिय राजु सुनार तथा सह–चालक सोही नगरपालिका बस्ने २५ बर्षिय यमबहादुर सुनारलाई पक्राउ गरेको छ । 

          एपीएफ टोलीले बरामद सामान तथा गाडीसहितै पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाएको छ ।

          उक्त सामान तथा गाडीको भन्सार दाखिला मूल्य करीब ३१ लाख ५० हजार रहेको छ ।

          यसैगरी सोही गुल्मबाट खटिएको एपीएफ टोलीले साउन १९ गते रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट करीब १ लाख ७० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सेकेण्ड हेण्ड ल्यापटप तथा ल्यापटपका सामानहरु बरामद गरेको छ ।

          बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

          यसैगरी पर्सा जिल्लाको बिरगंज महानगरपालिका १६ रजतजयन्ती चोकबाट साउन १८ गते एपीएफ टोलीले करीब १ लाख ७७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा, मोटर पाटर््स तथा किराना सामान बरामद गरेको छ ।

          सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले उक्त सामान बरामद गरेको हो ।

          बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।

2076-4-20
APF News
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.बाट एफपीयु टोलीको विदाई

काठमाडौं,

          सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.ले संयुक्त राष्ट्रसंघको अनुरोधमा सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा फम्र्ड पुलिस युनिट (एफपीयू) को रुपमा कार्य गर्न खटिई जान लागेको एक टोलीलाई साउन १९ गते सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित एक समारोहका बीच हार्दिक विदाई गर्नुभयो ।

          सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले त्यसअवसरमा संगठनका राष्ट्रसेवक कर्मचारीहरु द्वन्दग्रस्त मुलुकमा शान्तिस्थापनार्थ खटिँदा राष्ट्र र संगठनको प्रतिष्ठा उच्च हुने गरी उत्कृष्ट कार्य सम्पादन गर्नेतर्फ कृयाशिल रहनुपर्ने बताउनुभयो ।

          उहाँले त्यहाँको जनताको मर्म, धर्म र संस्कृतिमा कुनै खालको असर नपर्ने गरी व्यावसायीक एवं जिम्मेवारी पूर्वक संयुक्त राष्ट्रसंघको मर्म अनुसार कार्य गर्नुपर्ने उल्लेख गर्नुहुँदै त्यहाँका जनताको सेवा, सहयोग र सुरक्षाको लागि अनुशासित एवं ईमान्दार भई लाग्नुपर्ने बताउनुभयो ।

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले सो टोलीले शान्ति सुरक्षा गर्ने कार्यमा प्राप्त अनुभवलाई मिसन इलाकामा समेत सदुपयोग गर्दै सामुहिक भावनाकासाथ प्राप्त जिम्मेवारीलाई कूशलतापूर्वक सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभयो

सशस्त्र प्रहरी उपरीक्षक मनिष थापाको कमाण्डमा एकवर्षे कार्यकालका लागि एफपीयुको रुपमा साउथ सुडानको बोरमा खटिई जाने सो टोलीमा अधिकृत, विल्लादार तथा जवान गरी कूल १ सय ४० जना रहेका छन् ।

          कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु नारायणबाबु थापा र रामशरण पौडेल लगायत एपीएफ अधिकृत, विल्लादार तथा जवानहरुको उपस्थिती रहेको थियो ।

2076-4-20
APF News
एपीएफ टोलीद्वारा काठसहित पक्राउ

ईलाम,

       ईलाम जिल्लाको चुलाचुली गाउँपालिका १ स्थित झापा र ईलामको सीमानाबाट साउन १३ गते एपीएफ टोलीले करीव ४८ क्यूफिट सखुवाको काठसहित एक जनालाई पक्राउ गरेको छ ।

       पक्राउ पर्नेमा झापा जिल्लाको कमला गाउँपालिका १ बस्ने २८ वर्षिय मिलन लिम्बु छन् ।

       निज लिम्बुले मे १ च ५९०२ नम्बरको पिकअप गाडीमा उक्त काठ राखी ल्याउँदै अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश चुलाचुलीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । निज लिम्बु उक्त गाडीका चालक हुन् ।

       एपीएफ टोलीले पक्राउ परेका लिम्बुलाई बरामद काठ तथा उक्त गाडीसहितै आवश्यक कारवाहीको लागि डिभीजन वन कार्यालय ईलाममा बुझाएको छ । उक्त काठ तथा गाडीको मुल्य करीव १० लाख रुपैयाँ रहेको छ ।

2076-4-14
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

रुपन्देही,

       रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट साउन १४ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।

       पक्राउ पर्नेमा तनहुँ जिल्लाको म्याग्दी गाउँपालिका २ जामुने बस्ने २५ वर्षिय खुमबहादुर थापा छन् ।

       सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले निज थापालाई शंका लागि जाँच गर्दा उनको साथमा नोफिन २४ बोतल, फेनारगन २४ बोतल डाईजिपाम २४ बोतल र नाईट्रोजन ट्याब्लेट १५ वटा फेला परेपछि पक्राउ गरेको हो ।

       पक्राउ परेका निज थापालाई एपीएफ टोलीले बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय बेलहियामा बुझाएको छ ।

2076-4-14
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट विपद् व्यवस्थापन तालिम उद्घाटन

काठमाडौं,
    सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपालका सिनियर अधिकृतहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेको सि.सं. ३२ विपद् व्यवस्थापन तालीमको साउन १२ गते सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरीनटार चितवनमा एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । 
    सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा सशस्त्र प्रहरी बल, नेपालले विपद् व्यवस्थापनका क्षेत्रमा विभिन्न सरकारी एवं गैरसरकारी निकायहरु संग उच्चस्तरको समन्वय गर्दै उत्कृष्ट कार्यसम्पादनको लागि कृयाशिल रहेको बताउनुभयो ।
    उहाँले विपद् व्यवस्थापनको क्षेत्रमा पेशागत दक्ष जनशक्ति उत्पादनमा उत्कृष्ट योगदान पुु¥याएको सो शिक्षालयबाट उत्पादित दक्ष सशस्त्र प्रहरी कर्मचारीहरुले देशका विभिन्न स्थानमा भएका विपद्का घटनाहरुमा खोज तथा उद्वार कार्यमा निर्वाह गरेको अग्रणी भूमीका प्रसंसनीय रहेको कुरा समेत उल्लेख गर्नुभयो । 
    विगतको भूकम्पबाट भएको क्षती तथा उद्वार कार्यमा सशस्त्र प्रहरी कर्मचारीको सकृयता स्मरण गर्नुहँुदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले विपद् व्यवस्थापन तालीम प्राप्त दक्ष जनशक्ति उत्पादन गर्दै अगाडी बढेको सशस्त्र प्रहरी बल, नेपालले विपद्का बेला पु¥याएको योगदानले पीडित नागरीकको जीवनरक्षामा योगदान पुग्नुका साथै जनताको मन जित्न सफल भएको बताउनुभयो । 
कहि कतै विपद् प्रकोप भएका सहयोगतको लागि सशस्त्र प्रहरी बल, नेपाललाई सम्झने विश्वासको वातावरण बनाउन संगठनका उद्वारकर्मीहरु सफल रहेको चर्चा गर्नुहँुदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले भन्नुभयो –‘यो संगठनको ठूलो उपलब्धी हो ।’
विपद् व्यवस्थापनका लागि अधिक ज्ञान तथा कला कौशलको आवश्यकता पर्ने बताउनुहुँदै उहाँले उद्वार कार्य अत्यन्तै संवेदनशिल, जोखिमयुक्त तथा कठिन कार्य भएकोले उद्वारकर्तामा उच्चस्तरको शारिरीक तथा मानसिक दक्षता अपरिहार्य हुने कुरा समेत उल्लेख गर्नुभयो ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले धन्यवाद ज्ञापनको क्रममा विपद् व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट योगदान पु¥याउन यस्ता तालिम फलदायि रहने बताउनुुहुँदै प्रशिक्षार्थीहरुले तालिमको दौरानमा बढि भन्दा बढि ज्ञान आर्जन गर्न प्रयास गर्दै कार्यक्षेत्रमा उत्कृष्ट कार्य गर्नुपर्ने बताउनुभयो ।
उक्त तालिम शिक्षालयका समादेशक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किशोर प्रधानले तालिम सम्बन्धि योजना प्रस्तुत गर्नुहँुदै तालिमको दौरानमा प्रशिक्षार्थीहरुलाई विपद् व्यवस्थापनका विविध पक्षहरुमा उच्चस्तरको प्रशिक्षण दिईने बताउनुभयो ।
उक्त तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक ६ जना तथा सशस्त्र प्रहरी निरीक्षक १८ जना गरी कुल २४ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ । 

2076-4-12
APF News
सशस्त्र प्रहरी बल, नेपाल र पशुपति क्षेत्र विकास कोषको संयुक्त आयोजनामा वृक्षारोपण

काठमाडौं,    
    सशस्त्र प्रहरी बल, नेपाल र पशुपति क्षेत्र विकास कोषको संयुक्त आयोजनामा आज पशुपतिनाथ मन्दिर ईलाकामा रहेको विश्वरुपा मन्दिर तथा श्लेषमान्तक वन हातामा वृक्षारोपण गरिएको छ । 
    पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदिप ढकाल र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले संयुक्त रुपमा शिरिषको बिरुवा रोपेर बृक्षारोपणको शुभारम्भ भएपछि विभिन्न जातका गरी करीब एक हजार बोट विरुवा सो क्षेत्रमा रोपिएको छ ।  
    कार्यक्रममा सदस्य सचिव डा. ढकालले पर्यावरण तथा प्रकृतिको जगेर्ना गर्ने हेतुले बृक्षारोपण कार्यक्रम एउटा प्रयास स्वरुप थालनी गरिएको चर्चा गर्नुहुँदै आगामी दिनहरुमा समेत सशस्त्र प्रहरी बल, नेपालसँग सहकार्य गर्दै यस किसिमको कार्यक्रम गरिने बताउनुभयो । 
    उहाँले यस क्षेत्रमा मात्र सिमित नभएर देशका अन्य भागहरुमा समेत बृक्षारोपणको योजना रहेको उल्लेख गर्नुहुँदै सृजना मात्रै नभई संरक्षण र सम्बर्धन गर्न पनि त्यति नै आवश्यक हुने बताउनुभयो । 
    सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सो अवसरमा नेपाल सरकारले आर्थिक वर्ष २०७६÷७७ लाई वृक्षारोपण वर्षको रुपमा मनाउने नीति अनुरुप बोट बिरुवा रोपेर वातावरण हराभरा बनाउन सशस्त्र प्रहरी बल, नेपालले आफ्नो तर्फबाट पूर्ण रुपमा प्रयास गर्ने बताउनुभयो । 
    उहाँले बृक्षारोपण कार्यक्रमलाई आगामी दिनहरुमा समेत निरन्तरता दिने उल्लेख गर्नुहुँदै पशुपंक्षीहरुको बास स्थानको रुपमा रहेको प्राकृतिक वनजंगलहरु मासिदै गएकोले यसलाई जोगाउने अभिप्रायले बृक्षारोपण कार्यक्रम अझ प्रभावकारी ढंगबाट संचालन गर्नुपर्ने बताउनुभयो । 
    सो कोषका निर्देशक भोलाप्रसाद सिटौलाले स्वागत मन्तव्यको क्रममा सशस्त्र प्रहरी बल, नेपालको विशेष सहभागितामा यस क्षेत्रमा विरुवा रोपेर बातावरणीय संरक्षणमा टेवा पु¥याउने हेतुले सो बृक्षारोपण कार्यक्रम गरिएकोे बताउनुभयो । 

2076-4-5
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ 

पर्सा,
        पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ स्थित विरगंज भन्सार मुलगेटबाट
साउन २ गते एपीएफ टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
        पक्राउ पर्नेमा पर्सा जिल्लाको विरगंज महानगरपालिका १९ नधुवा बस्ने ६५
वर्र्षिय महन पटेल छन् ।
उनलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको
एपीएफ टोलीले पक्राउ गरेको हो ।
        भारतबाट नेपालतर्फ आउँदै गरेका निज पटेललाई एपीएफ टोलीले शंका लागी जाँच
गर्दा निज पटेलको साथमा डाईजोल्याप ३०० वटा फेला परेपछि उनलाई पक्राउ
गरिएको हो ।
        पक्राउ परेका पटेललाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय
प्रहरीमा बुझाइएको छ ।

2076-4-2
APF News
बिभिन्न ठाउँमा बाढिले बगाएकाको एपीएफ टोलीद्वारा शव फेला

काठमाडौं,
        बर्दिया जिल्लाको राजापुर नगरपालिका १ बाट साउन २ गते एपीएफ टोलीले एक
जनाको शव फेला पारेको छ ।
        सोही जिल्लाको छोटकी दोलतपुर बस्ने ६१ वर्षीय खड्गबहादुर रावल सो
स्थानमा रहेको बुढी कुलो तर्ने क्रममा बगाएर बेपत्ता भएका थिए ।
सो बारे जानकारी पाउँनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट
राजापुरबाट खटिएको एपीएफ टोलीले खोजी कार्य गर्दा निज रावलको शव सोही
कुलोको किनारामा फेला पारेको हो ।
        एपीएफ टोलीले निज रावलको शव स्थानिय प्रहरीलाई बुझाएको छ ।
        यसैगरी चितवन जिल्लाको सौराह ढुङ्गाघाटबाट साउन २ गते एपीएफ टालीले एक
जनाको शव फेला पारेको छ ।
सोही जिल्लाको रत्ननगर नगरपालिका ८ स्थित बुढी राप्ती खोलामा नाम वतन
नखुलेको अन्दाजी ५० वर्षीय एकजना व्यक्ति हाम फालेर बेपत्ता भएको भन्ने
जानकारी पाएपछि सशस्त्र प्रहरी बल, नेपाल नम्वर ३ गढीमाई बाहीनी मुख्यालय
मकवानपुरबाट खटिएको एपीएफ टोलीले खोजी कार्यगर्दा उनकोे शव सौराहको
ढुङ्गाघाटमा फेला पारेको हो ।
एपीएफ टोलीले उक्त शव स्थानिय प्रहरीलाई बुझाएको छ ।
        यसैगरी डोल्पा जिल्लाको मुड्के चुल्ला गाउँपालिका १ स्थित कौसिला खोलामा
बाढिले बगाई बेपत्ता भएका दुई जनाको शव साउन १ गते एपीएफ टोली र स्थानीय
प्रहरीले फेला पारेको छ ।
सो खोलामा रहेको पानी घट्टामा आउने जाने क्रममा बेपत्ता भएका
व्यक्तिहरुमध्ये सोही गाउँपालिका २ बस्ने १२ वर्षकी सोना कार्की र १
बस्ने १२ वर्षकी सारीका बोहोराको शव फेला परेको हो ।
        यही असार २८ गते आएको बाढिले सो ठाउँमा रहेको तीनजना व्यक्तिको घर, लघु
जलविद्युतको ट्याङ्कीको पाईप तथा १० वटा पानी घट्टा र केही व्यक्तिहरु
बगाएको भन्ने जानकारी पाएपछि एपीएफ टोली खोजी तथा उद्वार कार्यमा जुटेको
थियो ।
        सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४६ गुल्म हेक्वा डोल्पाबाट खटिएको एपीएफ
टोली र स्थानीय प्रहरीको टोलीले खोजी गर्ने क्रममा उनीहरुको शव फेला
पारिएको हो ।
        यसैगरी कपिलवस्तु जिल्लाको मायादेवी गाउँपालिका ८ बिजुवास्थित पोखरीमा
माछा मार्ने क्रममा बेपत्ता भएका दुई जनाको शव साउन १ गते एपीएफ टोली,
स्थानीय प्रहरी र स्थानीय वासिन्दाले फेला पारेका छन् ।
        सोही ठाउँ बस्ने १२ वर्षिय दुर्गेश कोरी र ११ वर्षिय मुकेश कोरी उक्त
पोखरीमा माछा मार्ने क्रममा बेपत्ता भएका थिए ।
        सो घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट
पोष्ट चाकडचौडाबाट खटिएको एपीएफ टोली तथा स्थानीय प्रहरी र स्थानीय
वासिन्दाले उक्त पोखरीबाट उनीहरुको शव निकालेको हो ।
 

2076-4-2
APF News
अविरल वर्षाको कारण बाढी तथा डुवानमा परेकाहरुको एपीएफ टोलीद्वारा उद्वार –

काठमाडौं,
        हालै भएको अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी पहिरो तथा
डुवानमा परेकाहरुको एपीएफ टोलीले उद्वार गरेको छ ।
        धनुषा जिल्लाको मुखियापट्टी मुसहरनिया गाउँपालिका ६ बेरियामर्नामा अविरल
वर्षाको कारण जमुनी नदिमा पानीको बहाव बढ्न गई डुवानमा परेका करीव ५० घर
परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
        सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट फुलगामाबाट खटिएको एपीएफ
टोली र स्थानीय प्रहरीले डुवानमा परेका व्यक्तिहरुलाई उद्वार गरी
सुरक्षित स्थानमा सारेको हो ।
        यसैगरी सोही जिल्लाकै मुखियापट्टी मुसहरनिया गाउँपालिका ३ स्थित विगी
खोलामा अविरल वर्षाको कारण आएको बाढिले डुवानमा परेका करीव एक सय घर
परिवालाई सुरक्षित स्थानमा सारिएको छ ।
        सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट फुलगामाबाट खटिएको एपीएफ
टोली र स्थानीय प्रहरीले सो ठाउँका पीडितहरुलाई सुरक्षित स्थानमा सारेको
हो ।
        यसैगरी पर्सा जिल्लाको विरगंज महानगपालिका २५ स्थित सिर्सिया खोलामा
बेपत्ता भएका एक जनाको शव एपीएफ टोलीले असार २९ गते फेला पारेको छ ।
        सोही ठाउँ बस्ने ५० वर्षिय दुर्गा साह दुरा उक्त खोलामा खसेर बेपत्ता
भएको जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेक्वा
पर्साबाट खटिएको एपीएफ टोलीले निज साहको शव सोही महानगरपालिका २ स्थित
भगुवा घाटमा फेला पारेको हो ।
        यसैगरी महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ८ बजराहीबाट बेपत्ता भएका
दुई जनामध्ये एक जनाको शव असार २९ गते एपीएफ टोलीले फेला पारेको छ ।
        बेपत्ता भएका सोही ठाउँ बस्ने १२ वर्षिय प्रशान्त ठाकुरको शव सशस्त्र
प्रहरी बल, नेपाल जिल्ला कमाण्ड पोष्ट जलेश्वरबाट खटिएको एपीएफ टोलीले
फेला पारेको हो ।
        उनीहरु घरबाट बजार जाने क्रममा पानीमा डुवेर बेपत्ता भएको बताईएको छ ।
एपीएफ टोलीले बेपत्ता भएका युवराज ठाकुरको खोजीकार्य गरिरहेको बताईएको छ

        यसैगरी रौतहट जिल्लाको गौर नगरपालिका २ स्थित एक पोखरीबाट एपीएफ टोलीले
एक जनाको शव फेला पारेको छ ।
        सोही जिल्लाको राजपुर नगरपालिका १ छतुवा बस्ने अन्दाजी ३५ वर्षिय
सोनेलाल साह सुनारको शव सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट
गौरबाट खटिएको एपीएफ टोलीले पोखरीबाट बाहिर निकालेको हो ।
        यसैगरी धनुषा जिल्लाको धनुषाधाम नगरपालिका ४ स्थित बालुवा खोला तर्ने
क्रममा बेपत्ता भएका एक जनाको शव असार ३० गते एपीएफ टोली तथा स्थानीय
प्रहरीले फेला पारेको छ ।
        सोही ठाउँ बस्ने ७० वर्षिय बिपतिया चमार खोला तर्ने क्रममा बेपत्ता भएको
जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश धनुषाधामबाट
खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले खोजी गर्ने क्रममा उनको शव बगाएको
स्थानबाट दक्षिणतर्फ फेला पारेको हो ।

 

2076-3-30
APF News
अविरल वर्षाको कारण बाढी तथा डुवानमा परेकाहरुको एपीएफ टोलीद्वारा उद्वार

काठमाडौं,
        हालै भएको अविरल वर्षाको कारण विभिन्न स्थानमा आएको बाढी पहिरो तथा
डुवानमा परेकाहरुको एपीएफ टोलीले उद्वार गरेको छ । एपीएफ टोली आज
अपरान्हसम्म देशका विभिन्न भागमा अविरल वर्षाको कारण बाढि पहिरो तथा
डुवानमा परेका चार सय ९३ जनालाई उद्वार गरेको छ । उद्वार कार्यमा करीव १०
हजार सशस्त्र प्रहरी कर्मचारी परिचालित भएका छन् ।
        यसैबीच आज मोरङ जिल्लाको विराटनगर महानगरपालिका १६ स्थित दरैया बस्तीमा
अविरल वर्षाको कारण डुवानमा परेका घरहरुबाट एपीएफ टोलीले करीव ४० जनालाई
उद्वार गरेको छ ।
        सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गुल्म हेक्वा मोरङबाट खटिएको एपीएफ
टोलीले उनीहरुलाई सुरक्षित स्थानमा सारेको हो ।
        यसैगरी सोही जिल्लाकै उर्लावारी नगरपालिका ८ स्थित चौधरी टोलमा अविरल
वर्षाको कारण बक्राहा खोलाले बाध कटान गरी डुवाउने सम्भावना रहेपछि सो
ठाउँका २१ जना व्यक्तिहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।
        सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश उर्लावारीबाट खटिएको एपीएफ टोली र
स्थानीय प्रहरीले उनीहरुको उद्वार गरेको हो ।
        यसैगरी सिराहा जिल्लाको कल्याणपुर नगरपालिका ३ ईटारीप्रसाई स्थित घुर्मी
र कमला खोलाको तटमा आँपको रुखमा फसेका सोही ठाउँ बस्ने ६० वर्षिय महेश्वर
साहलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट
खटिएको एपीएफ टोलीले सकूशल उद्वार गरेको छ ।
        यसैगरी सिन्धुली गोलान्जोर गाउँपालिका ५ स्थित २६ किलो भन्ने स्थानमा
अविरल वर्षाको कारण सडक माथिबाट ढुंगासहितको पहिरो आई अवरुद्ध विपी
लोकमार्ग एपीएफ टोलीले खुलाएको छ ।
        सशस्त्र प्रहरी बल, नेपाल आश्रित गुल्म सिन्धुलीबाट खटिएको एपीएफ टोलीले
उक्त अवरुद्व सडक खुलाएको हो ।
        अविरल वर्षाको कारण देशका विभिन्न भागहरुमा बाढि तथा डुवान भएपछि एपीएफ
टोली सकृयताकासाथ उद्वार कार्यमा जुटेको छ ।

2076-3-29
APF News
कमला नदिमा दुई दिनदेखि बाढिमा फसेकालाई एपीएफ टोलीद्वारा उद्वार 

काठमाडौं,
    कमला नदिको झण्डै बीच भागमा बाढिले घेरिएर दुई दिनदेखि बाहिर निस्कन नसकेका पाँच जनालाई एपीएफ टोलीले आज विहान उद्वार गरी नदिबाट बाहिर निकालेको छ ।
    धनुषा जिल्लाको सहिद नगरपालिका २ स्थित मद्रास भन्ने ठाउँमा ठूलो बाढि आएको सो नदि किनारबाट करिव पाँच सय मिटर भित्रबाट उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको विपद व्यवस्थापन तालिम प्राप्त दक्ष जनशक्तिले सकूशल उद्वार गरेको हो ।
    उद्वार गरिएकाहरुमा एक जना महिला तथा चार जना पुरुष रहेका छन् ।
    यसैगरी धनुषा जिल्लाकै कमलामाई नगरपालिका स्थित हसमोडा सखला भन्ने ठाउँबाट दुई महिलासहित चार जनालाई सोही बाहिनीबाट खटिएको एपीएफ टोलीले उद्वार गरेको छ ।
    यसैगरी एपीएफ टोलीले मोरङ जिल्लामा ४५ घर परिवारलाई उद्वार गरी सुरक्षित स्थान सारेको छ भने झापामा ४२ घर परिवारलाई उद्वार गरेको छ ।
    यसैगरी रौतहट जिल्लाको ब्रिन्दावन नगरपालिका १ स्थित चादिखोलाको कासघारीबाट १९ जनालाई एपीएफ टोलीले उद्वार गरेको छ ।
    यसैगरी ललितपुर महानगरपालिका १८ स्थित बाग्मती खोला किनार र नक्खुखोलाको किनारको दोवानबाट एपीएफ टोलीले एक पुरुष व्यक्तिको शव निकालेको छ । ती व्यक्तिको हाल नाम, वतन खुल्न सकेको छैन । 
    नक्खु खोलाले बगाएर ल्याएको उक्त शव सशस्त्र प्रहरी बल, नेपाल कारागार सुरक्षा वेश नक्खुबाट खटिएको एपीएफ टोलीले नदिबाट बाहिर निकालेको हो ।     
    अविरल वर्षाको कारण विभिन्न ठाउँहरुमा बाढि तथा डुवान परेपछि सशस्त्र प्रहरी बलको टोली उद्वार कार्यमा सकृयताकासाथ जुटेको छ । 
 

2076-3-28