Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा चौपायासहित दुई जना पक्राउ

काठमाडौं,
    बर्दिया जिल्लाको गुलरिया नगरपालिका १२ स्थित टसनपुरबाट भाद्र ६ गते एपीएफ टोलीले एक सय ४० वटा खसीसहित दुई जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरुमा बाँके जिल्लाको कोहलपुर नगरपालिका ११ बस्ने ३१ वर्षिय केशव घर्तिमगर र सोही नगरपालिका २ बस्ने २२ वर्षिय डम्बर ठकुरी छन् ।
    उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३१ गण हेक्वा बर्दियाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।
     भारतबाट अवैध रुपले ना ६ ख ९४९२ नम्बरको ट्रकमा उल्लेखित खसी राखेर ल्याउँदै गरेको अवस्थामा उक्त ट्रकका चालक तथा सहचालकलाई पक्राउ गरिएको हो ।
    एपीएफ टोलीले त्यसवेला उल्लेखित खसीसहित सो ट्रक समेत बरामद गरेको छ ।
    पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद खसी तथा ट्रकसहितै आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गुलरियामा बझाएको छ । उक्त खसी तथा ट्रकको भन्सार दाखिला मुखल्य करीव ४९ लाख ७० हजार रुपैयाँ रहेको छ ।  
    यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेक्वा कैलालीबाट खटिएको एपीएफ टोलीले भाद्र ६ गते करीव एक लाख ६० हजार रुपैयाँ बराबरको २० वटा खसी बरामद गरेको छ ।
    भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त खसी एपीएफ टोलीले कैलाली जिल्लाको टिकापुर नगरपालिका ६ स्थित बेलुवाबाट बरामद गरेको हो ।
    एपीएफ टोलीले बरामद खसी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय खक्रौला कैलालीमा बुझाएको छ ।

2076-05-06
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, सर्लाही जिल्लाको कोडैना गाउँपालिका ४ बाट भाद्र ५ गते एपीएफ टोलीले करीव एक लाख एक हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले साइकलमा राखी नेपालतर्फ ल्याउँदै गरको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको एपीएफ टोलीले उक्त साइकलसहितै बरामद गरेको हो । त्यसवेला लत्ताकपडा ल्याउने व्यक्ति एपीएफ टोलीलाई देख्नासाथै उक्त लत्ताकपडा तथा साइकल छाडी भागेका थिए । एपीएफ टोलीले बरामद लत्ताकपडा तथा साइकल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मलंगवामा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गुल्म हेक्वा काँकडभिट्टाबाट खटिएको एपीएफ टोलीले भाद्र ४ गते करीव एक लाख २२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको चाँदीको गहना, मोटर पार्टस् र लत्ताकपडा एपीएफ टोलीले झापा जिल्लाको मेचीनगर नगरपालिका ७ स्थित जोरसिमलबाट बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टामा बझाएको छ । यसैगरी कैलाली जिल्लाको टिकापुर नगरपालिका ७ स्थित प्रितिपुर ईलाकाबाट एपीएफ टोलीले भाद्र ५ गते करीव एक लाख ८५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेक्वा कैलालीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।
2076-05-05
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
काठमाडौं, पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ स्थित भन्सार मुलगेटबाट भाद्र ४ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १४ बस्ने २३ वर्षिय आशिष रुम्वालाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । ना ३५ प ५०७३ नम्बरको स्कूटरमा सवार निज रुम्वालाई शंका लागि जाँच गर्दा उनको साथमा डाईजोपाम १२ वटा, नोफिन १२ वटा र फेनारागन १२ वटा फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका निज रुम्वालाई बरामद लागूऔषध तथा उक्त स्कूटरसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ । यसैगरी महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ३ स्थित मलिवडाबाट भाद्र ४ गते एपीएफ टोली र स्थानीय प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिकाको मानन्धर चोक बस्ने २९ वर्षिय विजेन्द्र झा छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले पक्राउ गरेको हो । ज ६ प ४१३ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज झालाई शंका लागि जाँच गर्दा उनको साथमा कोरेक्स २ बोतल र स्यामोक्स ट्याब्लेट ४४ वटा फेला परेपछि उनलाई पक्राउ गरिएको हो । पक्राउ परेका झालाई बरामद लागूऔषध तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा बुझाएइएको छ ।
2076-05-05
APF News
सशस्त्र प्रहरी बलबाट भए गरेका कामकारवाही सम्बन्धमा पत्रकार सम्मेलनको आयोजना –
काठमाडौं, सशस्त्र प्रहरी बल, नेपालका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठले बुधबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी संगठनबाट भएगरेका कामकारवाहीबारे जानकारी गराउनु भएको छ । सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठले त्यस अवसरमा संगठनलाई प्राप्त कार्यादेश अनुरुप भएगरेका कामकारवाही सम्बन्धमा विभिन्न संचार माध्यममा आवद्ध संचारकर्मीहरुलाई जानकारी गराउनु भएको हो । पत्रकार सम्मेलनमा उहाँले संगठनको जिम्मेवारी लगायत नागरिकको सेवा, सुरक्षा तथा सहयोग र आपद् विपद्मा उद्धार कार्यमा गरिएका कार्यहरु, अपराध नियन्त्रण, चोरीपैठारी निकासी नियन्त्रण, गुनासो व्यवस्थापन, संगठनबाट भएका उद्धार कार्य, सशस्त्र प्रहरी कार्यसम्पादनमा जनशक्तिको परिचालन लगायत विविध विषयहरुमा संचारकर्मीहरुलाई जानकारी गराउनुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक श्रेष्ठले सेवा र सुरक्षा कार्यमा संगठनबाट भएका प्रयासहरु, संगठनको संरचना, सशस्त्र प्रहरी कर्मचारी माथि विभागीय कारवाही, सशस्त्र प्रहरी कार्य सम्पादनमा प्रविधिको प्रयोग, कल्याणकारी कार्य लगायतका विषयहरुमा समेत त्यसअवसरमा जानकारी गराउनु भयो । पत्रकार सम्मेलनमा विभिन्न संचारकर्मीहरुले राखेको जिज्ञासामा उहाँले प्रष्ट पार्नु भएको थियो ।
2076-05-04
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडों, कञ्चनपुर जिल्लाको शुक्लाफाँट नगरपालिका १० स्थित झलारीबाट भाद्र ४ गते एपीएफ टोलीले करीव २ लाख ६९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा पाँच सय केजी चिनी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण हेक्वा कञ्चनपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले भाद्र ४ गते करीव दुई लाख रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा र अनार एपीएफ टोलीले बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ स्थित चौलिका चोकबाट बरामद गरेको हो । यसैगरी पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ स्थित रजतजयन्ती चोकबाट भाद्र ४ गते एपीएफ टोलीले वेवारिसे अवस्थामा रहेको डब्लू बी ११ बी ८९९२ नम्बरको भारतीय ट्याङकर बरामद गरेको छ । बेवारिसे अवस्थामा रहेको उक्त ट्याङकर सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद ट्याङकर एपीएफ टोलीले आवश्यक कारवाहीको लागि विरगञ्ज भन्सार कार्यालयमा बुझाएको छ । उक्त ट्याङकरको भन्सार दाखिला मुल्य करीव २६ लाख रुपैया रहेको छ ।
2076-05-04
APF News
एपीएफ टोलीद्वारा सालको काठ बरामद
महोत्तरी, महोत्तरी जिल्लाको गौशला नगरपालिका ८ स्थित ढल्केलिकबाट भाद्र ४ गते एपीएफ टोलीले करीव एक लाख ३० हजार रुपैयाँ बराबरको सालको काठ बरामद गरेको छ । ना १ त ८२३ नम्बरको ट्याक्टरमा ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको ४० क्यूफिट सालको काठ सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश रामनगरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला सालको काठ ल्याउने व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै उक्त सालको काठ तथा ट्याक्टर छाडी भागेका थिए । एपीएफ टोलीले बरामद सालको काठ तथा उक्त ट्याक्टर आवश्यक कारवाहीको लागि सेक्टर वन कार्यालय महोत्तरीमा बुझाएको छ ।
2076-05-04
APF News
एपीएफ टोलीद्वारा बोइलर कुखुराको चल्ला बरामद
पश्चिम नवलपरासी, पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका ३ स्थित गिदाहवाबाट एपीएफ टोलीले भाद्र २ गते करीव तीन लाख ३६ हजार रुपैयाँ बराबरको बोइलर कुखुराको चल्ला बरामद गरेको छ । सोही ठाउँमा रहेको एक कच्ची टहरामा लुकाई छिपाई राखेको अवस्थामा उल्लेखित मुल्य बराबरको आठ हजार चार सय वटा बोइलर कुखुराको चल्ला सशस्त्र प्रहरी बल, नेपाल नम्बर १६ गण हेक्वा पश्चिम नवलपरासीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद चल्ला पशुक्वारेनटाईनका कर्मचारी, संचारकर्मी र स्थानीय भद्रभलादमीको रोहवरमा नष्ट गरेको छ ।
2076-05-02
APF News
गृहसचिव राई र सशस्त्र प्रहरी महानिरीक्षक खनाल बीच कार्यसम्पादन सम्झौता
काठमाडौं, गृहसचिव प्रेमकुमार राई र सशस्त्र प्रहरी महानिरीक्षक शैलैन्द्र खनाल बीच सोमबार कार्यसम्पादन सम्झौता भएको छ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’को उपस्थितीमा गृहमन्त्रालयमा आयोजित विशेष समारोहमा उक्त कार्यसम्पादन सम्झौता भएको हो । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले त्यसअवसरमा विगतमा गृहमन्त्रालयबाट सुरु भएको कार्यसम्पादन सम्झौता गर्ने कार्य हाल अन्य मन्त्रालयले समेत गरेको बताउनुभयो । उहाँले यस्ता सम्झौताले आफ्नो कार्यप्रती अझै बढि जिम्मेवारी बनाउने बताउनुहुँदै यसबाट कामको पारदर्शीता र सदाचारीतामा मद्वत गर्ने उल्लेख गर्नुभयो । यस्ता सम्झौताले हाम्रो क्षमताको समेत परिक्षा गर्दछ भन्नुहुँदै उहाँले यसबाट एक आपसमा सहयोग र सहकार्य गर्न मद्वत पुग्ने विश्वास व्यक्त गर्नुभयो । गृहसचिव प्रेमकुमार राईले विगतमा गरिएका यस्ता सम्झौताले जवाफदेहीता तथा जिम्मेवार हुन मद्वत पुगेको बताउनुभयो । उहाँले सबैले लक्ष्य प्राप्ती गर्न समान रुपमा कृयाशिल भएमा सरकारले लिएको लक्ष्य पुरा गर्न मद्वत पुग्ने कुरा समेत उल्लेख गर्नुभयो । गृहसचिव राईले त्यसअवसरमा सम्झौतामा गरेको लक्ष्य पूर्ती गर्न अगाडी बढ्नुपर्ने चर्र्चा समेत गर्नुभयो ।
2076-05-02
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
सप्तरी, सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका १ खाडो खोलास्थित चेकप्वाईन्टबाट भाद्र १ गते एपीएफ टोली र स्थानीय प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सप्तरी जिल्लाको राजविराज नगरपालिका ६ बस्ने २२ वर्षिय रोशनकुमार मेहतरलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट तिलाठीबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेका निज मेहतरलाई शंका लागि जाँच गर्दा उनको साथमा नाईट्रोभेट ट्याब्लेट एक सय ५० वटा र नाईट्रोसन ट्याब्लेट २० वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका मेहतरलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
2076-05-02
APF News
एपीएफ टोलीद्वारा चौपाया बरामद
काठमाडौं, सप्तरी जिल्लाको छिन्नमस्ता गाँउपालिका ७ हाटीबाट एपीएफ टोलीले करीब पाँच लाख रुपैयाँ बराबरको चौपाया बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ गण हेक्वा सप्तरीबाट खटिएको एपीएफ टोलीले भाद्र २ गते उल्लेखित रकम बराबरको ४० वटा खसी बरामद गरेको हो । बरामद चौपाया आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बेलबिछुवाबाट खटिएको एपीएफ टोलीले भाद्र २ गते करीब एक लाख ९० हजार रुपैयाँ बराबरको चौपाया बरामद गरेको छ । एपीएफ टोलीले रौतहट जिल्लाको राजदेवी नगरपालिका ९ ब्रह्मपुरीस्थित सीमा ईलाकाबाट दुई वटा भैंसी र नौ वटा पाडा बरामद गरेको हो । बरामद चौपाया आवश्यक कारवाहीको लागि एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
2076-05-02
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
सुनसरी, सुनसरी जिल्लाको ईनर्वा नगरपालिका ४ हनुमान चोकबाट भाद्र २ गते एपीएफ टोलीले करीब तीन लाख ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा सुर्ती बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ गण हेक्वा सुनसरीबाट खटिएको एपीएफ टोलीले उक्त सामान बरामद गरेको हो । उक्त ठाउँमा जाँच गर्ने क्रममा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको एक यात्रुबाहक बस र को. ८ प ३३६ नम्बरको मोटरसाइकालबाट उक्त सामान बरामद गरिएको हो । एपीएफ टोलीले त्यसवेला उल्लेखित मोटरसाइकल समेत बरामद गरेको छ । बरामद सामान तथा मोटरसाइकल आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
2076-05-02
APF News
एपीएफ टोलीद्वारा १५ के.जी.चाँदीसहित पक्राउ
धनुषा, धनुषा जिल्लाको औरही गाउँपालिका २ देउरी भन्ने स्थानबाट साउन ३२ गते एपीएफ टोलीले १० लाख ९३ हजार १ सय १० रुपैयाँ बराबरको १५ के.जी. चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला प्रखण्ड जयनगर पञ्चायत २ भेलवाचोक घर बताउने अन्दाजी २८ बर्षिय बन्धुकुमार सिंह छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्रकुमार झाको कमाण्डमा खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो । ज. ८ प ९२३५ नम्वरको मोटरसाईकलमा भारततर्फ जाँदै गरेका निज सिंहलाई शंका लागि जाँच गर्दा उक्त चाँदी फेला परेपछि उनलाई पक्राउ गरिएको हो । त्यसवेला निज सिंहले प्रयोग गरेको उक्त मोटरसाइकल समेत बरामद गरिएको छ । एपीएफ टोलीले पक्राउ परेका सिंहलाई बरामद चाँदी तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय जनकपुरमा बुझाएको छ ।
2076-05-01
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ

बाँके,
        बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ स्थित नेपालगञ्ज भन्सार
कार्यालयको मुलगेटबाट साउन २९ गते एपीएफ टोलीले ४४ वटा नाईट्रोभेट
ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ ।
        सुर्खेत जिल्लाको उत्तरगंगा नगरपालिका १९ बस्ने मदन मल्ललाई सशस्त्र
प्रहरी बल, नेपाल नम्बर ४० गुल्म हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले
पक्राउ गरेको हो ।
        भारतबाट नेपालतर्फ आउँदै गरेका निज मल्ललाई एपीएफ टोलीले शंका लागि जाँच
गर्दा उनको साथमा उल्लेखित लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।
        एपीएफ टोलीले पक्राउ परेका मल्ललाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको
लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

2076-04-29