Toggle Menu

समाचार

APF News
सुरुङमा फसेका अर्का एकको शब फेला, कुल तीन शब निकालियो
बझाङ, बझाङ जिल्लाको बुङ्गल नगरपालिका १ दारिमगार्डमा कालङ्गा हाईड्रो पावरको निर्माणाधिन सुरुङभित्र फसेका अर्का एक जनाको शब एपीएफ टोलीले सो सुरुङबाट बाहिर निकालेको छ । दैलेख जिल्लाको गुराँस नगरपालिका ३ बस्ने ३० बर्षिय महेन्द्र शाहीको शब सोमबार बेलुका करीब सवा सात बजे सो सुरुङबाट बाहिर निकालिएको हो । त्यसअघि एपीएफ टोली र सोही हाईड्रो पावरका दुई जना कर्मचारीले सो सुरुङमा उनीसँगै फसेका अन्य दुई जनाको शब सोमबार अपरान्ह करीब ५ बजे सुरुङबाट बाहिर निकालेका थिए । शब निकालिएकाहरुमा अछाम जिल्लाको तुर्माखाँद गाँउपालिका ६ बस्ने २४ बर्षिय महेन्द्र साउद र दैलेख जिल्लाको गुराँस नगरपालिका ३ बस्ने ३२ बर्षिय करन शाही छन् । उनीहरुसँगै उक्त सुरुङमा कूल चार जना फसेको बताइएको । उनीहरुसहितका ४ जना व्यक्तिहरु हिजो दिउँसो सुरुङ निर्माणमा प्रयोग भएको एउटा बलेरो गाडी र दुई वटा ट्रयाक्टरसहित निर्माणाधिन उक्त सुरुङभित्र काम गर्ने क्रममा फसेका थिए । उक्त सुरुङमा केही व्यक्तिहरु फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भवराज कटुवालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त दक्ष टोली आवश्यक उद्धार सामाग्रीसहित आज समिट एयरको हेलिकप्टरद्वारा त्यसठाउँमा उद्धार कार्यको लागि खटिई गएको थियो ।
2076-07-18
APF News
सुरुङमा फसेका मध्ये दुई जनाको शब एपीएफ टोलीले निकाल्यो
बझाङ, बझाङ जिल्लाको बुङ्गल नगरपालिका १ दारिमगार्डमा कालङ्गा हाईड्रो पावरको निर्माणाधिन सुरुङभित्र फसेर मृत्यु भएका दुई जनाको शब सुरुङबाट बाहिर निकालिएको छ । एपीएफ टोली र सोही हाईड्रो पावरका दुई जना कर्मचारीले सोमबार अपरान्ह करीब ५ बजे उक्त शब सो निर्माणाधिन सुरुङबाट बाहिर निकालेको हो । मृत्यु हुनेहरुमा अछाम जिल्लाको तुर्माखाँद गाँउपालिका ६ बस्ने २४ बर्षिय महेन्द्र साउद र दैलेख जिल्लाको गुराँस नगरपालिका ३ बस्ने ३२ बर्षिय करन शाही छन् । उनीहरुसहितका ४ जना व्यक्तिहरु हिजो दिउँसो सुरुङ निर्माणमा प्रयोग भएको एउटा बलेरो गाडी र दुई वटा ट्रयाक्टरसहित निर्माणाधिन उक्त सुरुङभित्र काम गर्ने क्रममा फसेका थिए । उक्त सुरुङमा केही व्यक्तिहरु फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भवराज कटुवालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त दक्ष टोली आवश्यक उद्धार सामाग्रीसहित आज समिट एयरको हेलिकप्टरद्वारा त्यसठाउँमा उद्धार कार्यको लागि खटिई गएको थियो ।
2076-07-18
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ
कैलाली, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका २ पुरानो भन्सार रोड ईलाकाबाट कार्तिक १६ गते एपीएफ टोलीले ४७ बोतल कोरेक्स नामक लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको लक्ष्मीपुरछिरी उत्तर प्रदेश घर बताउने ३१ बर्षिय महोमद आफजल र २५ बर्षिय रहेमद अली छन् । यूपी ३१ जे ४१०७ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५३ गुल्म हेक्वा कैलालीबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
2076-07-16
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, सुनसरी जिल्लाको कोशी गाँउपालिका ८ स्थित पूर्व-पश्चिम लोकमार्गबाट कार्तिक १० गते एपीएफ टोलीले करीब ४ लाख २५ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा तथा जु्त्ताचप्पल बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले उक्त लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरेको हो । बिराटनगरबाट काठमाडौंतर्फ आउँदै गरेको ना ३ ख ४०३६ नम्बरको यात्रुवाहक बसमा जाँच गर्दा नक्कली बिल बनाई अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरिएको हो । बरामद लत्ताकपडा तथा जुत्ताचप्पल स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी चोरीपैठारी गरी ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले कार्तिक १० गते धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १६ कपिलेश्वरबाट करीब एक लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
2076-07-10
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
झापा, झापा जिल्लाको भद्रपुर नगरपालिका ५ बाट कार्तिक ८ गते एपीएफ टोलीले बिभिन्न किसिमको लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको बिर्तामोड नगरपालिका ७ बस्ने २३ बर्षिय चन्दन साह र दमक नगरपालिका ८ बस्ने २५ वर्षीय बिशाल गुरुङ छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई जाँच गर्दा फेनारगन ७ वटा, लुपिजेसिक ८ वटा र डाइजापाम ८ वटा फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
2076-07-09
APF News
एपीएफ टोलीद्वारा अवैध सामान बरामद
काठमाडौं, सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित पूर्व-पश्चिम लोकमार्गबाट कार्तिक ३ गते एपीएफ टोलीले करीब ६ लाख ३९ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ । बा ५ ख १४१० नम्बरको यात्रुवाहक बसमा अवैध रुपले ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले उक्त लत्ताकपडा बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय कोशी ब्यारेजमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले करीब ४ लाख ५८ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा, मोटर्स पाटर््स र हार्डवेयरका सामान बरामद गरेको छ । पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बाईपास रोड ईलाकाबाट कार्तिक ३ गते उक्त समान बरामद गरिएको हो । बरामद सामान एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
2076-07-03
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
पर्सा, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १० बाट कार्तिक २ गते एपीएफ टोलीले लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका २ बस्ने ३० वर्षिय दिपेन्द्र लामा र सोही उपमहानगरपालिका ४ बस्ने ३१ वर्षिय फिरोज अन्सारी छन् । ना. १९ प १२६७ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्वर १३ गण हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनीहरुको साथमा ओरेक्स २८ बोतल फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसबेला उक्त मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।
2076-07-03
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका १ स्थित चौलियाबाट असोज २६ गते एपीएफ टोलीले करीब एक लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । बी आर ३० ए ९१८८ नम्बरको भारतीय मोटरसाइकलमा राखेर अवैध रुपले ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको एपीएफ टोलीले उक्त सामान बरामद गरेको हो । एपीएफ टोलीले त्यसबेला उक्त मोटरसाइकल समेत बरामद गरेको छ । बरामद सामान तथा मोटरसाइकल स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट फुलबारीबाट खटिएको एपीएफ टोलीले कैलाली जिल्लाको कैलारी गाँउपालिका ५ स्थित बलियाघाट ईलाकाबाट असोज २७ गते करीब एक लाख ४० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा कस्मेटिक सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा उक्त सामान बरामद गरिएको हो । एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय त्रिनगरमा बुझाएको छ । यसैगरी रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट असोज २७ गते सशस्त्र प्रहरी बल, नेपाल नम्बर २७ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले करीब एक लाख ३२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको किराना सामान, मोबाईल सेट, कस्मेटिक सामान तथा फलफूल बरामद गरिएको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
2076-06-27
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, सर्लाही जिल्लाको ब्रम्हपुरी गाउँपालिका ४ स्थित भेलीमाबाट असोज २४ गते एपीएफ टोलीले करीव एक लाख ४० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । ना ३ ख १९१२ नम्बरको यात्रुवाहक बसमा भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १० गण हेक्वा सर्लाहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीबाट खटिएको एपीएफ टोलीले असोज २५ गते करीव दुई लाख ९० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले दुई वटा मोटरसाइकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका २५ स्थित लोहनाबाट बरामद गरिएको हो ।
2076-06-25
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
महोत्तरी, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित कनहवाबाट असोज २२ गते एपीएफ टोलीले ६० वटा नाईट्रभेट ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धनुषा जिल्लाको कुर्था गाउँपालिका ६ चमारटोल बस्ने २३ वर्षिय सरोजकुमार चमार छन् । ज ७ प ८१९० नम्बरको मोटरसाईकलमा सवार निज चमारलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा उल्लेखित लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसबेला उक्त मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेका चमारलाई बरामद लागूऔषध तथा मोटरसाइकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।
2076-06-23
APF News
सशस्त्र प्रहरी बल नेपालको निशान तथा मौलो पुजा सम्पन्न
काठमाडौं, बडादशैंको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी हल्चोक स्वयम्भूमा असोज २० गते सशस्त्र प्रहरी बल, नेपालको निशान तथा मौलो पुजा सम्पन्न भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले विशेष कार्यक्रमका बीच पुजाअर्चना गर्नुभएको उक्त निशान तथा मौलो पुजा कार्यक्रममा सशस्त्र प्रहरी अधिकृत तथा जवानहरुबाट पुजाअर्चना तथा मौलो परिक्रमा गरिएको थियो । बिहान ७ बजेर ११ मिनेटको पुजाको संकल्प साइतमा गरिएको निशान तथा मौलो पुजा कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बल, नेपालको निशानमा पञ्जाछाप लगाउनुभयो । सशस्त्र प्रहरी व्याण्डको मंगलधुनबीच सुरु भएको पुजा कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपालको एक टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो । सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयले बडादशैंको अवसरमा महानवमीको दिन हरेक वर्ष निशान तथा कोतपुजा गर्दै आएको छ । त्यसअवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले मौलोपुजा व्यवस्थापनमा उत्कृष्ट कार्यगर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई पगरी तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो । कार्यक्रममा एपीएफ अधिकृत, विल्लादार तथा जवानहरुको उपस्थित रहेको थियो ।
2076-06-20
APF News
सशस्त्र प्रहरी बल, नेपालद्वारा १३४ पिङ हालियो
काठमाडौं, सशस्त्र प्रहरी बल, नेपालले वडादशैंको पुनिट अवसरमा देशका विभिन्न ठाउँहरुमा स्थानीय वासिन्दाका लागि एक सय ३४ वटा पिङ हालेको छ । सशस्त्र प्रहरी बल, नेपालले स्थानीय वासिन्दाहरुलाई लक्षित गरी असोज १७ गते सम्म उक्त पिङ हालेको हो । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय, सुनसरीले २४ वटा पिङ हालेको भने सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय, महोत्तरीले २४ वटा, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गढीमाई बाहिनी मुख्यालय, मकवानपुरले ११ वटा, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय, कास्कीले ८ वटा पिङ हालेको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय, रुपन्देहीले २६ वटा, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेतले ४ वटा, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय, कैलालीले २५ वटा र सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय, काठमाडौंले १२ वटा पिङ हालेको छ ।
2076-06-17
APF News
सशस्त्र प्रहरी बल नेपालद्वारा वडादशैंको अवसरमा निःशुल्क बस संचालन
काठमाडौं, सशस्त्र प्रहरी बल, नेपालले बडादशैंको पुनित अवसरमा काठमाडौं उपत्यकामा २ वटा बस निःशुल्क रुपमा संचालन गर्ने भएको छ । बडादशैंको बेला सार्वजनिक यातायातका साधनहरु न्यून रुपमा चल्ने भएकोले सर्वसाधारणको आवतजावतमा सुविधा पु¥याउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालद्वारा निःशुल्क बस संचालन गर्न लागिएको हो । काठमाडौं उपत्यकाभित्र निःशुल्क बस सेवा प्रदान गर्न सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाट निस्कने एउटा बसले ठूलो भ¥याङ, बनस्थली, वालाजुुहुँदै विभिन्न ठाउँका स्थानीय यात्रुहरुलाई सेवा प्रदान गर्ने छ भने सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयबाटै निस्कने अर्को बसले सितापाईला, कलंकी, बल्खुुहुँदै विभिन्न ठाउँका यात्रुहरुलाई निःशुल्क सेवा प्रदान गर्ने छ । सशस्त्र प्रहरी बल, नेपालले काठमाडौं उपत्यकाभित्र संचालन गर्ने सो निःशुल्क बस बडादशैंको नवमी, दशमी र एकादशीका दिन बिहान ०८:०० बजेदेखि संचालन हुने छ । सशस्त्र प्रहरी बल, नेपालले बडादशैंको अवसरमा यात्रुहरुलाई सहजता होस भन्ने अभिप्रायले सशस्त्र प्रहरी बल, नेपालसँग रहेका २ वटा बसहरु संचालनमा ल्याइने छ ।
2076-06-17