Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा चोरीपैठारी निकासीको सामान बरामद
काठमाडौं, झापा जिल्लाको मेचीनगर नगरपालिका १३ स्थित धाईजनबाट कार्तिक २५ गते एपीएफ टोलीले करीव तीन लाख २७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ । यसैगरी सोही जिल्लाकै कचनकवल गाउँपालिका २ स्थित बगानबाट एपीएफ टोलीले कार्तिक २६ गते करीव एक लाख ४५ हजार रुपैयाँ बराबरको चोरीनिकासीको सेतो मटर बरामद गरेको छ । नेपालबाट अवैध रुपले सात वटा साईकलमा राखी भारततर्फ लैजाँदै गरेको उल्लेखित मुल्य बराबरको दुई हजार तीन सय ७५ के.जी. सेतो मटर सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट केचनाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण हेक्वा बाँकेबाट खटिएको एपीएफ टोलीले कार्तिक २६ गते करीव दुई लाख १० जार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा र भाडावर्तन बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ स्थित चौलिका चोकबाट बरामद गरिएको हो ।
2076-07-26
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट गुल्मपति तथा स्टाफ तालिम समापन
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा संचालित सि.सं. २२ गुल्मपति तथा स्टाफ तालिमको कार्तिक २५ गते सोही प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच समापन गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुका साथै तालिमका प्रशिक्षकहरुलाई प्रशंसापत्र प्रदान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा व्यावसायीक प्रशिक्षणले कार्यक्षेत्रमा सहजता पु¥याउने तथा जिम्मेवारी निर्वाहप्रति हौषला मिल्ने बताउनुहुँदै तालिममा सिकेको ज्ञानले कार्यक्षेत्रमा सफलता प्राप्त गर्न सघाउ पुग्ने उल्लेख गर्नुभयो । छोटो समयमै विवेक र जनशक्ति परिचालनमा यस्ता व्यावसायीक तालिमले सघाउ पु¥याउने उल्लेख गर्नुहुँदै उहाँले मातहत सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत सिकाउँदै नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने सक्षम अधिकृत उत्पादनमा यस्ता व्यावसायीक तालिम अपरिहार्य गरेको बताउनुभयो । व्यक्तिगत जीवन र आफ्ना स्वार्थ भन्दा माथि उठेर सांगठानिक जिम्मेवारी पूरा गर्न सधै कृयाशिल रहनुपर्ने चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी कर्मचारीहरुले कार्यक्षेत्रमा सधै सकारात्मक सोचका साथ आम नागरिकप्रति सशस्त्र प्रहरीले दिनुपर्ने सेवा प्रवाहमा सकृय रहनुपर्ने बताउनुभयो । उहाँले सशस्त्र प्रहरी कर्मचारीहरुले अनुशासित एवं ईमान्दार ढंगले जिम्मेवारी निर्वाहमा कृयाशिल रहनुपर्ने उल्लेख गर्नुहुँदै कार्यक्षेत्रका चुनौतीहरुलाई परास्त गर्दै परिणाममुखी कार्यसम्पादनमा सकृय रहिरहनु पर्ने चर्चा गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले जिम्मेवारी निर्वाहका क्रममा भोग्नु परेका समस्याहरुबाट समेत सिक्दै तथा कमी कमजोरीहरुलाई मनन् गर्दै संगठनले सोचे अनुरुपको परिणाम हासिल गर्न सधै दत्तचित्त रहन निर्देशन दिनुभयो । गत साउन १५ गतेबाट संचालन भएको उक्त तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक एक जना तथा सशस्त्र प्रहरी निरीक्षक ३४ जना गरी कुल ३५ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो । उक्त तालिममा सशस्त्र प्रहरी निरीक्षक शम्भुबिक्रम शाह सर्वप्रथम भएका छन् भने सोधपत्रतर्फ सशस्त्र प्रहरी निरीक्षक संजय अधिकारी उत्कृष्ट ठहरिएका छन् । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबावु थापा र रामशरण पौडेल लगायत बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।
2076-07-25
APF News
एपीएफ टोलीद्वारा अवैध सामान बरामद
काठमाडौं, पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बाईपासबाट एपीएफ टोलीले कार्तिक २४ गते करीव एक लाख ५९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले कार्तिक २३ गते करीव एक लाख दुई हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । बा ३ ख ७५४७ नम्बरको यात्रुवाहक बसमा भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा एपीएफ टोलीले रौतहट जिल्लाको गौर नगरपालिका ६ स्थित सपगडा ईलाकाबाट बरामद गरेको हो ।
2076-07-24
APF News
एपीएफ टोलीद्वारा हिउँ चितुवाको छालासहित तीन जना पक्राउ
धनुषा, धनुषा जिल्लाको धनौजी गाँउपालिका २ बाट कार्तिक २२ गते एपीएफ टोलीले एउटा हिउँ चितुवाको छालासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको थिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बस्ने २८ बर्षिय सुनिल ढुंगेल, ३९ बर्षिय शिवकुमार महतो र सोही जिल्लाको धनौजी गाँउपालिका ४ बस्ने ३६ बर्षिय जयराम मण्डल छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट खटिएको एपीएफ टोलीले करीब साढे सात फिटको एउटा हिउँ चितुवाको छालासहित पक्राउ गरेको हो । नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त छाला फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद छालासहित आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय जनकपुरमा बुझाएको छ ।
2076-07-23
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
झापा, झापा जिल्लाको भद्रपुर नगरपालिका ७ स्थित मेची पुलबाट कार्तिक २२ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ जिल्लाको बेलबारी नगरपालिका ७ बस्ने २२ बर्षिय बिशाल गुरुङ छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका निज गुरुङलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उनको साथमा ईन्जेपाईन लुपिजेसिक ४९ वटा, ईन्जेक्सन ४९ वटा र हाईड्रोकोलिन ईन्जेक्सन ४९ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका गुरुङलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
2076-07-23
APF News
सुरुङमा फसेका अर्का एकको शब फेला, कुल तीन शब निकालियो
बझाङ, बझाङ जिल्लाको बुङ्गल नगरपालिका १ दारिमगार्डमा कालङ्गा हाईड्रो पावरको निर्माणाधिन सुरुङभित्र फसेका अर्का एक जनाको शब एपीएफ टोलीले सो सुरुङबाट बाहिर निकालेको छ । दैलेख जिल्लाको गुराँस नगरपालिका ३ बस्ने ३० बर्षिय महेन्द्र शाहीको शब सोमबार बेलुका करीब सवा सात बजे सो सुरुङबाट बाहिर निकालिएको हो । त्यसअघि एपीएफ टोली र सोही हाईड्रो पावरका दुई जना कर्मचारीले सो सुरुङमा उनीसँगै फसेका अन्य दुई जनाको शब सोमबार अपरान्ह करीब ५ बजे सुरुङबाट बाहिर निकालेका थिए । शब निकालिएकाहरुमा अछाम जिल्लाको तुर्माखाँद गाँउपालिका ६ बस्ने २४ बर्षिय महेन्द्र साउद र दैलेख जिल्लाको गुराँस नगरपालिका ३ बस्ने ३२ बर्षिय करन शाही छन् । उनीहरुसँगै उक्त सुरुङमा कूल चार जना फसेको बताइएको । उनीहरुसहितका ४ जना व्यक्तिहरु हिजो दिउँसो सुरुङ निर्माणमा प्रयोग भएको एउटा बलेरो गाडी र दुई वटा ट्रयाक्टरसहित निर्माणाधिन उक्त सुरुङभित्र काम गर्ने क्रममा फसेका थिए । उक्त सुरुङमा केही व्यक्तिहरु फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भवराज कटुवालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त दक्ष टोली आवश्यक उद्धार सामाग्रीसहित आज समिट एयरको हेलिकप्टरद्वारा त्यसठाउँमा उद्धार कार्यको लागि खटिई गएको थियो ।
2076-07-18
APF News
सुरुङमा फसेका मध्ये दुई जनाको शब एपीएफ टोलीले निकाल्यो
बझाङ, बझाङ जिल्लाको बुङ्गल नगरपालिका १ दारिमगार्डमा कालङ्गा हाईड्रो पावरको निर्माणाधिन सुरुङभित्र फसेर मृत्यु भएका दुई जनाको शब सुरुङबाट बाहिर निकालिएको छ । एपीएफ टोली र सोही हाईड्रो पावरका दुई जना कर्मचारीले सोमबार अपरान्ह करीब ५ बजे उक्त शब सो निर्माणाधिन सुरुङबाट बाहिर निकालेको हो । मृत्यु हुनेहरुमा अछाम जिल्लाको तुर्माखाँद गाँउपालिका ६ बस्ने २४ बर्षिय महेन्द्र साउद र दैलेख जिल्लाको गुराँस नगरपालिका ३ बस्ने ३२ बर्षिय करन शाही छन् । उनीहरुसहितका ४ जना व्यक्तिहरु हिजो दिउँसो सुरुङ निर्माणमा प्रयोग भएको एउटा बलेरो गाडी र दुई वटा ट्रयाक्टरसहित निर्माणाधिन उक्त सुरुङभित्र काम गर्ने क्रममा फसेका थिए । उक्त सुरुङमा केही व्यक्तिहरु फसेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट सशस्त्र प्रहरी निरीक्षक भवराज कटुवालको कमाण्डमा विपद् व्यवस्थापन तालिम प्राप्त दक्ष टोली आवश्यक उद्धार सामाग्रीसहित आज समिट एयरको हेलिकप्टरद्वारा त्यसठाउँमा उद्धार कार्यको लागि खटिई गएको थियो ।
2076-07-18
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ
कैलाली, कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका २ पुरानो भन्सार रोड ईलाकाबाट कार्तिक १६ गते एपीएफ टोलीले ४७ बोतल कोरेक्स नामक लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारतको लक्ष्मीपुरछिरी उत्तर प्रदेश घर बताउने ३१ बर्षिय महोमद आफजल र २५ बर्षिय रहेमद अली छन् । यूपी ३१ जे ४१०७ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर ५३ गुल्म हेक्वा कैलालीबाट खटिएको एपीएफ टोलीले जाँच गर्दा उक्त लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
2076-07-16