Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
सिरहा, सिरहा जिल्लाको सिरहा नगरपालिका १५ बुधौरा स्थित सीमा ईलाकाबाट चैत्र २८ गते एपीएफ टोलीले लागूऔषधसहित एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका ७ बस्ने २२ वर्षिय सुरजकुमार यादव छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल अस्थायी पोष्ट बुधौराबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । भारतबाट खेतको बाटो प्रयोग गरी नेपालतर्फ आउँदै गरेका निज यादवलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा डाईलेक्स डिसी ६ सिसि र स्पास्पास ट्याब्लेट ४ वटा फेला परेपछि पक्राउ गरिएको हो । त्यसवेला उनको साथबाट एउटा मोवाईल सेट समेत बरामद गरिएको छ । एपीएफ टोलीले पक्राउ परेका यादवलाई बरामद लागूऔषध तथा उक्त मोवाई सेटसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा बुझाएको छ ।
2076-12-30
APF News
लागुऔषधसहित पक्राउ
काठमाडौं, सप्तरी जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका २ स्थित कोशी नहरको पुलबाट चैत्र २५ गते एपीएफ टोली र स्थानीय प्रहरीले लागुऔषधसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको कञ्चनरुप नगरपालिका २ बस्ने १९ वर्षिय सुरज साह, १९ वर्षिय कालु साह, २१ वर्षीय संजय साह र ३२ वर्षिय दिपेन्द्र श्रेष्ठ छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भारदहबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा नाईट्रोभेट ट्याब्लेट १९ वटा र डाईजोपाम ६ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ । यसैगरी सुनसरी जिल्लाको धरान उपमहानगरपालिका ९ स्थित आचार्य लाईन ईलाकाबाट चैत्र २५ गते एपीएफ टोलीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाँउ बस्ने २१ वर्षिय प्रविन श्रेष्ठ छन् । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा पोष्ट धरानबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा निज श्रेष्ठको साथमा ड्रोमाडस ट्याब्लेट पाँच वटा र स्पाईस्पेन ट्याब्लेट पाँच वटा फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका श्रेष्ठलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
2076-12-26
APF News
एपीएफ टोलीद्वारा अवैध हतियार बरामद
कञ्चनपुर, कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वटा नम्बर ४ र ५ को सीमानामा पर्ने गुलरियाबाट कृष्णपुर मा.वि. जाने ग्राभिल सडकबाट चैत्र २५ गते एपीएफ टोलीले प्वाईन्ट टुटु एलआर लेखिएको एउटा बन्दुक र सोको १४ राउण्ड गोली, एयर गन एउटा, सोको १९६ वटा छर्रा र ७६ हजार पाँच सय रुपैयाँ बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण कञ्चनपुरबाट खटिएको एपीएफ टोलीले उक्त अवैध हतियार तथा रुपैयाँ बरामद गरेको हो । सो ठाउँमा रोकी राखेको डि एल ३ सी सी आर ३९९७ नम्बरको भारतीय गाडीमा शंका लागि जाँच गर्दा उल्लेखित अवैध हतियार तथा रुपैयाँ फेला परेपछि बरामद गरिएको हो । बरामद हतियार तथा रुपैयाँ स्थानीय प्रहरीमा बुझाइएको छ ।
2076-12-26
APF News
सशस्त्र प्रहरी नायव महानिरीक्षक दाहालबाट स्पेसल टाक्स फोर्स तालिम समापन
काठमाडौं, सशस्त्र प्रहरी बल नेपाल नं. १९ गण हेक्वा (बिशेष कार्यदल) बगलामुखी हलचोक काठमाडौंमा संचालन भएको सि.सं. ७ स्पेसल टाक्स फोर्स (एस.टि.एफ.) तालिम समापन भएको छ । सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशीराज दाहालले उक्त गणमा आयोजित एक समारोहका बीच सो तालिमको चैत्र २६ गते समापन गर्नुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक दाहालले त्यसअवसरमा तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुका साथै एसटिएफ तालिमको ट्याग प्रदान गर्नुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक दाहालले त्यसअवसरमा फौजी संगठनमा हरेक किसिमका कामकारवाहीको लागि व्यवासायीक तालिम अपरिहार्य रहने चर्चा गर्नुहुँदै यस्ता बिशेष तालिम प्राप्त दक्ष जनशक्तिले कार्यक्षेत्रमा शान्तिसुरक्षा कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले प्रशिक्षार्थीहरुले तालिममा सिकेका ज्ञान तथा सिपलाई सदुपयोग गर्दै कार्यक्षेत्रमा देखा पर्ने चुनौतीपूर्ण परिस्थितिमा समेत उत्कृष्ट कार्यसम्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो । सशस्त्र प्रहरी नायव महानिरीक्षक दाहालले विभिन्न उन्नत तालिमहरुमध्ये एसटिएफ तालिम एउटा महत्वपूर्ण र बिशेष किसिमको कार्य गर्न सक्ने दक्ष एवं रणनीतिक कौशलयुक्त राष्ट्रसेवक उत्पादन गर्ने तालिम रहेको चर्चा गर्नुहुँदै यस्ता तालिम प्राप्त जनशक्तिबाट संगठनको कामकारवाहीहरु चुस्त, दुरुस्त एवं प्रभावकारी ढंगले सम्पन्न गर्न सफलता मिल्ने उल्लेख गर्नुुभयो । कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक हेमबहादुर श्रेष्ठले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । १६ हप्ता अवधिको एसटिएफ तालिममा सशस्त्र प्रहरी निरीक्षक रोशन जोशी सर्वप्रथम भएका छन् । उक्त तालिममा दुई जना सशस्त्र प्रहरी निरीक्षकसहित कूल ९८ जना सशस्त्र प्रहरी कर्मचारीहरु प्रशिक्षार्थीको रुपमा सहभागि रहेका थिए ।
2076-12-26
APF News
एपीएफ टोलीद्वारा जामुनको काठसहित चार जना पक्राउ

सर्लाही,
    सर्लाही जिल्लाको हरिवन नगरपालिका ६ स्थित बाग्मती सिंचाई आयोजनाको नहर ईलाकाबाट चैत १८ गते एपीएफ टोलीले करिव ३४ क्युफिट जामुनको काठसहित चार जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरुमा सोही नगरपालीका बस्ने २७ वर्षिय कुलबहादुर खपाङ्गी, ३३ वर्षिय सुरेश गुर्मछाने, ४७ वर्षिय चन्द्रबहादुर राना र ३५ वर्षिय प्रमोद मैनाली छन् ।
सो ठाँउमा जामुनको रुख काटिरहेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेश धरहराबाट खटिएको एपीएफ टोलीले उनीहरुलाई उक्त परिमाणको काठसहित पक्राउ गरेको हो ।
    एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद काठसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाएको छ ।

2076-12-20
APF News
एपीएफ टोलीद्वारा सालको गोलिया काठसहित पक्राउ
पर्सा, पर्सा जिल्लाको पर्सागढी नगरपालिका ३ बडनियार ईलाकाबाट चैत्र १५ गते एपीएफ टोलीले करीव ७८ हजार रुपैयाँ बराबरको सालको गोलिया काठसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको पर्सागढी नगरपालिका ८ हरपुर बस्ने ३५ वर्षिय रामायण साह छन् । सोही ठाउँमा रहेको जंगलबाट अवैध रुपले कटान गरी ल्याउँदै गरेको उक्त सालको गोलिया काठसहित निज साहलाई सशस्त्र प्रहरी बल नेपाल सरक्षा वेश बेलवाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । पक्राउ परेका साहलाई एपीएफ टोलीले बरामद सालको गोलिया काठसहित आवश्यक कारवाहीकोलागि सव डिभिजन वन कार्यालय सवैयामा बुझाएको छ ।
2076-12-15

अठार हजार बढि सशस्त्र प्रहरी कर्मचारी फिल्डमा, जनचेतना मूलक कार्यसँगै विभिन्न डुयूटिमा उच्च मनोवलकासाथ परिचालन ः–
काठमाडौं, कोरोना भाइरस (कोभिड-१९)लाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपालले आफ्ना सम्पूर्ण ड्यूटिलाई उच्च सतर्कतामा राखेर यस विरुद्धको अभियानमा सकृत रहेको छ । यस परिस्थितिमा द्विविधारहित ढंगले परिचालित भई स्थानिय जनतालाई प्रत्यक्ष सेवा, सुरक्षा, सहयोग तथा आपद विपद्मा परेकाहरुको उद्वारमा सकृय रहन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले मातहत सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभएको छ । जिम्मेवारीका क्षेत्रहरुमा उत्कृष्ट कार्यसम्पादनका लागि निर्देशन एवं परिपत्रका माध्यमबाट सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई स्पष्ट निर्देशन दिईएको छ । यसैबीच लागूभएको ‘लक डाउन’मा अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गर्दै सशस्त्र प्रहरी बलले स्थानिय स्तरमा समेत जनचेतनामा अभिबृद्वि गर्न माईकिङ लगाएत विभिन्न प्रयासहरु गरिरहेको छ । सशस्त्र प्रहरी बलको टोली देशका विभिन्न १६१ स्थानमा हेल्थ डेष्कमा खटिएको छ । जसमा कुल ५३० जना सशस्त्र प्रहरी कर्मचारी खटिएका छन् । स्थानीय स्तरमा उपलब्ध श्रोत साधनको उपयोग गरी मास्क उत्पादन गरी निःशुल्क वितरण, विभिन्न ठाउँहरुमा सावुन पानीको व्यवस्था, कोरोना भाईरसबाट जोगिने उपाय लेखिएका जनचेतना मूलक पर्चा पम्पलेट वितरण लगायतका कार्यहरु समेत गरिएका छन् । सीमा नाकाबाट आवतजावत नियन्त्रण, ‘लक डाउन’को वेवास्था गर्दै लापर्वाही पूर्वक सडकमा निस्केका स्थानीय व्यक्ति तथा सवारी साधन नियन्त्रण लगायतका कार्यहरुमा समेत एपीएफ टोली परिचालन गरिएको छ । यसैबीच शुक्रबार मोरङ जिल्लाको जोगवनी नाकाबाट १३ जनालाई स्थानीय निक्लाजुङ गाउँपालिका स्थित क्वारेन्टाईनमा पठाईएको छ भने रुपन्देहीको सुनौली बेलहीया नाकाबाट ११ जना तथा बैतडीको झुलाघाटबाट १८६ जना र दार्चुलाको पुलघाटबाट २२५ जनालाई स्थानीय क्वारेन्टाईन तथा सम्बन्धित जिल्लाहरुमा क्वारेन्टाईन तथा होम क्वारेन्टाईनमा रहने गरी पठाईएको छ । विभिन्न स्थानमा खटिएको एपीएफ टोलीले स्थानीय प्रशासन तथा प्रहरी सँग समन्वयन गरी आफ्नो दायित्व निर्वाह गरिरहेका छन् । एपीएफ टोली सीमा नाका सुरक्षा, क्वारेन्टाईन सुरक्षा, हेल्थ डेष्क लगायत ‘इमिडियट रेस्पोन्स टिम’, चेक पोइन्ट, पिकेट, पैदल गस्ती, मोवाईल गस्ती, ‘क्वीक रिएक्सन टिम’ लगायतका ड्यूटिहरुमा परिचालित रहेको छ । यसैगरी हरेक एपीएफ ईकाइहरुमा विपद्का बेला उद्धार कार्यका लागि एपीएफ टोली उच्च सतर्कतामा राखिएको छ । यसका लागि विभिन्न ८१ स्थानमा कुल १ हजार ६२ जना सशस्त्र प्रहरी कर्मचारी खटिएका छन् । देशका विभिन्न १२ स्थानमा एम्बुलेन्स तथा स्वास्थ्यकर्मीसहित एपीएफ टोली परिचालित रहेको छ । विभिन्न ५०३ सीमा नाकामा २ हजार ५ सय ४५ जना सशस्त्र प्रहरी कर्मचारी सुरक्षार्थ तैनाथ गर्नुकासाथै ७० ‘ईमिडियट रेस्पोन्स टिम’मा ६४१ जना सशस्त्र प्रहरी कर्मचारी खटिएको छ । सशस्त्र प्रहरी बलले ३८ स्थानमा रहेको ‘क्वीक रियक्सन टिम’मा ६१७ जना परिचालित गरेको छ । विभिन्न ठाउँमा ३७४ चेक प्वइन्टमा २ हजार १७ जना परिचालित गरेको सशस्त्र प्रहरी बलले ३२६ वटा मोवाईल गस्तीमा २ हजार ३ सय २१ जना तथा ४९१ पैदल गस्तीमा ३ हजार ६ सय ७१ जना परिचालित गरेको छ । सशस्त्र प्रहरी बलले दैनिक रुपमा १८ हजार भन्दा बढि जनशक्ति विभिन्न ड्र्यूटिमा परिचालन गरिरहेको छ । ‘लक डाउन’को बेला गर्नुपर्ने विभिन्न कार्यहरुमा एपीएफ टोलीले स्थानीय प्रशासन एवं अन्य सुरक्षा निकायसँग नियमीत रुपमा समन्वय गरी जिम्मेवारी निर्वाह गरिरहेको छ । सशस्त्र प्रहरी बलले कोरोना भाईरसबाट जोगिन आफ्ना सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई सचेत गराउनुकासाथै उनीहरुमार्फत उनीहरुका घर परिवार तथा छरछिमेकमा समेत सचेतना गराउने प्रयास गरेको छ । हरेक व्यारेकमा थर्मलगनबाट तापक्रम नाप्ने, सेनीटाईजरको प्रयोग गर्ने, सावुन पानीले हात धुने जस्ता कार्य गर्दै आएको तथा कुनै सशस्त्र प्रहरी कर्मचारीमा कुनै लक्षण देखिएमा तत्काल क्वारेन्टाईनमा राख्नका लागि सशस्त्र प्रहरी बलको हरेक व्यारेकमा त्यस सम्बन्धि व्यवस्था मिलाईएको छ । कुनै पनि सशस्त्र प्रहरी कर्मचारीमा हालसम्म कुनै लक्षण देखिएको छैन तथा सशस्त्र प्रहरी कर्मचारीहरु आफु जोगिदै हरेक ड्यूटिमा उच्च मनोवलकासाथ कृयाशिल रहेका छन् ।
2076-12-15
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुर,
    कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ६ स्थित ङ गाउँबाट चैत्र १० गते एपीएफ टोलीले १७ वटा नाईट्रोजन ट्याब्लेट र एक पट्टा स्पास्मो प्रोक्सिभनसहित दुई जनालाई पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरुमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडी बस्ने ३२ वर्षिय भुवन पाल र २४ वर्षिय दानबहादुर ऐर छन् ।
    से ६ प २३७ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पुनर्वासबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त परिमाणको लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो ।
    त्यसवेला एपीएफ टोलीले उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ ।
    एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

2076-12-11
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ
कञ्चनपुर, कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ६ स्थित ङ गाउँबाट चैत्र १० गते एपीएफ टोलीले १७ वटा नाईट्रोजन ट्याब्लेट र एक पट्टा स्पास्मो प्रोक्सिभनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ४ उत्तरबेहडी बस्ने ३२ वर्षिय भुवन पाल र २४ वर्षिय दानबहादुर ऐर छन् । से ६ प २३७ नम्बरको मोटरसाईकलमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पुनर्वासबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त परिमाणको लागूऔषध फेला परेपछि पक्राउ गरिएको हो । त्यसवेला एपीएफ टोलीले उनीहरुले प्रयोग गरेको उक्त मोटरसाईकल समेत बरामद गरेको छ । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा उक्त मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
2076-12-11
APF News
फोटो खिच्दा नदिमा खसी हराएका व्यक्ति एपीएफ टोलीद्वारा फेला
धनकुटा, फोटो खिच्ने क्रममा लडेर तमोर नदिमा खसी बेपत्ता भएका भारतीय नागरिक २६ वर्षिय भिनित शर्माको शव एपीएफ टोलीले सात दिनपछि शुक्रबार फेला पारेको छ । नोवेल मेडिकल कलेज बिराटनगरमा अध्ययनरत निज शर्मा फागुन २४ गते उक्त नदि किनारमा फोटो खिच्ने क्रममा नदिमा खसेका थिए । सो बारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल नम्बर ६ गुल्म हेक्वा छिन्ताङ्ग धनकुटाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सचिन कर्माचार्यसहित एपीएफ अधिकृत विल्लादार तथा जवानहरु निरन्तर खोजी तथा उद्वार कार्यमा जुटेका थिए । उद्वार कार्यका लागि तीन जना गोताखोरसहित १५ जना विपद् व्यवस्थापन तालिम प्राप्त उद्वार टोली आवश्यक उद्वार सामाग्रीसहित खटिएको थियो । एपीएफ टोलीले निरन्तरको प्रयासपछि सहिदभूमी गाउँपालिका वडा नं. १ स्थित गोपालपुर भन्ने ठाउँबाट सशस्त्र प्रहरी सहायक निरीक्षक मनोज श्रेष्ठको कमाण्डमा रहेको एपीएफ टोलीले शुक्रबार दिउँसो निज शर्माको शव फेला पारेको हो । त्यसठाउँमा ती व्यक्तिको शव भेटिएपछि एपीएफ टोलीले डोरी तथा स्टे«चरको सहायताले शवलाई निकालेको हो । उक्त नदिको वहाव तीब्र भएको कारण उद्वार कार्यमा कठिनाईका वावजुद एपीएफ टोली अथक मेहनतकासाथ उद्वार कार्यमा जुटेको थियो । त्यसठाउँमा हुने यस्ता घटना दुर्घटनाका बेला उकृष्ट उद्वार कार्यका लागि चौविसै घण्टा एपीएफ टोली उच्च सतर्कतामा राखिएको छ । यसैबीच भएको उक्त घटनाबारे जानकारी पाउनासाथै गोताखोरसहितको एपीएफ टोली परिचालन गरिएको हो । सशस्त्र प्रहरी बलका ती गोताखोर जमेको पानी वा पोखरीमा ७० फिट गहिराई सम्म पुगेर खोजी तथा उद्वार कार्य गर्नसक्ने क्षमता राख्छन् । उनीहरुले एक पटक पानीभित्र पसेपछि लगातार रुपमा ४५ मिनेटसम्म खोजीकार्य गर्न सक्ने हुन्छ । निकै जोखिमपूर्ण रहेको नदिभित्र खोजी तथा उद्वार कार्यका लागि ती गोताखोरले रवरबोट, अक्सिजन सिलिण्डर, प्रेसरगेज, डेब्थगेज, वेटसुट, फिन्स, ग्लोब्स, सर्चलाईट, माउथपिस लगायतका विभिन्न उद्वार सामाग्री प्रयोग गर्ने गरेका छन् । उक्त खोजीकार्यमा एपीएफ टोलीलाई स्थानीय जनता तथा अन्य निकायहरुले समेत सहयोग पु¥याएका थिए । ती व्यक्ति सो नदिमा खसेको सात दिन हुदाँ समेत एपीएफ टोली दिनहुँ खोजीकार्यमा सकृयताकासाथ जुटेका थिए ।
2076-11-30