Toggle Menu

समाचार

APF News
गढिमाइ पञ्चवर्षीय मेला २०८१ सुरक्षाको लागि सशस्त्र प्रहरी बल नेपालबाट करीब ५ सय जना सुरक्षा फौज परिचालन

बारा जिल्लाको महागढीमाई नगरपालिका–१ स्थित गढीमाई मन्दिरमा लागेको पञ्चवर्षीय मेला २०८१ लाई सुरक्षित एवं भयरहित वातावरणमा सम्पन्न गराउनका लागि नं. १२ गण बाराका गणपति सशस्त्र प्रहरी उपरीक्षक सन्तोष बहादुर सिंहको कमाण्डमा करीब ५ सय जना सशस्त्र प्ररही परिचालित रहेको छ ।
मेला सुरक्षार्थ २ वटा तालिम प्राप्त डग परिचालन गरिएको छ । मेलामा भिड व्यवस्थापन र निगरानी गर्न ड्रोनको प्रयोग गरिएको छ भने मेला परिसरमा रहेको पोखरीमा कुनै पनि घटना दुर्घटना भएमा तत्कालै उद्धारको लागि विपद् व्यवस्थापन तालिम प्राप्त टोली रबर बोटसहित २४सै घण्टा तैनाथ रहेको छ ।

2081-08-27
APF News
नेपाल एपीएफ अस्पतालका चिकित्सकहरु Associate Professor  र Assistant Professor को उपाधीबाट सम्मानित

नेपाल एपीएफ अस्पतालका चिकित्सकहरु मध्ये ९ जना Associate Professor  र ९ जना Assistant Professor  को उपाधीबाट सम्मानित भएका छन् । नेपाल एपीएफ अस्पताल बलम्बुमा मंसिर १७ गते आयोजित एक समारोहकाबीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उहाँहरुलाई जिम्मेवारी तथा प्रमाणपत्र प्रदान गर्नुभएको हो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान NAMS र नेपाल एपीएफ अस्पताल बलम्बुबीच Post Graduate Program र B.Sc Nursing शैक्षिक कार्यक्रम संचालन गर्ने सम्बन्धमा २०८० माघ २५ गते सम्झौता भएअनुरुप उहाँहरुलाई NAMS द्वारा शैक्षिक दरबन्दी अनुरुपको जिम्मेवारी तथा प्रमाणपत्र प्रदान गरिएको हो ।

2081-08-17