Toggle Menu

समाचार

APF News
श्रोत खुलाउन नसकेको रुपैयाँसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ
मोरङ्ग, मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका १५ स्थित सीमा ईलाकाबाट पौष १९ गते सशस्त्र प्रहरीले ५ लाख ३६ हजार नेपाली रुपैयाँ र २ हजार १ सय भारतीय रुपैयाँसहित भारत घर बताउने ५० बर्षिय नन्दलाल बहेतीलाई पक्राउ गरेको छ । बि.आर. ३८ एच ०१८२ नम्बरको स्कुटरमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज बहेतीले उक्त रुपैयाँकोे श्रोत खुलाउन नसकेपछि सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट रानीले पक्राउ गरेको हो । पक्राउ परेका बहेतीलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय ईटहरीमा बुझाईएको छ ।
2078-09-20
APF News
पेस्तोलसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ
काठमाडौ, महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिका ९ स्थित पिपराडीबाट पौष १८ गते सशस्त्र प्रहरीले मेडईन यू.एस.ए. लेखेको १ नाल पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २४ बर्षिय मोहमद राजा कवाडी छन् । उनलाई सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश खुट्टापिपराडीले उक्त पेस्तोल तथा ११ वटा नाईट्रोभेट ट्याब्लेट र १० गा्रम गाँजासहित पक्राउ गरेको हो । पक्राउ परेका कवाडीलाई बरामद पेस्तोल तथा लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी बारा जिल्लाको सीम्रौनगढ नगरपालिका ६ स्थित सीमा ईलाकाबाट पौष १९ गते सशस्त्र प्रहरीले ८ लाख नेपाली रुपैयाँसहित भारत घर बताउने विकी कुमार दासलाई पक्राउ गरेको छ । नम्बर प्लेट नभएको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज दासलाई सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र बोर्डर आउट पोष्ट गोलागंजले उक्त रुपैयाँको श्रोत खुलाउन नसकेपछि पक्राउ गरेको हो ।
2078-09-19
APF News
लिखित परिक्षा अर्काको नाममा दिदैगरेका २ जना नक्कली परिक्षार्थी पक्राउ
काठमाडौं, सशस्त्र प्रहरी बलमा रिक्त रहेको सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परिक्षामा अर्काको नाममा परिक्षा दिँदै गरेका २ जना नक्कली परिक्षार्थी पौष १७ गते पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बाग्लुङ जिल्लाको ढोरपाटन नगरपालिका ६ बस्ने १८ बर्षिय निल कुमार अदै र धनकुटा जिल्लाको सहिदभूमी गाउँपालिका ५ बस्ने २७ बर्षिय सौहार्द राई छन् । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी पोखराबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर ३१७१५ का सुनिल पुन मगरको स्थानमा अदै र सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनी पकलीबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर १४४२० का योगेन्द्र राईको स्थानमा नक्कली उम्मेदवार बनी परिक्षा दिन खोज्ने सौहार्द राईले परिक्षा दिने प्रयास गरेका थिए । हालै प्रकाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगितद्वारा पदपुर्ती गरिने साधारण समुह साधारण उपसमुहतर्फ सशस्त्र प्रहरी जवान पदकोे लिखित परिक्षामा सशस्त्र प्रहरी बलको तर्फबाट ‘थम्ब रिडर बायोमेटिक डिभाईस’ प्रयोग गरी परिक्षार्थीहरुको एकिन गर्ने क्रममा नक्कली परिक्षार्थी प्रमाणीत भएको हो । पक्राउ परेका दुवै जनालाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाईएको छ ।
2078-09-18
APF News
महिला स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम आयोजना
कास्की, सशस्त्र प्रहरी परिवार महिला संघले नेपाल एपीएफ अस्पतालसँगको सहकार्यमा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ बाहिनी मुख्यालय कास्कीमा शुक्रबार महिलाको पाठेघर सम्बन्धि विविध स्वास्थ्य जाँचमा प्रयोगमा आउने उपकरण, भी.आई.ए., भी.आई.एल.आई. जाँच तथा स्क्रिन एण्ड ट्रिट सम्बन्धि प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ। सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले पानसमा द्विप प्रज्ज्वलन गरी उक्त प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुभएको हो । सशस्त्र प्रहरी बल, नेपाल नं. ४ मुक्तिनाथ बाहिनीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक विशेश्वर थापाले धन्यवाद क्रममा वास्तवमै यस्ता सेवामुलक र पवित्र सामाजिक कार्यले आफु मात्र नभई समाजमा बसेका महिला दिदी बहिनीहरुलाई समेत सचेत र सहयोग गर्न सके महिला स्वास्थ्य सम्बन्धि जटिलतालाई समाधान गर्न सकिने बताउनुभयो। उक्त प्रशिक्षण कार्यक्रममा गाईनोलोजी अन्कोलोजिष्ट प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक डा. सौजन्य कर्माचार्यले सो रोगको उपचार विधिहरु तथा महिलाको पाठेघर सम्बन्धि विविध समस्याको समयमा पहिचान नहुँदा आउनसक्ने जटिलता र रोग लागेपछि गरिने उपचारको बारेमा समेत प्रकाश पार्नुभयो । सशस्त्र प्रहरी बल, नेपाल नं. ४ मुक्तिनाथ बाहिनी, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन, सो बहिनी मातहत एम.आई. रुममा कार्यरत महिला स्वास्थ्यकर्मी तथा स्थानीय क्लिनिकका महिला स्वास्थ्यकर्मीहरु समेत गरी कुल १८ जनालाई प्रशिक्षण प्रदान गरिएको हो । सशस्त्र प्रहरी परिवार महिला संघले महिलाको पाठेघरमा देखिने विभिन्न समस्याहरुको समयमा नै पहिचान गरी उपचारमा सहज होस भन्ने उद्देश्यले आयोजना गरेको उक्त प्रशिक्षण कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की मातहतका गण तथा गुल्मका सिनियर तथा जुनियर अधिकृत एवं विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।
2078-09-17
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालद्वारा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानलाई ‘सशस्त्र प्रहरी महानिरीक्षक कप-२०७८’ को ट्रफी प्रदान
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजना गरिएको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप-२०७८’ को शुक्रबार विशेष कार्यक्रमका वीच समापन गर्नुभयो । सो प्रतियोगितामा ३ स्वर्ण, १ रजत र १ कास्य पदकसहित कुल ५ पदक प्राप्त गरी राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ बिजयी भएको छ । सशस्त्र प्रहरी महानिरीक्षक खनालले ‘सशस्त्र प्रहरी महानिरीक्षक कप-२०७८’ का बिजयी सो टिमलाई ट्रफी तथा ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्नुभयो । सोही अवसरमा उहाँले अन्य टिम तथा खेलाडीहरुलाई पदक तथा पुरस्कार समेत प्रदान गर्नुभयो । सो समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठन भित्र छरिएर रहेका प्रतिभावान खेलाडीको पहिचान गरी राष्ट्रिय मात्र नभई अन्तराष्ट्रिय स्तरको खेलाडी उत्पादन गर्न समेत यो प्रतियोगिता फलदायी रहने बताउनुभयो । खेलकुदले सामूहिक भावनाको विकास गर्ने तथा मानसिक एवं शारिरीक रुपमा स्वस्थ्य रहन खेलकुद अपरिहार्य रहेको उल्लेख गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले भन्नुभयो-‘व्यक्तिगत स्वार्थलाई थाती राखेर जनताको सेवा, सुरक्षा र भरोसाको केन्द्र बन्न सुरक्षाका साथै राष्ट्रको गौरव बढाउन खेलकुद पनि एक उत्कृष्ट माध्यम हो ।’ उहाँले उच्च हिमाली भेगदेखि पहाड र तराईका आम नागरिकहरुको सुरक्षा गर्ने जिम्मा हामी सुरक्षाकर्मीहरुको काँधमा रहेको हुनाले प्रत्येक तह र तप्काका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले एउटा अभिभावकीय भूमिका निर्वाह गरी वर्तमान समयमा गरेका कार्यहरुको सकारात्मक परिणामलाई निरन्तरता दिदै आउदो पिँढीलाई समेत यो संस्कार दिनुपर्ने बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले खेलकुद क्षेत्रले राष्ट्र र रािष्ट्रय अखण्डताको जगेर्ना गर्ने मात्र नभई व्यक्तिगत जीवनमा समेत अनुशासित, इमान्दार तथा लगनशील रहन ठूलो भूमिका निर्वाह गर्ने बतानुुभयो । कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी., रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्ग बहादुर राई, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्मा, अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पा, अग्नि ईन्कर्पोरेटेड प्रा.लि.(महिन्द्रा)का कार्यकारी निर्देशक अर्जुनप्रसाद शर्मा र नेपाल हेड केल्मी स्पोर्टसका प्रबन्धक उत्तम न्यौपानेले समेत विभिन्न खेलका बिजयी टिम तथा खेलाडीहरुलाई पदक तथा पुरस्कार प्रदान गर्नुभयो । सशस्त्र प्रहरी बल नेपाल केन्द्रीय खेलकुद समितिको आयोजनामा संचालित उक्त प्रतियोगिता यही पौष १२ गतेदेखि संचालन भएको थियो । पूmटबल, भलिबल तथा एथलेटिक्सका विभिन्न इभेन्ट्सहरु समावेश रहेको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप-२०७८’मा १८जना महिलासहित कूल ३ सय ५१ जना खेलाडीहरुको सहभागिता रहेको थियो । उक्त प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सशस्त्र प्रहरी बल, नेपालका बाहिनी मुख्यालयहरुका एक-एक टिम गरी कूल नौ टिमको सहभागिता रहेको थियो । ‘सशस्त्र प्रहरी महानिरीक्षक कप-२०७८’ को आज भएको फुटबलतर्फको फाइनल खेलमा सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय बिजयी भएको छ । सो बाहिनीले सशस्त्र प्रहरी बल, नेपाल नं. ३ गढिमाई बाहिनी मुख्यालयलाई ३-० ले पराजित गरी फुटबलतर्फको उपाधि हात पारेको हो । यसैगरी बिहीबार सम्पन्न भएको भलिबलतर्फको फाइनल खेलमा सशस्त्र प्रहरी बल, नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालयले सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालयलाई २५-१७, २२-२५, २३-२५, २५-१६ र १५-
2078-09-16
APF News
सशस्त्र प्रहरी परिवार महिला संघद्वारा महिला स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम आयोजना
काठमाडौं, नेपाल एपीएफ अस्पतालसँगको सहकार्यमा सशस्त्र प्रहरी परिवार महिला संघले सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ बाहिनी मुख्यालय कास्कीमा बिहिबार ‘महिला स्वास्थ्य समस्यासँग सम्बन्धित जनचेतनामूलक कार्यक्रम’को आयोजना गरेको छ । सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालको प्रमुख आतिथ्यमा संचालन भएको उक्त जनचेतनामूलक कार्यक्रममा गण्डकी प्रदेशका सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारी, सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ बाहिनी मुख्यालय कास्की, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटन मातहत महिला सशस्त्र प्रहरी कर्मचारीहरु तथा आश्रित परिवारका एक सय जना महिला सदस्यहरुको समेत उपस्थिती रहेको थियो । महिला स्वास्थ्य सम्बन्धी विविध जानकारी प्रधान गर्ने उद्देश्यकासाथ आयोजना गरिएको उक्त जनचेतनामूलक कार्यक्रममा नेपाल एपीएफ अस्पतालका प्राविधिक सशस्त्र प्रहरी उपरीक्षक डा. सौजन्य कर्माचार्यले महिलाको पाठेघर तथा स्तनमा देखिने विभिन्न समस्याहरुको समयमा नै पहिचान गरी अपनाउनुपर्ने सुरक्षात्मक उपाय, समाधान र उपचारका विधिहरु बारेमा प्रकाश पार्नुभयो । सो कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ बाहिनी मुख्यालय कास्कीका निमित्त बाहिनीपती, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनका समादेशक लगायत सो बाहिनी मातहतका सिनियर तथा जुनियर अधिकृत र विल्लादार जवानहरुको समेत उपस्थिती रहेको थियो ।
2078-09-16
APF News
दुई साता अघि हराएकी पुछमाया घलेको शव त्रिशुली नदिमा फेला
नुवाकोट, दुई साता अघि हराएकी करीव ६० वर्षिय पुछमाया घलेको शव सशस्त्र प्रहरीले पौष १२ गते नुवाकोट जिल्लाको विदुर नगरपालिका १ त्रिशुलीस्थित त्रिशुली नदिमा डुविरहेको अवस्थामा फेला पारेको छ । गोरखा जिल्लाको गुम्दी गा.वि.स. वडा नं. ५ घर भई हाल नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नं. ५ बस्ने पुछमाया घले यही मंसीर २४ गतेदेखि बेपत्ता भएकी थिईन । उनको शव सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गुल्म नुवाकोटबाट सशस्त्र प्रहरी नायव निरीक्षक सजनकुमार श्रेष्ठको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उक्त नदिबाट बाहिर निकालेको हो । उनको शव नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-09-13
APF News
'सशस्त्र प्रहरी महानिरीक्षक कप’ खेलकुद प्रतियोगिता सुरु
काठमाडौं, सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा पौष १२ गते देखि ‘सशस्त्र प्रहरी महानिरीक्षक कप-२०७८’ खेलकुद प्रतियोगिता सुरु भएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.को प्रमुख आतिथ्यमा आयोजित एक कार्यक्रमका वीच उक्त प्रतियोगिता शुभारम्भ भएको हो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले फुटबलका राष्ट्रिय रेफ्री सशस्त्र प्रहरी सहायक मधुकर आचार्यलाई खेलकुद सामाग्री हस्तान्तरण गरी उक्त प्रतियोगिताको शुभारम्भ गर्नुभएको हो । सो कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल तथा सशस्त्र प्रहरी बरिष्ठ अधिकृतहरु, विभिन्न खेलकुद विधाका खेलाडीहरु तथा विल्लादार जवानहरुको उपस्थिति रहेको थियो । उक्त प्रतियोगिता यही पौष १४ गतेसम्म नेपाल एपीएफ रंगशालामा संचालन हुनेछ । पूmटबल, भलिबल तथा एथलेटिक्सका विभिन्न इभेन्ट्सहरु समावेश रहेको ‘सशस्त्र प्रहरी महानिरीक्षक कप-२०७८’मा १८ जना महिलासहित कूल ३ सय ५१ जना खेलाडीहरुको सहभागिता रहेको छ । उक्त प्रतियोगितामा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान तथा सशस्त्र प्रहरी बल नेपालका बाहिनी मुख्यालयहरुका एक-एक टिम गरी कूल नौ वटा टिमको सहभागिता रहेको छ ।
2078-09-12
APF News
लागूऔषध तथा भारतीयरुपैयाँसहित पाँच जना पक्राउ
झापा, झापा जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित सीमा ईलाकाबाट पौष ७ गते सशस्त्र प्रहरीले लागूऔषध तथा भारतीय रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पाँचथर जिल्लाको फिदीम नगरपालिका बस्ने २७ बर्षिय सरोज लाउटी, २४ बर्षिय विवस खवास, २१ बर्षिय विर बहादुर राई, २६ बर्षिय अनुप राजवंशी र २५ बर्षिय राजा उरौ छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा बेश कालीमन्दिरले शंका लागि जाँच गर्दा उनीहरुको साथमा अल्प्राजोलम ६३ वटा र ९४ हजार ८ सय भारतीय रुपैयाँ फेला पारेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा भारतीय रुपैयाँसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-09-08