Toggle Menu

समाचार

APF News
चोरीनिकासीको मोवाईल सशस्त्र प्रहरीद्वारा बरामद
पश्चिम नवलपरासी, पश्चिम नवलपरासी जिल्लाको प्रतापपुर गाउँपालिका ५ स्थित गण्डकनहर ईलाकाबाट माघ १५ गते सशस्त्र प्रहरीले करीव २ लाख २० हजार रुपैयाँ बराबरको चोरीनिकासीको १ सय ५० थान (आईपील) मोवाईल सेट बरामद गरेको छ । नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उक्त मोवाईल सेट सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गुठिप्रसौनीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त मोवाईल सेट लैजान प्रयोग भएको दुई वटा मोटरसाईकल समेत बरामद गरिएको छ । बरामद मोवाईल सेट तथा मोटरसाईकल भन्सार कार्यालय महेशपुरमा बुझाईएको छ ।
2078-10-16
APF News
सशस्त्र प्रहरी दिवसको अवसरमा आयोजित प्रभातकालीन विशेष कार्यक्रम
काठमाडौं, २१औं सशस्त्र प्रहरी दिवस-२०७८ को पुनित अवसरमा सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा आईतबार सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको प्रमुख आतिथ्यमा प्रभातकालीन विशेष कार्यक्रम सम्पन्न भएको छ । उक्त विशेष समारोहका प्रमुख अतिथि सशस्त्र प्रहरी महानिरीक्षक खनालले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै अमर सशस्त्र प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । सो कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनलाई एक अब्बल सुरक्षा निकायको रुपमा स्थापित गर्ने सिलसिलामा शहीद भएका संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गिय कृष्णमोहन श्रेष्ठ लगायत सम्पूर्ण अमर सशस्त्र प्रहरी कर्मचारीहरुको योगदान तथा त्यागको स्मरण गर्नुभयो । उहाँले सांगठानिक बिकासमा महत्वपूर्ण योगदान पुर्‍याउनुहुने अवकाश प्राप्त अग्रज संगठन प्रमुखहरु एवं पूर्व राष्ट्रसेवकहरुको साथै वहालवाला सकल दर्जाका राष्ट्रसेवकहरुले पु¥याउनुभएको योगदान र कर्तव्य परायणताको मुक्तकण्ठले प्रशंसा गर्नुहुँदै कर्तव्यपालनको सिलसिलामा शारिरीक क्षती व्यहोरेका राष्ट्रसेवकहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभयो । उक्त विशेष कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले ‘वर्ष जवान-२०७८’ घोषित सशस्त्र प्रहरी सहायक हवल्दार पारस खाम्चालाई ‘वर्ष जवान’को ट्याग प्रदान गर्नुभयो । महानिरीक्षक खनालले विभिन्न कल्याणकारी प्याकेजको घोषणा समेत गर्नुभएको उक्त विशेष समारोहमा देशभरका एकाईहरुमध्ये सर्वोत्कृष्ट ठहरीएका तालिम शिक्षालय, गण हेक्वा, गुल्म हेक्वा तथा बोर्डर आउट पोष्टलाई रनिङ्ग अवार्ड समेत प्रदान गर्नुभयो । त्यसैअवसरमा उहाँले विभिन्न प्राकृतिक प्रकोपबाट पीडित बहालवाला तथा अवकाशप्राप्त १३ जना राष्ट्रसेवकहरुलाई नगद राहत उपलब्ध गराउनुकोसाथै संगठनलाई अनुकरणीय सहयोग पु¥याउनुहुने विभिन्न क्षेत्रका महानुभावहरुलाई समेत कदरपत्र प्रदान गर्नुभयो । यसैगरी अमर सशस्त्र प्रहरीका ७२ जना सन्ततिहरुको शिक्षाको लागि वार्षिक रुपमा उपलब्ध गराउने गरिएको छात्रबृत्ति रकम तथा १२ कक्षा उतीर्ण भई उत्कृष्ट अंक ल्याउने बहालवाला, अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीका सन्तती २४ जनालाई छात्रवृत्ती स्वरुप उपलब्ध गराईएको नगद कल्याण्कारी सेबा केन्द्रबाट उहाँहरुको बैक खातामा जम्मा गरिएको छ । यसैगरी ७० बर्ष पुरा भएका अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरुलाई जनही १२ हजारको दरले तथा बर्षभरी गम्भिर रोगले ग्रष्त भई उपचार गराई रहनुभएका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरुको परिवारजन गरी ७५ जनालाई नगद सहयोग समेत उहाँहरुको बैक खातामा जम्मा गरिएको छ । सोही समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले ब्रेन ट्युमरबाट पीडित सशस्त्र प्रहरी कर्मचारीको परिवार सिजन सुनारलाई नगद ५० हजार रुपैयाँ सहयोग प्रदान गर्नुभयो । सशस्त्र प्रहरी बल, नेपालको संचार, इन्ट्रानेट तथा फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिएको उक्त विशेष कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, नेपाल पूर्व सशस्त्र प्रहरी संघका पदाधिकारीहरु एवं सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु, सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृत लगायत विल्लादार जवानहरुको उपस्थिति रहेको थियो ।
2078-10-09
APF News
सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा २१औं सशस्त्र प्रहरी दिवस विशेष समारोहमा सरिक:
काठमाडौं, सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यू सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आईतबार आयोजित ‘२१औं सशस्त्र प्रहरी दिवस २०७८’ विशेष समारोहमा सरिक हुनुभएको छ । सो अवसरमा प्रधानमन्त्री देउवाले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै अमर सशस्त्र प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । प्रधानमन्त्री देउवाले उक्त विशेष समारोहमा सशस्त्र प्रहरी बल, नेपालद्वारा प्रकाशित सचित्र पुस्तक ‘ARMED POLICE FORCE, NEPAL’ र राष्ट्रप्रेम तथा समर्पण भावले ओतप्रोत सशस्त्र प्रहरी बल, नेपालको नयाँ गितको बिद्युतिय माध्यमबाट विमोचन गर्नुभयो । सम्माननीय प्रधानमन्त्री देउवाले उक्त विशेष समारोहमा यसवर्ष उत्कृष्ट बाहिनी घोषित सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश बहादुर ठाडामगरलाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गर्नुभयो । सम्माननीय प्रधानमन्त्री देउवाले उक्त विशेष समारोहमा सम्बोधनको क्रममा देश र जनताका खातिर कर्तव्यपालनाको क्रममा बीरगति प्राप्त गर्नुभएका संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गिय कृष्णमोहन श्रेष्ठ लगायत अमर सशस्त्र प्रहरीहरुप्रति हार्दिक समवेदना व्यक्त गर्नुहुँदै कर्तव्य पालनाको सिलसिलामा घाईते सशस्त्र प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । उहाँले असामान्य परिस्थितिमा स्थापना भई राष्ट्र र नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल, नेपालले प्रदर्शन गरेको व्यवसायिकता, कर्तव्य परायणता र सेवाभावको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । सम्माननीय प्रधानमन्त्री देउवाले आम नागरिकको सेवा र राष्ट्रको सुरक्षा तथा सीमा सुरक्षाको साथै विभिन्न तहका निर्वाचन सुरक्षा, २०७२ सालको विनासकारी महाभूकम्पमा उद्वार, बिभिन्न प्राकृतिक प्रकोप तथा विपद्हरुमा उद्वार तथा राहत वितरण, कोभिड-१९ महामारी नियन्त्रण तथा डेडिकेटेड अस्पताल मार्फत संक्रमितहरुको स्वास्थ्य उपचारमा पुर्‍याएको योगदान, सीमा नाकामा आवतजावत नियन्त्रण तथा क्वारेन्टिन व्यवस्थापनमा सम्पादन गरेका कार्यहरु प्रशंसनीय रहेको बताउनुभयो । उहाँले सिमित श्रोतसाधनको बावजुद समेत उत्कृष्ट कार्यसम्पादन गर्दै आएको सशस्त्र प्रहरी बल, नेपालको सांगठानिक बिकास विस्तार लगायत बृत्तिबिकासको योजना तर्जुमा गर्न गृहमन्त्रालयलाई निर्देशन दिनुहुँदै हाल देखिएका सुरक्षा चुनौतीलाई परास्त गर्दै भविष्यमा आउन सक्ने चुनौतीहरुको समेत आकलन गर्दै योजनाकासाथ कार्यसम्पादनमा जुट्न सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई त्यसैअवसरमा निर्देशन दिनुभयो । सो समारोहका विशिष्ट अतिथि माननीय गृहमन्त्री बालकृष्ण खाडले सो विशेष समारोहमा देश र जनताका खातिर कर्तव्यपालनाको क्रममा बीरगति प्राप्त गर्नुभएका सशस्त्र प्रहरी उपरीक्षक स्वर्गिय धनबहादुर बस्नेतको योगदान र बीरताको सम्मान गर्दै उहाँकी श्रीमती लक्ष्मी बस्नेत र छोरा सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेतलाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्नुभयो । उहाँले जनताको विश्वास प्राप्त र राष्ट्रको भरोसा योग्य रहेको सशस्त्र प्रहरी बल, नेपालले चुनौतीपूर्ण अवस्थामा समेत आम नागरिकको जीवन रक्षा तथा विषम परिस्थितिमा राष्ट्र र नागरिकाको सेवा सुरक्षा, सीमा सुरक्षा, उद्वार, राहत विरतण लगायत राज्यप्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा संगठन र राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुहुँदै कोभिड-१९ महामारीमा अग्रपंक्तिमा रहेर तथा नेपाल एपीएफ अस्पताल मार्फत संक्रमितहरुको उपचारमा पु¥याएको योगदानले थुप्रै व्यक्तिले पुनर्जन्म पाएको स्मरण गर्नुहुँदै स्वास्थ्यकर्मी, सफाईकर्मी लगायत सम्वद्ध सबैप्रती हार्दिक आभार प्रकट गर्नुभयो । माननीय गृहमन्त्री खाडले सशस्त्र प्रहरी बल, नेपालले हर्सोल्लासकासाथ मनाईरहेको २१औं सशस्त्र प्रहरी दिवसको विशेष अवसरमा सकल दर्जाका सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई अझ कटिबद्ध र क्रियाशिल रहँदै जिम्मेवारी निर्वाहमा जुट्न निर्देशन दिनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले धन्यवाद ज्ञापनको क्रममा नेपाल सरकारबाट निर्देशित लक्ष्य हासिल गर्न शान्ति सुरक्षा र अमनचयन कायम गरी आवश्यक सामाजिक सद्भाव बनाई राख्न र सुशासन कायम गर्न सबै सुरक्षा निकाय तथा सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्य गर्दै सशस्त्र प्रहरी बल, नेपाल अगाडी बढिरहेको उल्लेख गर्नुभयो । उहाँले लैङ्गिकमैत्री वातावरणको सिर्जना, भ्रष्टाचारमा शून्य सहनशीलता, मानवअधिकारको सम्मान, संरक्षण एवं सम्वर्धन गर्दै नेपाल सरकारको शून्य सहनशीलताको नीतिहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गराउने कार्यमा सशस्त्र प्रहरी बल, नेपाल प्रतिबद्धताकासाथ अघि बढिरहेको बताउनुहुँदै नेपाल सरकारद्वारा निर्दिष्ट गरिएका आर्थिक, प्रशासनिक र अप्रेशनल नीतिहरुलाई अक्षरशः पालना गर्दै सबै सरोकारवाला निकायहरुसँग समन्वय र सहकार्यकासाथ शान्ति सुरक्षालाई बलियो बनाउन एवं सुशासन कायम राखी विकासका पूर्वाधारहरुका लागि सुरक्षित वातावरण तयार गर्ने कार्यमा संगठन सदैव क्रियाशील रहँदै आएको बताउनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले १ सय १० शैयाबाट हाल अस्थायी रुपमा ३ सय ५० शैयाको स्वीकृति प्राप्त नेपाल एपीएफ अस्पताललाई स्थायी स्वीकृति एवं आवश्यक जनशक्ति र श्रोतसाधन प्राप्त भएमा अस्पतालले थप प्रभावकारी कार्य सम्पादन गर्न सक्ने बताउनुभयो । सशस्त्र प्रहरी बल, नेपालको संचार, इन्ट्रानेट तथा फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिएको उक्त विशेष समारोहमा नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा, गृहसचिव टेकनारायण पाण्डे, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत नेपाल पूर्व सशस्त्र प्रहरी संघका पदाधिकारीहरु एवं सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु तथा सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।
2078-10-09
APF News
२१औं सशस्त्र प्रहरी दिवसको विशेष अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले घोषणा गर्नुभएको कल्याणकारी योजनाहरुः
क. स्वास्थ्य सेवा विस्तारः- सशस्त्र प्रहरी बल, नेपालका बहालवाला एवं अवकाश प्राप्त राष्ट्रसेवक कर्मचारीहरुका साथै आश्रित परिवारजनले स्वास्थ्य सेवाबाट वञ्चित भई अनाहकमा ज्यान गुमाउन नपरोस् भनी काठमाडौंमा मात्र सीमित रहेको नेपाल ए.पी.एफ. अस्पताललाई क्रमशः प्रदेश नं. १ मा पूर्व क्षेत्रीय अस्पताल, मधेश प्रदेशमा छिन्नमस्ता फिल्ड अस्पताल, बागमती प्रदेशमा ट्रमा सेन्टर कुरिनटार र लुम्बिनी प्रदेशमा मध्य-पश्चिम क्षेत्रीय अस्पताल कोहलपुरमा विस्तार गरेकोमा यस वर्ष गण्डकी प्रदेशमा अस्पताल स्थापना गर्न लागिएको र आगामी वर्ष कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत १÷१ वटा फिल्ड अस्पताल स्थापना गरिने छ । ख. सुदूरपश्चिम प्रदेशमा विद्यालय स्थापनाः- बहालवाला एवं भू.पू. सशस्त्र प्रहरी राष्ट्रसेवक, आश्रित परिवार तथा स्थानीय सर्वसाधारणका सन्ततिका लागि गुणस्तरीय र सर्वसुलभ शिक्षा प्रदान गर्न सातवटै प्रदेशमा एक-एक वटा विद्यालय स्थापना गर्दै लैजाने लक्ष्यअनुरुप कल्याणकारी सेवा केन्द्रद्वारा सञ्चालन हुनेगरी सुदूरपश्चिम प्रदेशको उपयुक्त स्थानमा विद्यालय स्थापना गरिने छ । ग. विद्युतीय सवारी चार्जिङ स्टेशन स्थापना एवं पेट्रोल पम्प विस्तारः- स्वच्छ उर्जा खपत गर्ने वातावरणमैत्री सवारी तथा यातायातका साधनलाई प्रोत्साहन गर्ने नेपाल सरकारको नीति अनुरुप एवं सशस्त्र प्रहरी बल, नेपाल कल्याणकारी कोषको आयश्रोतलाई समयानुकूल वृद्धि तथा सुरक्षित बनाउँदै लैजाने उद्देश्यका साथ काठमाडौं, पोखरा र चितवनमा Electric Vehicle Charging Station(विद्युतीय सवारी चार्जिङ स्टेशन) स्थापना गर्न यथाशीघ्र आवश्यक प्रक्रिया अगाडि बढाईने छ । साथै समय-समयमा हुने इन्धन संकटको समस्यालाई सरकारी तवरबाट आपूर्ति सहजीकरण र व्यवस्थापन गर्नको लागि बागमती प्रदेश तथा सुदूर-पश्चिम प्रदेशका उपयुक्त स्थानमा पेट्रोल पम्प सञ्चालनका लागि आवश्यक प्रक्रिया यसै वर्षदेखि शुरु गरी निरन्तरता प्रदान गरिएको छ । घ. चारपाङ्ग्रे सवारी साधन खरीद गर्न सहुलियत ब्याजदरमा ऋण प्रदानः- चारपाङ्ग्रे सवारी साधन खरीद गर्दा सशस्त्र प्रहरी निरीक्षकदेखि सशस्त्र प्रहरी उपरीक्षकका लागि कायम रहेको सेवा अवधिको सीमा हटाई सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत सशस्त्र प्रहरी निरीक्षकदेखि माथिका सबै दर्जाका अधिकृतहरुलाई समान रुपमा सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराइने छ । ङ. शहीद समर्पण सम्मानः- कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गर्ने अमर शहीदका श्रीमती मध्येबाट संगठनले निर्धारण गरेको मापदण्डभित्र पर्ने अमर शहीदका श्रीमती (एकल महिला) एक जनालाई वार्षिक रुपमा सशस्त्र प्रहरी दिवसको अवसरमा ‘शहीद समर्पण सम्मान’ स्वरूप रु २५ हजार नगद र सम्मान-पत्र प्रदान गरिने छ । च. अमर शहीदका श्रीमतीलाई सहयोगमा वृद्धिः- २१औं सशस्त्र प्रहरी दिवसमा घोषणा गरिएको कार्यक्रम अन्तर्गत कर्तव्यपालनको सिलसिलामा वीरगति प्राप्त गर्ने अमर शहीदका श्रीमती (एकल महिला) लाई सम्मान स्वरुप उपलव्ध गराइएको वार्षिक नगद सहयोग रु.२०००÷- मा रु. ५ सय थप गरी रु. २५००÷- कायम गरिएको छ । छ. सन्ततिलाई निःशुल्क शिक्षाः- कर्तव्यपालनाको सिलसिलामा वीरगति प्राप्त गर्ने सशस्त्र प्रहरी कर्मचारीका सन्ततिमध्येबाट संगठनले निर्धारण गरेको मापदण्डभित्र पर्ने एकजनालाई वार्षिक रुपमा नेपाल ए.पी.एफ. स्कूलमा पूर्ण निःशुल्क शिक्षा प्रदान गरिने छ । ज. नगद ऋण योजनामा महिला सशस्त्र प्रहरी कर्मचारी-मैत्री व्यवस्थाः- हाल सशस्त्र प्रहरी कर्मचारीहरुलाई कल्याणकारी सेवा केन्द्र मार्फत सहुलियत ब्याजदरमा उपलब्ध गराउँदै आएको नगद ऋणको कोटामा सशस्त्र प्रहरी बल¸ नेपालमा कार्यरत महिला सशस्त्र प्रहरी कर्मचारीहरुको मनोवल उच्च राख्नको लागि मासिक रुपमा २५ वटा कोटा थप गरिने छ । यस अनुरुप वार्षिक रुपमा ३०० जना महिला सशस्त्र प्रहरी कर्मचारीहरुसहित जम्मा ३६०० जना सशस्त्र प्रहरी कर्मचारीहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने छन् । झ. शिशु स्याहार केन्द्र स्थापनाः- सशस्त्र प्रहरी बल, नेपालका एकाइहरुमा लैङ्गिकमैत्री वातावरण सिर्जना गर्ने संगठनको नीतिलाई निरन्तरता दिँदै प्रधान कार्यालयदेखि गण तहसम्म कार्यरत महिला राष्ट्रसेवक कर्मचारीको सुविधाको लागि शिशु स्याहार केन्द्र स्थापना गरी एकाइमा कार्यरत योग्य सशस्त्र प्रहरी कर्मचारीहरुद्वारा बालबालिकाहरुका लागि पूर्व- प्राथमिक शिक्षा प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने छ ।
2078-10-09
APF News
नक्कली नोट बनाउन प्रयोग हुने कागजसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ
महोत्तरी, महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ३ स्थित सीमा ईलाकाबाट माघ २ गते सशस्त्र प्रहरीले नक्कली नोट बनाउन प्रयोग हुने ३३ बण्डल कागजसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिका १ बस्ने २३ वर्षिय असरक महोमद धोबी र सोही जिल्लाको जनकपुर उपमहानगरपालिका ६ बस्ने २६ वर्षिय मोहमद मुजाहिद रेजा छन् । बा २१ च ६७६१ नम्बरको कारमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जलेश्वरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा एक हजारको ६ सय वटा, पाँच सयको १८ सय वटा र एक सयको ९ सय वटा कागज फेला पारिएको हो । त्यसवेला एक हजारको २ वटा, पाँच सयको २ वटा र एक सयको २ वटा नेपाली नोट समेत बरामद गरिएको छ । पक्राउ परेका दुवैजनालाई बरामद रुपैयाँ, नक्कली नोट छाप्ने कागज तथा कारसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-10-03
APF News
बिभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा दुई जना पक्राउ
काठमाडौं, सर्लाही जिल्लाको मलंगवा नगरपालिका ८ स्थित सीमा ईलाकाबाट माघ २ गते सशस्त्र प्रहरीले बिभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेम सोही जिल्लाको लालबन्दी नगरपालिका २ नवलपुर बस्ने १९ वर्षिय मोहमद शम्सेर मन्सुरी छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका निज मन्सुरीलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मलंगवाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा कोडीवील ११ बोतल, स्पास्मो १३ वटा र प्रोक्सिभन १३ वटा फेला पारेको हो । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रानीबाट खटिएको सशस्त्र प्रहरीले माघ ३ गते एभिल १३ एम्पुल तथा ९ एम्पुल डाईजिल्यापसहित मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका १६ हुलास चोकबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी जिल्लाको ईटहरी उपनगरपालिका ४ बस्ने २२ वर्षिय बिपिन क्षेत्री छन् । भारतबाट नेपालतर्फ आउँदै गरेका निज क्षेत्रीलाई गस्तीमा खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उक्त लागूऔषध फेला पारेको हो । सशस्त्र प्रहरीले पक्राउलाई परेका क्षेत्रीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाएको छ ।
2078-10-03
APF News
बाटो खन्ने क्रममा पहिरोले पुरीएर बेपत्ता भएका एक जनाको शव फेला
धादिङ्गं, धादिङ्ग जिल्लाको रुवीभ्याली गाउँपालिका १ पुरुस्थित ईसी खोला नजिकै बाटो खन्ने क्रममा पहिरोले पुरीएर बेपत्ता भएका एक जनाको शव नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले फेला पारेको छ । उक्त खोला नजिकै बाटो खन्ने क्रममा पहिरोले पुरीएर बा २ क ४८२१ नम्बरको स्काभेटरसहित काभ्रे घर भएका चालक २८ वर्षिय आकाश तामाङ्ग, सहचालक १९ वर्षिय राजु तामाङ्ग र २७ वर्षिय अनिस तामाङ्ग यही पौष २९ गते बेपत्ता भएको भन्ने जानकारी पाएपछि उनीहरुको खोजी तथा उद्वार गर्ने क्रममा ती मध्ये राजु तामाङ्गको शव माघ १ गते फेला पारिएको हो भने अन्य दुई जनाको खोजीकार्य भईरहेको छ । सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म धादिङ्गबाट सशस्त्र प्रहरी निरीक्षक वेदविक्रम थापाको कमाण्डमा खटिएको विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी उनीहरुको खोजी कार्यमा सकृयताकासाथ त्यस ठाउँमा खटिएको छ ।
2078-10-02
APF News
राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा समर्पित रहन सशस्त्र प्रहरी महानिरीक्षक खनालको निर्देशन
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कार्यालय प्रमुखको जिम्मेवारी पाई कार्यक्षेत्रमा खटिई जान लागेका सशस्त्र प्रहरी उपरीक्षकहरुलाई शुक्रबार समसामयिक निर्देशन दिनुभयो । त्यसअवसरमा उहाँले राष्ट्रको सुरक्षा र आम नागरिकको सेवामा कटिवद्ध रहँदै राज्यले सुम्पिएको जिम्मेवारीका क्षेत्रहरु लगायत कोभिड-१९ महामारी नियन्त्रणमा अग्रपंक्तिमा रहि आ-आफ्नो ठाउँबाट योगदान पु¥याउन कमाण्डर तहका सशस्त्र प्रहरी अधिकृतहरुलाई निर्देशन दिनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले फिल्ड लेवलका कमाण्डरहरुको व्यावसायिक र उत्कृष्ट कार्यसम्पादन तथा नेतृत्वबाट संगठनिक विकासमा योगदान पुग्नुकोसाथै फौजी संस्कार निर्माण तथा उच्चस्तरको सेवा प्रवाहमा समेत सघाउ पुग्ने बताउनुभयो । उहाँले कमाण्डर तहका अधिकृतहरु निरन्तर अध्ययन, सुरक्षा चुनौतीहरुको विश्लेषण गर्दै भावी योजना बनाई सामुहिक भावनाकासाथ फौजी अनुशासन र चेन अफ कमाण्डमा रहेर आफु मातहतका कर्मचारीहरुलाई समेत प्रशिक्षण गर्नुकासाथै उनीहरुलाई उत्प्रेरित तथा परिचालन गर्र्दै राज्य प्रदत्त जिम्मेवारी उत्कृष्ट ढंगले निर्वाह गर्नेतर्फ कटिवद्व रहने विश्वास व्यक्त गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले शान्ति सुरक्षा, सीमा सुरक्षा, सीमा अपराध नियन्त्रण, विपद् पीडित नागरिकहरुको उद्वार, चोरीपैठारी निकासी नियन्त्रण लगायतका जिम्मेवारीका क्षेत्रहरुमा सकृयताकासाथ खटिई राजस्व बृद्धिमा योगदान पु¥याउँदै काउन्टर पार्टस् तथा राज्यका विभिन्न संवद्ध निकायहरुसँग समेत समन्वय र सहकार्य गर्दै अगाडी बढ्न राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । सो समारोहमा कार्य तथा सीमा सुरक्षा विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी. र मानवश्रोत विभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेल लगायत सशस्त्र प्रहरी बरिष्ठ अधिकृतहरुको उपस्थिती रहेको थियो ।
2078-10-01
APF News
चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामद
काठमाडौ, महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका १ स्थित जलेश्वरबाट पौष २७ गते सशस्त्र प्रहरीले करीव ३ लाख ५६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ९ गण महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले पौष २७ गते करीव २ लाख २४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले चार वटा साईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको औषधी, मोवाईल पार्ट्स र हार्डवयरका सामान सशस्त्र प्रहरीले पर्सा जिल्लाको बिरगंज महानगरपालिका १५ बसपार्क ईलाकाबाट बरामद गरेको हो । बरामद सामान तथा साईकल भन्सार कार्यालय बिरगंजमा बुझाईएको छ । त्यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले भारतबाट अवैध रुपले ल्याउँदै गरेको करीव २ लाख १२ हजार रुपैयाँ बराबरको लत्ताकपडा गरेको छ । उक्त लत्ताकपडा पर्सा जिल्लाको विन्ध्यवासिनी गाउँपालिका ३ झौवास्थित सीमा ईलाकाबाट बरामद गरिएको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय बिरगंजमा बुझाईएको छ ।
2078-09-28
APF News
विभिन्न किसिमका लागूऔषधसहित सशस्त्र प्रहरीद्वारा दूई जना पक्राउ
सुनसरी, सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाँउपालिका ६ स्थित सीमा ईलाकाबाट पौष २५ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित दूई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको ईटहरी उपमहानगरपालिका ६ बस्ने ३१ बर्षिय सुबोध कोईराला र ३७ बर्षिय गणेश पौडेल छन् । को २६ प ७९८१ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनिहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा डाईलेक्स १ बोतल, नाईट्रोजन ट्याब्लेट १० वटा र क्यास्मोकिसन ट्याब्लेट १० वटा फेला पारेको हो । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।
2078-09-26
APF News
श्रोत नखुलेको १४ लाख ५० हजार रुपैयाँसहित सशस्त्र प्रहरीद्वारा एक जना पक्राउ
रौतहट, रौतहट जिल्लाको ईशनाथ नगरपालिका २ स्थित मनमोहन गेटबाट पौष २५ गते सशस्त्र प्रहरीले श्रोत नखुलेको १४ लाख ५० हजार नेपाली रुपैयाँसहित भारतमा घर बताउने ३९ बर्षिय संजय कुमार जैसवाललाई पक्राउ गरेको छ । बि आर ०५ ए जी ८०५७ नम्बरको भारतिय मोटरसाईकलमा नेपालतलर्फ आउँदै गरेका निज जैसवाललाई शंका लागी जाँच गर्दा उनको साथमा फेला परेको उक्त रुपैयाँकोे श्रोत नखुलेपछि सशस्त्र प्रहरी बल, नेपाल नम्बर ११ गण रौतहटबाट खटिएको सशस्त्र प्रहरीले उनलाई पक्राउ गरेको हो । त्यसबेला उक्त मोटरसाईकलसमेत बरामद गरिएको छ । सो मोटरसाईकलको भन्सार दाखिला मुल्य १ लाख रुपैयाँ रहेको छ । पक्राउ परेका निज जैसवाललाई बरामद रुपैयाँ तथा मोटरसाईकलसहित आवश्यक कारवाहीको लागी भन्सार कार्यालय गौरमा बुझाईएको छ ।
2078-09-26
APF News
चोरीपैठारीको लत्ताकपडा सशस्त्र प्रहरीद्वारा बरामद
बारा, बारा जिल्लाको आदर्शकोटवाल गाँउपालिका ६ स्थित सीमा ईलाकाबाट सशस्त्र प्रहरीले पौष २५ गते करीव ६० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । बि आर ०५ डि ७०३२ नम्बरको भारतिय मोटरसाईकलमा राखी अवैध रुपले ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसबेला उक्त मोटरसाईकलसमेत बरामद गरिएको छ । बरामद लत्ताकपडा तथा मोटरसाईकल आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाईएको छ । सो मोटरसाईकलको भन्सार दाखिला मुल्य १ लाख १० हजार रुपैयाँ रहेको छ ।
2078-09-26
APF News
चोरीपैठारीको विभिन्न सामान सशस्त्र प्रहरीद्धारा बरामद
काठमाडौं, झापा जिल्लाको मेचीनगर नगरपालिका ७ स्थित सीमा ईलाकाबाट पौष २३ गते सशस्त्र प्रहरीले करीव १ लाख ५६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान बरामद गरेको छ । भारतबाट अबैध रुपले भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको किराना सामान, लत्ताकपडा, प्रिन्टरको मसी र पाउडर दुध सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाबाट खटिएको टोलीले बरामद गरेको हो । यसैगरी सोही जिल्लाको मेचीनगर नगरपालिका ८ स्थित पूर्व पश्चिम लोकमार्गबाट पौष २३ गते सशस्त्र प्रहरीले करीव १ लाख २ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोबाईल तथा लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले भन्सार छलि नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट काँकडभिट्टाबाट खटिएको टोलीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
2078-09-23
APF News
ब्राउनसुगर तथा गाँजासहित सशस्त्र प्रहरीद्वारा चार जना पक्राउ
काठमाडौं, झापा जिल्लाको कचनकवल गाउँपालिका ५ फुटहागञ्ज स्थित सीमा ईलाकाबाट पौष २० गते सशस्त्र प्रहरीले करीव ४ ग्राम २५ मिलिग्राम ब्राउनसुगरसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही जिल्लाको कचनकवल गाउँपालिका ७ बस्ने २४ वर्षिय बिनोद बस्नेत र २८ वर्षिय निखिल रेग्मी छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल फरवार्ड सुरक्षा वेश दलेगाउँले उक्त ब्राउन सुगरसहित पक्राउ गरेको हो । यसैगरी धादिङ जिल्लाको गजुरी गाउँपालिका ६ स्थित आदमघाटबाट पौष २१ गते सशस्त्र प्रहरीले करीव १० के.जी. गाँजासहित सोही ठाउँ बस्ने प्रकाश प्रजा र बिक्रम प्रजालाई पक्राउ गरेको छ । धादिङबेशीबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख ४१४९ नम्बरको यात्रुवाहक बसमा सवार उनीहरुलाई उक्त गाँजासहित सशस्त्र प्रहरी बल, नेपाल राजमार्ग सुरक्षा बेश आदमघाटले पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई बरामद ब्राउन सुगर तथा गाँजासहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाएईएको छ ।
2078-09-21