Toggle Menu

समाचार

APF News
लागूऔषध सहित दुई जना पक्राउ
बारा, बारा जिल्लाको बिश्रामपुर गाँउपालिका ४ बलीरामपुरबाट असार ८ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषध सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका १५ बस्ने २५ बर्षिय महेश गोले र पर्सा जिल्लाको पोखरीया ६ बस्ने १९ बर्षिय बिष्णु पट्टेल छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा बेस बलिरामपुरबाट खटिएको टोलीले पक्राउ गरेको हो । प्र ०३-००प ३७५३ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा फेनारगन १२ वटा, डाईजापाम १२ वटा र नोफिन १२ वटा फेला पारेको हो । पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषध सहित आवश्यक कारवाहीको लागि प्रहरी चौकी बलिरामपुरमा बुझाइएको छ ।
2079-03-09
APF News
राष्ट्रिय सशस्त्र प्रहरी बल, प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौ‌मा प्रथम समादेशक कार्यशाला गोष्ठीको आयोजना
काठमाडौं, राष्ट्रिय सशस्त्र प्रहरी बल, प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा असार ७ गते दुई दिने ‘प्रथम समादेशक कार्यशाला गोष्ठी’को आयोजना गरिएको छ । उक्त कार्यशाला गोष्ठीको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेलले एक समारोहका वीच पानसमा द्विप प्रज्वलन गरी उद्घाटन गर्नुभयो । त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले भविष्यमा संचालन हुने विभिन्न तालिम, संगठनको नीति तथा कार्यादेश अनुसार राज्यबाट सुम्पिएको जिम्मेवारी पूरा गर्न जनशक्ति व्यवस्थापन, प्रभावकारी परिचालन, नविनतम् सुरक्षा चुनौतीको सामना गर्न आवश्यक पर्ने तालिम, तालिमको पाठ्यक्रम, तालिमको लागि आवश्यक पर्ने पूर्वाधार, प्रशिक्षक तथा प्रशिक्षार्थीहरुको व्यवस्थापन तथा स्तरोन्नती, मुल्यांकन तथा प्रशिक्षण विधिहरु समयानुकुल परिमार्जन गर्न गहन छलफल गरिने समेत बताउनुभयो । उद्घाटन समारोहमा राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजी¸ ए.पी.एफ. कमाण्ड तथा स्टाफ कलेजका समादेशक सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने लगायत सशस्त्र प्रहरी बल, नेपालका देशभरका तालिम शिक्षालयका समादेशक तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।
2079-03-07
APF News
बाढीले बगाएर एकको मृत्यू, दुई जनाको सशस्त्र प्रहरीद्वारा उद्वार
सुनसरी, सुनसरी जिल्लाको बराह क्षेत्र नगरपालिका १ स्थित धरान चतरा सडकखण्डको बाघ खोलामा असार ५ गते वर्षाको कारण आएको बाढीले को २ ह ९७८५ नम्बरको अटोलाई बगाउँदा उक्त अटोमा सवार एक जनाको मृत्यु भएको छ भने दुई जनालाई सशस्त्र प्रहरीले उद्वार गरेको छ । धरानबाट चतारातर्फ जाँदै गरको सो अटोलाई बाढीले बगाउँदा सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका १ चतराघाट बस्ने १७ बर्षिया ईस्थिविना राईको मृत्यु भएको हो । सशस्त्र प्रहरीले अटो चालक धरान उपमहानगरपालिका १७ बस्ने ३३ वर्षिय राजु राईलाई सकुशल उद्धार गरेको छ भने गम्भिर घाईते भएकी रसुवा जिल्लाको गोसाईकुण्ड नगरपालिका ३ बस्ने १८ वर्षिया आलिया तामाङ्गलाई उद्धार पश्चात तत्कालै उपचारको लागि चतरा अस्पतालतर्फ पठाइएको छ । सो दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश चतराबाट सशस्त्र प्रहरीको टोली खटिई गई उनीहरुको उद्वार कार्यमा जुटेको थियो । सडकबाट करीव ५ सय मिटर तल फेला परेको उक्त अटोलाई सशस्त्र प्रहरीले सो ठाउँबाट निकाली ईलाका प्रहरी कार्यालय चतरामा बुझाएको छ भने राईको शव पोष्टमार्टमको लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा पठाइएको छ ।
2079-03-06
APF News
सि.सं.२३४ सशस्त्र प्रहरी जवान आधारभूत तालिम सम्पन्नः
काठमाडौ, सशस्त्र प्रहरी बल नेपालका विभिन्न ईकाइ अन्तर्गत राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, सशस्त्र प्रहरी बल नेपालको तालिम शिक्षालय तथा गणहरुमा संचालित सि.सं. २३४ (क-ण) ‘सशस्त्र प्रहरी जवान आधारभूत तालिम’ असार ६ गते सम्पन्न भएको छ । सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्काले सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बंगलामुखी काठमाडौमा संचालित सि.सं. २३४ (ख) सशस्त्र प्रहरी जवान आधारभूत तालिमको सोही गणमा आयोजित दिक्षान्त समारोहका बीच समापन गर्नुभयो । सो अवसरमा सशस्त्र प्रहरी नायव महानिरीक्षक खड्काले सो तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार समेत प्रदान गर्नुभयो । उहाँले प्रशिक्षार्थीहरुलाई तालिमबाट सिकेका ज्ञान, सीप तथा कलाकौशललाई कार्यक्षेत्रमा परिचालित हुँदा कुशलता पूर्वक सदुपयोग गर्दै ईमान्दार र पूर्ण व्यवसायीक भई प्राप्त जिम्मेवारी त्रुटिरहित ढंगबाट सम्पादन गर्न निर्देशन दिनुभयो । यसैगरी राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ र सशस्त्र प्रहरी बल नेपाल बिपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा संचालित सि.सं. २३४ (क) र (ज) सशस्त्र प्रहरी जवान आधारभूत तालिम सशस्त्र प्रहरी नायव महानिरीक्षक कालीदास धौवजीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थ काठमाडौंमा आयोजित उक्त तालिमको दिक्षान्त समारोहमा सशस्त्र प्रहरी नायव महानिरीक्षक धौवजीले सो तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार समेत प्रदान गर्नुभयो । यसैगरी सशस्त्र प्रहरी बल नेपाल यू.एन. शान्ति स्थापना तालिम शिक्षालय ककनीमा संचालित सि.सं. २३४ (छ) सशस्त्र प्रहरी जवान आधारभूत तालिमको सशस्त्र प्रहरी नायव महानिरीक्षक बंशीराज दाहालले सोही तालिम शिक्षालयमा आयोजित दिक्षान्त समारोहका बीच तालिम समापन गर्नुकासाथै तालिमका उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार प्रदान गर्नुभयो । यसैगरी सशस्त्र प्रहरी बल नेपाल पाथिभरा जवान तालिम शिक्षालय झापामा सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी, सशस्त्र प्रहरी बल नेपाल नम्बर ३९ रिजर्भ गण बर्दिबास महोत्तरीमा सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगर, सशस्त्र प्रहरी बल नेपाल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा सशस्त्र प्रहरी नायव महानिरीक्षक शम्भु सुवेदी, सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा सशस्त्र प्रहरी नायव महानिरीक्षक कुल बहादुर नेम्वाङ्ग, सशस्त्र प्रहरी बल नेपाल जवान तालिम शिक्षालय नौवस्तामा सशस्त्र प्रहरी नायव महानिरीक्षक अभिकुमार खत्री र सशस्त्र प्रहरी बल नेपाल बडिमालिका जवान तालिम शिक्षालय कैलालीमा सशस्त्र प्रहरी नायव महानिरीक्षक दुर्गा प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सशस्त्र प्रहरी जवान आधारभूत तालिमहरुको समापन गर्नुकासाथै उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार समेत प्रदान गर्नुभयो । ३४ हप्ता अवधिको सो तालिममा २१६ जना महिलासहित कूल १७३१ जना सशस्त्र प्रहरी जवानहरुले तालिम सफलतापूर्वक सम्पन्न गरेका छन् । उक्त तालिमलाई दुई चरणमा विभाजन गरी सशस्त्र प्रहरी बल नेपालको कार्यदेशसँग सम्बन्धित ऐन नियम, कवाज, शारीरिक तालिम, हतियार तालिम, विपद् व्यवस्थापन, हुल तथा दंगा व्यवस्थापन, सीमा सुरक्षा लगायत लैंगिक सचेतना र मानवअधिकार जस्ता विविध विषयमा सैद्धान्तिक एवं व्यवहारिक रुपमा प्रशिक्षण गराईएको थियो ।
2079-03-06
APF News
माननीय गृहमन्त्री खाँण एपीएफ रंगशालामा आयोजित योग कार्यक्रममा सरिकः
काठमाडौ, माननीय गृहमन्त्री बालकृष्ण खाँण योग कार्यक्रममा सरिक हुनुभएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकस्थित रंगशालामा असार ७ गते आयोजित योग कार्यक्रममा माननीय गृहमन्त्री खाँण सरिक हुनुभई योग अभ्यास गर्नुभयो । ‘मानवीयताका लागि योग’ भन्ने मूल नाराका साथ विश्वभर मनाउन लागिएको आठौं अन्र्तराष्ट्रिय योग दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय परिसरमा आर्ट अफ लिभिङ्गको सहकार्यमा उक्त योग कार्यक्रमको आयोजना गरिएको हो । माननीय गृहमन्त्री खाँणले बिज्ञान र प्रविधिको विकासको गतिसँगसँगै मानिसको जीवन झन्झन् व्यस्त हुँदै गइरहेको र व्यस्त जीवनशैलीमा सहज तरिकाले जीवनयापन गर्न योगले मद्दत पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले योग र व्यायामले स्वस्थ मन र स्वस्थ शरीर बनाई सरल र सहज जीवनयापन गर्न सहयोग पुग्ने साथै राष्ट्रसेवक कर्मचारीहरु मुलुकको शान्ति र सुव्यवस्था कार्यमा परिचालित हुन उर्जा समेत प्रदान गर्ने बताउनुभयो । योग कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डे, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय नारायणदत्त पौडेल र चन्द्र प्रकाश गौतम, सशस्त्र प्रहरी परिवार महिला संघकी केन्दीय अध्यक्ष श्रीमती अनिता अर्याल लगायत संघका पदाधिकारीहरु, आर्ट अफ लिभिङ्ग नेपालकी बोर्ड मेम्बर रिता बैद्य, सशस्त्र प्रहरी बलका बरिष्ठ अधिकृत, अधिकृत लगायत बिल्लादार जवानहरु समेत योग अभ्यासमा सहभागि भएका थिए ।
2079-03-06
APF News
सशस्त्र प्रहरीद्वारा लाखौ मुल्य बराबरको अवैध पाल्मोनियन तेलसहित दुई जना पक्राउ


सप्तरी,
        सप्तरी जिल्लाको हनुमाननगर कंकालिनीमाई नगरपालिका १ कोशी व्यारेजस्थित पूर्व–पश्चिम लोकमार्गबाट असार ३ गते सशस्त्र प्रहरीले करीव ५४ लाख ९६ हजार रुपैयाँ बराबरको १ हजार ५ सय टिन रिफाईन पाल्मोनियन तेलसहित दुई जनालाई पक्राउ गरेको छ ।
        पक्राउ पर्नेहरुमा भारतमा घर बताउने ३० वर्षिय अबध बाबु र ३३ वर्षिय धिरज कुमार छन् ।
        सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश भारदहबाट खटिएको सशस्त्र प्रहरीले यूपी ७५ एम ३६९५ नम्बरको ट्रकमा जाँच गर्ने क्रममा उक्त तेलको विल विजक फेला नपरेपछि उनीहरुलाई पक्राउ गरेको हो ।
        उनीहरु उक्त गाडीको चालक तथा सहचालक रहेको बताईएको छ । त्यसवेला उक्त ट्रक समेत बरामद गरिएको छ ।
        पक्राउ परेका दुवै जनालाई बरामद तेल तथा ट्रकसहित आवश्यक कारवाहीको लागि राजविराज भन्सार कार्यालयमा बुझाईएको छ । बरामद ट्रकको भन्सार दाखिला मुल्य ५५ लाख रुपैयाँ रहेको छ ।

2079-03-03
APF News
बाढीले बगाई बेपत्ता परेकी एक महिलाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्वार

कालिकोट,

अविरल वर्षाको कारण कालिकोट जिल्लाको खडकचक्र नगरपालिका २ स्थित मुल खोलामा आएको बाढीमा परी अलपत्र परेकी सोही नगरपालिका बस्ने ४८ वर्षिया लालधरी विश्वकर्मालाई सशस्त्र प्रहरीले असार १ गते सकुशल उद्वार गरेको छ ।

उक्त खोलामा आएको बाढिमा परि अलपत्र परेको भन्ने खबर पाउनासाथै तत्कालै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालिकोटबाट सशस्त्र प्रहरी निरीक्षक चेतन बहादुर खड्काको कमाण्डमा खटिएको सशस्त्र प्रहरीले उनको उद्धार गरेको हो ।

उनीसँगै आउँदै गरेका उनको श्रीमान् ५० वर्षिय खड्कबहादुर विश्वकर्मालाई बाढीले बगाई बेपत्ता भएको भन्ने जानकारी पाउनासाथै सशस्त्र प्रहरी तत्कालै उनको खोजी कार्यमा जुटेको थियो ।

सशस्त्र प्रहरीले आज विहान करीव ८ बजे निज विश्वकर्माको शव खोलाको किनारमा फेला पारेको छ ।

2079-03-02
APF News
सि.सं. २ सशस्त्र प्रहरी परिचर आधारभूत तालिम सम्पन्न

काठमाडौं,

सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी काठमाडौंमा संचालित सि.सं. २ सशस्त्र प्रहरी परिचर आधारभूत तालिम असार २ गते सम्पन्न भएको छ ।

कायम मुकायम सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक किरण बस्नेतको प्रमुख आतिथ्यमा आयोजित उक्त तालिमको अन्तिम प्रवचन कार्यक्रममा उहाँले तालिममा सर्वप्रथम हुन सफल सशस्त्र प्रहरी परिचर सहज गुरुङ्गलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो ।

उहाँले सफलतापूर्वक तालिम सम्पन्न गरेका सशस्त्र प्रहरी परिचरहरुलाई हार्दिक बधाई दिनुुहुँदै आफुलाई प्राप्त जिम्मेवारी निर्वाहमा ईमान्दारिता पूर्वक फौजी अनुशासनको पालना गर्दै उत्कृष्ट कार्यसम्पादनमा लाग्न त्यसैअवसरमा निर्देशन दिनुभयो ।

सो समारोहमा उक्त गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक हर्कराज पन्तले तालिम सम्पन्न गरी कार्यक्षेत्र प्रवेश गर्न लागेका १ सय २३ जना सशस्त्र प्रहरी परिचरहरुलाई सपथ ग्रहण गराउनु भएको थियो ।

2079-03-02
APF News
श्रोत नखुलेको रुपैयाँसहित सशस्त्र प्रहरीद्वारा पक्राउ

सिरहा,

सिरहा जिल्लाको भगवानपुर गाउँपालिका ४ ठाडीस्थित सीमा ईलाकाबाट असार १ गते सशस्त्र प्रहरीले ५ लाख २० हजार ५ सय नेपाली रुपैयाँसहित सोही ठाउँ बस्ने ४४ बर्षिय दिलीप कुमार साहलाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका निज साहलाई सशस्त्र प्रहरी बल, नेपाल बिओपी ईनर्वाबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा फेला परेको उल्लेखित रुपैयाँको निजले श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । त्यसवेला उनको साथमा एक थान मोवाईल सेट समेत बरामद गरिएको छ ।

पक्राउ परेका साहलाई बरामद रुपैयाँ तथा मोवाईलसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय ठाडीमा बुझाईएको छ ।

2079-03-02
APF News
सि.सं. ८ स्नाईपर तालिम संचालन

काठमाडौं,

सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बंगलामुखी काठमाडौंमा सि.संं. ८ स्नाईपर तालिम संचालन भएको छ ।

सो गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक हर्कराज पन्तले असार १ गते एक कार्यक्रमका बीच उक्त तालिमको उद्घाटन गर्नुभएको हो ।

सशस्त्र प्रहरी उपरीक्षक पन्तले तालिमको महत्वमाथि प्रकाश पानुहुर्दै फौजी संगठनमा फौजलाई सदैव शारीरिक र मानसिक रुपमा चुस्त र दुरुस्त राख्नको लागि यस्ता तालिमहरु अत्यावश्यक रहेको बताउनुभयो ।

उहाँले तालिमले पेशागत दक्षता अभिबृद्धि गर्नुका साथै व्यावसायीक वृत्तिविकासमा समेत सहयोग पु¥याउने उल्लेख गर्नुभयो ।

सशस्त्र प्रहरी निरीक्षक विजय डागीले सो तालिमको तालिम सम्बन्धि प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने पाँच हप्ता अवधिको उक्त तालिममा कुल ३६ जना सशस्त्र प्रहरी कर्मचारीहरुको सहभागीता रहेको छ ।

2079-03-01