Toggle Menu

समाचार

APF News
आगलागी नियन्त्रयण
सर्लाही, सर्लाही जिल्लाको धनकैल गाउँपालिका ५ हरकटुवास्थित चैत्र १२ गते भएको आगलागी सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासीन्दाले दमकलको सहयोगमा नियन्त्रणमा ल्याएका छन् । सोही ठाउँ बस्ने प्रदीप हजारीको घरमा विधुतीय तार सर्ट भई आगलागी हँुदा निजको घर नजिकै रहेको ११ वटा फुसले छाएको कच्ची घर तथा दुई वटा टायलले छाएको पक्की घर समेत गरी जम्मा १४ वटा घरहरु जलेर नष्ट भएको बताईएको छ । सो आगलागीबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश मनुष्माराबाट सशस्त्र प्रहरी निरीक्षक प्रधुन्न थापाको कमाण्डमा खटिएको टोली उक्त आगलागी नियन्त्रणमा सक्रियताकासाथ जुटेको थियो ।
2078-12-14
APF News
सशस्त्र प्रहरीद्धारा बिभिन्न सामान बरामद
काठमाडौं, झापा जिल्लाको मेचीनगर नगरपालिका ६ स्थित कालीखोला ईलाकाबाट चैत्र १३ गते सशस्त्र प्रहरी बल नेपाल बिओपी काँकडभिट्टाबाट खटिएको सशस्त्र प्रहरीले करीव १ लाख ६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटरपार्टस बरामद गरेको छ । यसैगरी रौतहट जिल्लाको ईशनाथ नगरपालिका २ स्थित सीमा ईलाकाबाट चैत्र १२ गते सशस्त्र प्रहरी बल नेपाल बिओपी औरैयाबाट खटिएको सशस्त्र प्रहरीले करीव २ लाख ७६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटरपार्टस बरामद गरेको छ । त्यसैगरी धनुषा जिल्लाको मिथिला नगरपालिका ३ स्थित नक्टाझिज चोकबाट चैत्र १२ गते एक यात्रुबाहक बसमा चेक जाँच गर्दा वेवारीसे अवस्थामा रहेको करीव १ लाख ८० हजार रुपैयाँ बराबरको ३ सय के.जी.पाउडर दुध सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश नक्टाझिजबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको छ । यसैगरी बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ स्थित सीमा ईलाकाबाट चैत्र ११ गते सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गणबाट खटिएको सशस्त्र प्रहरीले करीव १ लाख ६३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना सामान बरामद गरेको छ । त्यसैगरी पर्सा जिल्लाको बीरगंज महानगरपालिका १५ स्थित बिरगंज पथलैया सडकखण्डबाट चैत्र ११ गते प्रज्ञापन पत्र बिनानै ना ७ ख ३४१० नम्बरको ट्रक र ना ५ ख ९२८० नम्बरको ट्रकमा राखेर ल्याउँदै गरेको करीव २६ लाख २५ हजार रुपैयाँ बराबरको किराना तथा ईलेक्ट्रोनिक सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको छ । त्यसबेला उक्त दुबै ट्रकसमेत बरामद गरिएको छ । बरामद सामान तथा ट्रक स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
2078-12-13
APF News
श्रोत नखुलेको ११ लाख नेपाली रुपैयाँसहित एक जना पक्राउ
सिराह, सिराह जिल्लाको लहान नगरपालिका १ स्थित मटिअर्वाबाट चैत्र १२ गते सशस्त्र प्रहरीले श्रोत नखुलेको ११ लाख ३ हजार ५० नेपाली रुपैयाँसहित सोही जिल्लाको भगवानपुर गाउँपालिका ४ बस्ने ४४ बर्षिय दिलिप कुमार साहलाई पक्राउ गरेको छ । विषेश सूचानाको आधारमा निज साहलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र नम्बर ७ गणबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा रहेको उक्त रुपैयाँको निजले श्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । पक्राउ परेका साहलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय मार्डरमा बुझाईएको छ ।
2078-12-13
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट दज्र्यानी चिन्ह प्रदानः
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकबाट सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नती हुनुभएका ५ जना अधिकृतहरु तथा सशस्त्र प्रहरी उपरीक्षक पदमा अबकास पुर्व बिषेश बढुवा हुनु भएका १ जना अधिकृतलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा चैत्र १० गते आयोजित बिषेश समारोहमा उल्लेखित पदको दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । त्यसअबसरमा महानिरीक्षक खनालले पदोन्नती बृत्तिविकासको महत्वपूर्ण पाटो रहेको चर्चा गर्नुहुँदै उहाँहरुले संगठनमा रहेर प्राप्त जिम्मेबारीका क्षेत्रहरुमा पु¥याएको योगदानको कदरगर्दै नेपाल सरकार तथा संगठनले पदोन्नती गरेको बताउनुभयो । उहाँले पदोन्नतीसँगै प्राप्त भएको जिम्मेवारी तथा उत्तरदायित्व पूर्णव्यवसायिक भई आवश्यक योजना बनाई उत्कृष्ट ढगंले मातहतका कर्मचारीहरुलाई उत्प्रेरीत गर्दै सामुहिक भावनाकासाथ कार्यसम्पादनमा जुट्न त्यसै अबसरमा निर्देशन दिनुभयो । महानिरीक्षक खनालले शान्ति सुरक्षाको वातावरण निर्माणमा आ-आफ्नो ठाउँबाट ईमान्दारिता पुर्वक क्रियासिल रहेर राष्ट्रमा विकासको वातावरण निर्माणमा समेत योगदान पु¥याउदै राष्ट्रको सुरक्षा, जनताको सेवा, आपतविपद्मा परेका नागरिकहरुको उद्वार लगायतका राज्य प्रदत्त जिम्मेवारीका क्षेत्रहरुमा कुशल नेतृत्वकासाथ कार्यसम्पादनमा जुट्न निर्देशन दिनुहुँदै सीमा अपराध नियन्त्रण, बिभिन्न विपद्मा परेकाहरुको उद्धार, कोभिड-१९ महामारी नियन्त्रण तथा कोभिड डेडिकेटेड एपीएफ अस्पताल मार्फत बिरामीहरुको स्वास्थ्य उपचारमा गरेका कार्यहरुको विभिन्न क्षेत्रबाट प्रशंसा भईरहेको बताउनुभयो । उहाँले फौजी अनुशासन र सामुहिक भावनाकासाथ गरिएका कार्यले सांगठानिक विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने चर्चा गर्नुहुदै आगामी निर्वाचन शान्तिपूर्ण तथा विश्वसनिय तवरले सम्पन्न गराउन अन्य सुरक्षा निकाय तथा सरोकारवाला सबैसग समन्वय गर्दै हाल रहेका सुरक्षा चुनौती तथा भोलीका दिनमा आउनसक्ने चुनौतीहरुलाई समेत परास्त गर्दै आवश्यक योजनानाकासाथ कार्यक्षेत्रमा खट्न सम्पुर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई त्यसैअबसरमा निर्देशन दिनुभयो । नेपाल सरकार गृहमन्त्रालय माननीय गृहमन्त्रिस्तरको चैत्र ६ गतेको निर्णयले प्राबिधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक ई.संदीप थापा प्राबिधिक समुह तथा ईन्जिनियरिङ तर्फ तथा प्राबिधिक सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक डा. रुपक महर्जन प्राबिधिक समुह स्वास्थ्य तर्फको सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा र सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षकहरु बिदुर खड्का, लक्ष्मण बहादुर सिंह, र प्रदीप कुमार पाल साधारण समुह साधारण उपसमुह तर्फको सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नती हुनुभएको हो । यसैगरी गृहसचिवस्तरको फागुन २७ गतेको निर्णयले सशस्त्र प्रहरी उपरीक्षक निरन्कर नाथ शुक्ल अबकास पुर्व सो पदमा बिषेश बढुवा हुनुभएको हो । समारोहमा सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कडेल खनाल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम के.सी. र रामशरण पौडेल तथा सशस्त्र प्रहरी परिवार महिला संघको कार्यकारीणी पदाधीकारीहरु लगायत सशस्त्र प्रहरी बल, नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।
2078-12-10
APF News
अवैध मदिरासहित ६ थान मोटरसाईकल बरामद
धनुषा, धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका १ स्थित सीमा ईलाकाबाट चैत्र ८ गते सशस्त्र प्रहरीले करिब ३ लाख १० हजार रुपैयाँ बराबरको अबैध मदिरा बरामद गरेको छ । ६ वटा मोटरसाईकलमा राखेर ल्याउँदै गरेको उक्त मदिरा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र बिओपी इनर्वाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसबेला मोटरसाईकलमा सवार ब्यक्तिहरु गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै सोही ठाउँमा मोटरसाईकल छाडी फरार भएपछि सो मोटरसाईकलमा रहेको कार्टुनहरुमा जाँच गर्दा २ सय ७ कार्टुन सोफी, ७ कार्टुन भर्जिन र ९ कार्टुन ब्याल्क्क लेवल मदिरा फेला परेको हो । त्यसबेला उक्त ६ वटै मोटरसाईकलसमेत बरामद गरिएको छ ।
2078-12-08
APF News
सशस्त्र प्रहरीद्धारा लागूऔषधसहित दूई जना पक्राउ
महोत्तरी, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सम्सीचोकबाट चैत्र ६ गते सशस्त्र प्रहरीले लागुऔषधसहित दूई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २१ बर्षिय ज्ञानचन्द्र मण्डल र २० बर्षिय शंकर कुमार ठाकुर छन् । प्रदेश २०२००४ प ४७०९ नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनिहरुलाई सशस्त्र प्रहरी बल नेपाल बिओपी सम्सीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनिहरुको साथमा नाईट्रोभेट ट्याब्लेट १५ वटा र १० ग्राम गाँजा फेला पारिएको हो । त्यसबेला उक्त मोटरसाईकल समेत बरामद गरिएको छ ।
2078-12-07
APF News
बिलविजक भन्दा फरक हार्डवेयरको सामान तथा ट्रक सशस्त्र प्रहरीद्धारा बरामद
पर्सा, पर्सा जिल्लाको बीरगंज महानगरपालिका २५ स्थित सीमा ईलाकाबाट चैत्र ६ गते सशस्त्र प्रहरीले करीव २७ लाख ७५ हजार रुपैयाँ बराबरको हार्डवयरको सामानसहितको ट्रक बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले जी जे १५ याक्स याक्स ९९५९ नम्बरको ट्रकमा जाँच गर्दा उल्लेखित मुल्य बराबरको उक्त सामान बिल बिजक भन्दा फरक पाईएपछि बरामद गरिएको हो । त्यसबेला उक्त ट्रकसमेत बरामद गरिएको छ । बरामद सामान तथा ट्रक आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ ।
2078-12-07
APF News
नेपाल एपीएफ अस्पतालको १७ औं बार्षिकोत्सवको अवसरमा बिविध कार्यक्रमको आयोजनाः
काठमाडौं, नेपाल एपीएफ अस्पताल बलम्बु काठमाडौंले आफ्नो स्थापनाको १७ औं बार्षिकोत्सव चैत्र ७ गते बिविध कार्यक्रमको आयोजना गरी मनाएकोे छ । अस्पतालले चैत्र ६ गते रक्तदान कार्यक्रमको आयोजना गर्नुकासाथै नेपाल एपीएफ स्कुल किर्तिपुर र कोहलपुरमा स्वास्थ्य शिविर संचालन गरी करिब ४ सय जना बिद्यार्थीहरुको स्वास्थ्य जाँच गरेको छ । बार्षिकोत्सवको अवसरमा सो अस्पतालमा आयोजित एक कार्यक्रमका विच अस्पतालका प्रमुख प्राबिधिक सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक डा. रुपक महर्जनले अस्पतालले आयोजना गरेको रक्तदान कार्यक्रममा रक्तदान गर्ने २६ जना स्वास्थ्यकर्मी तथा सशस्त्र प्रहरी कर्मचारीहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो । उहाँले सो अस्पताल स्थापना सगै प्रदान गरिएको स्वास्थ्य सेवालाई बिशिष्टीकरण गर्दै हाल एम आर आई, सिटीस्क्यान, इको आदी सुबिधा थप गदै बिशेषज्ञ चिकित्सकद्धारा उच्चस्तरिय स्वास्थ्य सेवा प्रदान गदै आईरहेको चर्चा गर्नुहुदै बिश्वब्यापी कोभिड १९ महामारीको बेला अस्पतालले प्रदान गरेको स्वास्थ्य उपचार सेवाको बिभिन्न क्षेत्रहरुबाट प्रशंसा भईरहेको बताउनुभयो । अस्पतालका प्रमुख डा. महर्जनले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा सशस्त्र प्रहरी कर्मचारीहरुको सामुहिक भावना इमान्दारीता तथा योगदान प्रति त्यसै अबसरमा हार्दिक आभार प्रकट गर्नुभयो । यसैगरी बार्षिकोत्सवकै अवसरमा चैत्र ५ गते अस्पताल परिसरमा बिभिन्न प्रजातीका ५२ वटा बिरुवाहरु बृक्षारोपण गरिएको हो । २०६२ साल चैत्र ७ गते स्थापना भएको नेपाल एपीएफ अस्पतालले हाल ३ सय ५० बेडको अस्थाई स्विकृति प्राप्त गरी उच्चस्तरिय स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । ४ वटा प्रदेशमा क्षेत्रिय अस्पताल समेत स्थापना भईसकेको छ ।
2078-12-07
APF News
सशस्त्र प्रहरी महानिरीक्षक खनालबाट सुदुरपश्चिम प्रदेशस्थित गण तथा गुल्मको उद्घाटन
काठमाडौं, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले चैत्र ४ गते सुदुरपश्चिम प्रदेशस्थित नम्बर ३४ गण हेडक्वाटर कैलाली र नम्बर ५२ गुल्म हेडक्वाटर डडेलधुराको नवनिर्मीत भवनको उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले शान्ति सुरक्षा, सीमा सुरक्षा, राजश्व चुहावट नियन्त्रणका साथै विभिन्न किसिमका विपद् प्रकोप पिडित आम नागरिकको उद्धार, राहत वितरण लगायत कोभिड–१९ महामारी नियन्त्रण तथा रोकथाममा संगठनले हाँसिल गरेको सफलताको श्रेय कार्यक्षेत्रमा अहोरात्र क्रियाशिल सबै दर्जाका कर्मचारीहरुको त्याग र मेहनतको परिणाम भएको बताउनुभयो । महानिरीक्षक खनालले सकलदर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुले कार्यक्षेत्रमा देखाएको ईमान्दारीता, अनुशासन, बफादारीता, कर्तव्यपरायणता तथा उच्च समर्पणभाव र परिश्रमको कारण संगठन आज यस स्थानमा आएको स्मरण गर्नुहुँदै सशस्त्र प्रहरी बल, नेपालको सीमा क्षेत्रमा तैनाथी बढेसंगै राष्ट्रको राजश्व संकलनमा बृद्धि हुनुका साथै चोरी तस्करी तथा सीमा अपराध नियन्त्रण तथा समग्रमा सीमा क्षेत्रका आम नागरिकले समेत सुरक्षित महशुस गरेको बताउनुभयो । सशस्त्र प्रहरी बल, नेपालको देशभर परिचालन भएसंगै ताप्लेजुङ्गको ओलाङ्गचुङ्गगोलादेखि हुम्लाको हिल्सासम्म र पाँचथरको तोरीफुलेदेखि दार्चुलाको छाङ्गरुसम्म विकट भौगोलिक बनावट र प्रतिकुल मौसमका बाबजुद समेत उच्च मनोवल र हौसलाका साथ अहोरात्र तैनाथरही सांगठानीक विकासमा सशस्त्र प्रहरी कर्मचारीहरुले पु¥याएको योगदानको समेत प्रशंसा गर्नुभयो । उहाँले राष्ट्र र आम नागरिकको सुरक्षा तथा सेवामा पूण व्यावसायिक भई ईमान्दारीताका साथ प्राप्त जिम्मेवारी सम्पादनमा क्रियाशिल रहन त्यसैअवसरमा सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरुलाई निर्देशित गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ बैधनाथ बाहिनी मुख्यालय, कैलालीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक दुर्गा प्रसाद भट्टराई तथा नेपाली सेना, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग लगायत जिल्लास्थित विभिन्न निकायका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।
2078-12-04
APF News
लाखौँको सामान सशस्त्र प्रहरीद्धारा बरामद
काठमाडौं, महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ६ स्थित सीमा ईलाकाबाट चैत्र १ गते सशस्त्र प्रहरीले करीव २ लाख ५० हजार रुपैयाँ बराबरको चिसो पेय पदार्थ र खाने तेल बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बिओपी सम्सीबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसबेला २ वटा भारतीय नम्बरको मोटरसाईकल समेत बरामद गरिएको छ । यसैगरी कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका २ स्थित सीमा ईलाकाबाट चैत्र १ गते सशस्त्र प्रहरीले करीव ३ लाख ७४ हजार रुपैयाँ बराबरको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गणबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसबेला एउटा मोटरसाईकल समेत बरामद गरिएको छ । बरामद सामान तथा मोटरसाईकल स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ । त्यसैगरी पर्सा जिल्लाको बीरगंज महानगरपालिका २५ स्थित सीमा ईलाकाबाट फागुन ३० गते सशस्त्र प्रहरीले करीव ३४ लाख ३० हजार रुपैयाँ बराबरको लत्ताकपडा तथा ईलोक्ट्रोनिक सामान बरामद गरेको छ । बि आर २२ जि ए ४९१६ नम्बरको पिकअप गाडी र ना ३ ख १८८४ नम्बरको ट्रकमा राखेर आई सि पी गेटबाट वीरगंजतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण पर्साबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा बिल बिजक भन्दा फरक पाईएपछि बरामद गरिएको हो । त्यसवेला उक्त दूबै गाडी समेत बरामद गरिएको छ । बरामद सामान तथा गाडी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाईएको छ । उक्त गाडीको भन्सार दाखिला मुल्य ३२ लाख रुपैयाँ रहेको छ ।
2078-12-01
APF News
सशस्त्र प्रहरीद्धारा गाँजा तथा विभिन्न सामान बरामद
काठमाडौं, उदयपुर जिल्लाको बेलका नगरपालिका ८ स्थित सप्तकोशी नदीको किनारबाट फागुन २९ गते सशस्त्र प्रहरीले करीव ४ सय के.जी. गाँजा बरामद गरेको छ । सप्तकोशी नदीमा पानीले बगाएर ल्याउँदै गरेको उक्त गाँजा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश रामपुरबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद गाँजा नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी झापा जिल्लाको मेचीनगर नगरपालिका १० स्थित सीमा ईलाकाबाट फागुन २९ गते सशस्त्र प्रहरीले करीव १ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना समान बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसैगरी सिरहा जिल्लाको नवराजपुर गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट फागुन २९ गते सशस्त्र प्रहरीले करिब १ लाख ५२ हजार रुपैयाँ बराबरको ५२ सय के.जी. कवाडी फलाम र पुराना व्याट्री बरामद गरेको छ । स १ च १५३५ नम्बरको पिकअप गाडीमा राखेर भारतबाट नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र नम्बर ६ गण सिरहाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला उक्त पिकअप गाडीसमेत बरामद गरीएको छ । सो गाडीको भन्सार दाखिला मुल्य १० लाख रुपैयाँ रहेको छ । यसैगरी बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका १६ स्थित चौलिका चोक ईलाकाबाट फागुन २९ गते सशस्त्र प्रहरीले करीब १ लाख रुपैयाँ बराबरको जुत्ताचप्पल तथा किराना सामानहरु बरामद गरेको छ । भारतबाट अबैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण बाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसैगरी झापा जिल्लाको मेचीनगर नगरपालिका १० स्थित सीमा ईलाकाबाट फागुन २९ गते सशस्त्र प्रहरीले करीव १ लाख ५० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा तथा किराना समान बरामद गरेको छ । भारतबाट अबैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण झापाबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाईएको छ ।
2078-11-30
APF News
निर्वाचनको लागि मानसिक र शारीरिक रुपले तयार रहन सशस्त्र प्रहरी महानिरीक्षक खनालको निर्देशन

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले आसन्न स्थानीय निर्वाचनलाई निस्पक्ष, पारदर्शी र भयरहित वातावरणमा सम्पन्न गराउन मानसिक र शारीरिक रुपमा तयार रहन मातहत कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण हे.क्वा, श्रीअन्तु इलामको नवनिर्मीत भवनको बुधबार उद्घाटन गर्नुहुँदै महानिरीक्षक खनालले निर्वाचनको समयमा विभिन्न किसिमका सुरक्षा चुनौती आउन सक्ने भएकोले विगतमा सफलतापूर्वक सम्पन्न गराएका निर्वाचनको अनुभवका आधारमा परिचालित भई उत्कृष्ट ढंगले जिम्मेवारी पुरा गर्न समेत निर्देशन दिनुभयो । सोही दिन उहाँले नम्बर ३८ रिजर्भ गण हे.क्वा, लखनपुर झापाको समेत उद्घाटन गर्नुहुँदै फौजको गहना भनेको अनुशासन भएकोले अनुशासनमा नै फौजको व्यावसायिकता झल्कने हुँदा सबैलाई आफ्नो अन्तस्करणदेखी संगठन र राष्ट्रप्रति ईमान्दार, बफादार, नैतिकवान, अनुशासित र उच्च समर्पणभावका साथ आफ्नो जिम्मेवारी र उत्तरदायित्व निर्वाह गर्न निर्देशन दिनुभयो ।

कोभिड–१९ नियन्त्रण र रोकथाममा संगठनले हाँसिल गरेको सफलता फिल्डमा तैनाथ राष्ट्रसेवक कर्मचारीहरुको त्याग र मेहनतको परिणाम भएको बताउनुहुँदै महानिरीक्षक खनालले आगामी दिनमा समेत अविचलित रही राष्ट्र सेवामा समर्पित हुन निर्देशन दिनुभयो ।

संगठनका सकलदर्जाले देखाएको ईमान्दारीता, अनुशासन, बफादारी, कर्तव्यपरायणता तथा व्यावसायिकता, उच्च समर्पणभाव र परिश्रमको नतिजाकै कारण संगठन आज यो स्थानमा आएको स्मरण गर्नु हुँदै उहाँले सशस्त्र प्रहरी बल, नेपाल सीमा क्षेत्रमा तैनाथ भए पश्चात राजश्व संकलनमा बृद्धि, चोरी तस्करी तथा सीमा अपराध नियन्त्रण भएको र समग्रमा सीमा क्षेत्रका जनताले सुरक्षित महशुस गरेको बताउनुभयो ।

राष्ट्रनसेवक कर्मचारीहरु ताप्लेजुङ्गको ओलाङ्गचुङ्गगोला देखि हुम्लाको हिल्सासम्म र पाँचथरको तोरीफुले देखि दार्चुलाको छाङ्गरुसम्म अहोरात्र तैनाथ भईरहेको र विकट भौगोलिक बनावट र प्रतिकुल मौसमका बाबजुद समेत उच्च मनोवल र हौसलाका साथ आफ्नो कर्तव्य निर्वाह गरिरहेकोमा प्रसंसा गर्नुभयो ।

कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय, सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक कमल गिरी तथा जिल्ला स्थित सुरक्षा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

2078-11-26
APF News
विभिन्न किसिमका लागूऔषधसहित पक्राउ

सप्तरी,

सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका ५ स्थित टिकुलियाबाट फागुन २५ गते सशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित उदयपुर जिल्लाको चौडण्डिगढी नगरपालिका ३ बस्ने सौरभ राईलाई पक्राउ गरेको छ ।

भारतबाट नेपालतर्फ आउँदै गरेका निज राईलाई सशस्त्र प्रहरी बल, नेपाल बिओपी बरसाईनबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनकोे साथमा लिजेसिक ७ एम्पुल, डाईजेपाम इन्जेक्सन ७ एम्पुल, फेनारागन इन्जेक्सन ७ एम्पुल र स्पास्मो प्रोक्सिभन ट्याब्लेट ५ वटा फेला पारेको हो ।

पक्राउ परेका राईलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ ।

यसैगरी सर्लाही जिल्लाको ब्रम्हपुर गाउँपालिका ५ स्थित सीमा ईलाकाबाट फागुन २६ गते सशस्त्र प्रहरीले करीव १५ के.जी. गाँजा बरामद गरेको छ ।

लुकाई छिपाई राखेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल बिओपी सखुवाबाट खटिएको सशस्त्र प्रहरीले उक्त गाँजा बरामद गरेको हो ।

2078-11-26