Toggle Menu

समाचार

APF News
बस दुर्घटनाका घाईतेको एपीएफ टोलीद्वारा उद्वार
अर्घाखाँची, अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ९ स्थित अर्खाटारीमा फागुन १४ गते विहान भएको बस दुर्घटनामा परी घाईते भएका ९ जनाको एपीएफ टोलीले उद्वार गरेको छ । गुल्मी जिल्लाको आर्खाबाङ्गबाट सन्धिखर्क हुँदै बुटवलतर्फ जाँदै गरेको लु १ ख ७३६६ नम्बरको यात्रुवाहक बस ब्रेक फेल भई सडकमा पल्टदा बसमा सवार ९ जना यात्रुहरु सामान्य घाईते भएका थिए । उक्त दुर्घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३६ गुल्म हेक्वा अर्घाखाँची बाट सशस्त्र प्रहरी निरीक्षक प्रकाश कोईरालाको कमाण्डमा एपीएफ टोली खटिइगई उद्वार कार्यमा जुटेको थियो । एपीएफ टोलीले दुर्घटनाका घाईतेहरुलाई उपचारार्थ जिल्ला अस्पताल सन्धिखर्कतर्फ पठाएको छ ।
2075-11-14
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारी निकासीको सामान बरामद
पर्सा, सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा पर्सा नम्बर १४ गुल्मबाट खटिएको एपीएफ टोलीले फागुन १० गते करीव २ लाख १७ हजार रुपैयाँ बराबरको चोरीपैठारी निकासीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा तथा नेपालबाट भारततर्फ लैजाँदै गरेको मरिच तथा केराउ एपीएफ टोलीले पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ स्थित भगुवा ईलाकाबाट बरामद गरेको हो । त्यसेवला सामान ल्याउने व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै उक्त सामान सोही ठाउँमा छाडी भागेका थिए । बरामद सामान एपीएफ टोलीले आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।
2075-11-10
APF News
एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित पक्राउ
पर्सा, पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ स्थित लगुवा चोकबाट फागुन १० गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सोही जिल्लाको डोरी गाउँपालिका ५ सुवर्णपुर बस्ने ३५ वर्षिय अलोक लामालाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सिर्सियाबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । एपीएफ टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका निज लामालाई शंका लागि जाँच गर्दा उनको साथबाट फेनारागन ३७ वटा, डाईजोल्याव ३७ वटा, नोफिन ३७ वटा, नाईट्रोभेट १५ वटा, स्पास्मो प्रोक्सिभन ८ वटा र एउटा सिरिन्ज फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका लामालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
2075-11-10
APF News
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलबाट प्रशासनिक व्यवस्थापन तालिमको उद्घाटन
काठमाडौं, राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थमा सि.सं. ५ प्रशासनिक व्यवस्थापन तालिम संचालन भएको छ । सो प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक रामशरण पौडेलले फागुन ९ गते सोही प्रतिष्ठानमा आयोजिक एक कार्यक्रमका बीच उक्त तालिमको उद्घाटन गर्नुभयो । त्यसअवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले प्रशासनिक कामकारवाहीहरु चुस्त, दुरुस्त र त्रुटिरहित ढंगबाट संचालन गर्नसक्ने व्यावसायिक अधिकृत उत्पादनको लागि यस्ता तालिम सहयोगी हुने बताउनुभयो । उहाँले संगठनको लक्ष्य प्राप्तीमा यस्ता व्यावसायिक तालिमले महत्वपूर्ण भूमिका खेल्ने चर्चा समेत गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य तथा तालिम सम्बन्धि कार्ययोजना प्रस्तुत गर्नुहुँदै सशस्त्र प्रहरी नायव महानिरीक्षक ई. प्रजाभक्त श्रेष्ठले कुनै पनि फौजी संगठनमा प्रशासनिक व्यवस्थापनको ठूलो महत्व रहने चर्चा गर्नुहुँदै चुस्त प्रशासन तथा सवल व्यवस्थापनका लागि यस्ता तालिम अपरिहार्य रहेको बताउनुभयो । एक महिना अवधिको उक्त तालिममा सशस्त्र प्रहरी नायव उपरीक्षक ७ जना तथा सशस्त्र प्रहरी निरीक्षक २२ जना गरी कूल २९ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।
2075-11-9
APF News
एपीएफ टोलीद्वारा गहना बरामद
सर्लाही, सर्लाही जिल्लाको मलंंगवा नगरपालिका ५ स्थित सीमा ईलाकाबाट फागुन ६ गते एपीएफ टोलीले करीव एक हजार तीन सय चार ग्राम चाँदी जस्तो देखिने विभिन्न किसिमका गहना बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त गहना सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला सिक्री १४ थान, ब्रासलेट ४ थान, पाउजु ८ जोर, लकेट ५ थान, औठी ९ थान र यास लण्ड १२ थान बरामद गरेको हो । त्यसवेला उक्त गहना ल्याउने व्यक्तिहरु एपीएफ टोलीलाई देख्नासाथै गहना सोही ठाउँमा छाडी भागेका थिए ।
2075-11-7
APF News
एपीएफ टोलीद्वारा विभिन्न किसिमका लागूऔषधसहित पक्राउ
रुपन्देही, रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डाबाट एपीएफ टोलीले फागुन ६ गते विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । तनहुँ जिल्लाको भानु नगरपालिका ७ बस्ने २९ वर्षिय सुनिल थापामगरलाई सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा रुपन्देही नम्बर ३८ गुल्मबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । गस्तीमा खटिएको एपीएफ टोलीले निजलाई जाँच गर्दा उनको साथमा नुफिन १७ बोतल, फेनारगन १३ बोतल र डाईजापाम १७ बोतल फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेका निजलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
2075-11-7
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, रौतहट जिल्लाको राजदेवी नगरपालिका ८ बेलबिछुवास्थित सोफी चोकबाट फागुन ६ गते एपीएफ टोलीले करीब २ लाख २५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको प्लाष्टिकको कुर्सी र टेण्टको पाल बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बेलबिछुवाबाट खटिएको एपीएफ टोलीले उक्त कुर्सी तथा पाल बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय गौरमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३५ गण हेक्वा शैलेश्वरी कञ्चनपुरबाट खटिएको एपीएफ टोलीले कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिका ४ स्थित बसपार्क इलाकाबाट फागुन ५ गते करीव ३ लाख ६३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । महेन्द्रनगरबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बसको डिक्कीमा राखेको अवस्थामा उल्लेखित मुल्य बराबरको स्पोर्टस जुत्ता तथा लेडिज कपडा फेला परेपछि बरामद गरिएको हो । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले झापा जिल्लाको अर्जुनधारा नगरपालिका १० स्थित कालीझोजबाट चोरीपैठारीको मोटर पार्टस तथा किराना सामान बरामद गरेको छ । एपीएफ टोलीले मे १ च ३७७२ नम्बरको कारलाई शंका लागि जाँच गर्दा अवैध रुपमा लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा उल्लेखित सामान फेला परेपछि उक्त सामानसहित कार समेत बरामद गरिएको छ । त्यसवेला सामान ल्याउने व्यक्ति कार छाडी भागी फरार भएका थिए । बरामद सामान तथा कारको भन्सार दाखिला मुल्य ७ लाख १६ हजार ५ सय ३० रुपैयाँ रहेको छ ।
2075-11-6
APF News
एपीएफ टोलीद्वारा अवैध रुपैयाँसहित दुई जना पक्राउ
रुपन्देही, सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा रुपन्देही नम्बर ३८ गुल्मबाट खटिएको एपीएफ टोलीले रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ स्थित डण्डाबाट फागुन ५ गते नेपाली रुपैयाँ ४१ लाख ८५ हजार तथा २ लाख ८७ हजार एक सय भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा गुल्मी जिल्लाको रुपाकोट बस्ने ४५ वर्षिय चन्द्रकान्त पौडेल र भारतमा घर बताउने ३३ वर्षिय सोमै धवल छन् । भारतबाट नेपालतर्फ आउँदै गरेको यूपी ५६ टी ३०७१ नम्बरको भारतीय टोयोटा कारमा जाँच गर्दा उक्त कारमा सवार निज पौडेलले झोलामा राखेर ल्याउँदै गरेको अवस्थमा उल्लेखित रुपैयाँ फेला परेको थियो । उनीहरुले उक्त रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुमध्ये निज धावल उक्त गाडीका चालक हुन् । त्यसवेला एपीएफ टोलीले सो कार समेत बरामद गरेको छ । एपीएफ टोलीले पक्राउ परेका दुवै जनालाई बरामद रकम तथा कारसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा बुझाएको छ ।
2075-11-6
APF News
एपीएफ टोलीद्वारा करीव ९ के.जी. चरेशसहित दुई जना पक्राउ

पर्सा,
    करीव ९ के.जी. चरेशसहित पर्सा जिल्लाको विरगञ्ज महानगरपालिका १६ स्थित भन्सार गेटबाट एपीएफ टोलीले  फागुन ३ गते दुई जनालाई पक्राउ गरेको छ । 
    पक्राउ पर्नेहरुमा भारतको घडियाना घर बताउने ३२ वर्षिया निशा साह र सोही ठाउँ बस्ने ३० वर्षिया सोनाली साह तेली छन् । 
    उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल गुल्म हेक्वा पर्सा नम्बर १४ गुल्मबाट खटिएको एपीएफ टोलीले उक्त चरेशसहित पक्राउ गरेको हो ।
    गस्तीमा खटिएको एपीएफ टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुले शरिरको बिभिन्न भागमा बेरेर लुकाई छिपाई लैजादै गरेको अवस्थामा उल्लेखित परिमाणको चरेश फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।
    एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद चरेशसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

2075-11-3
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको इलोक्ट्रोनिक सामान बरामद

सुनसरी,
    सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित पूर्वपश्चिम लोकमार्गको तिनकुनेबाट फागुन २ गते एपीएफ टोलीले करीव १ लाख १७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको इलोक्ट्रानिक सामान बरामद गरेको छ ।
    विराटनगरबाट गाईघाटतर्फ जाँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा उल्लेखित मुल्य बराबरको सीसी क्यामरा, भिडियो रेकर्डर तथा मनिटर लगायतका सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । 
    एपीएफ टोलीले बरामद सामान आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाएको छ । 

2075-11-2
APF News
लागूऔषधसहित पक्राउ

झापा,
    झापा जिल्लाको केचनाकवल गाउँपालिका ४ बाट फागुन १ गते एपीएफ टोली तथा स्थानीय प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।
    सोही जिल्लाको केचनाकवल गाउँपालिका ६ बस्ने ३० वर्षिय प्रकाश झालाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट केचनाबाट खटिएको एपीएफ टोली र स्थानीय प्रहरीले पक्राउ गरेको हो ।
    मे ९ प ६१७७ नम्बरको मोटरसाइकलमा भारतबाट नेपलतर्फ आउँदै गरेका निज झाले उक्त मोटरसाइकलको सिटकभर मुनि लुकाई छिपाई राखेको अवस्थामा कोडियन फोस्फेट ४ बोतल, नाईट्रोभेट १४ वटा र निट्राजेपाम ४२ वटा फेला परेपछि उनलाई उक्त लागूऔषधसहित पक्राउ गरिएको हो ।
    पक्राउ परेका निज झालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बु्झाएइको छ ।

2075-11-2