Toggle Menu

समाचार

APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, झापा जिल्लाको मेचीनगर नगरपालिका ८ स्थित जोरसिमलबाट माघ २२ गते एपीएफ टोलीले करीव चार लाख आठ हजार रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न किसिममा औषधी तथा किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त औषधी तथा किराना सामान सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय काँकडभिट्टामा बुझाएको छ । यसैगरी सोही जिल्लाकै मेचीनगर नगरपालिका १३ स्थित चारआलीबाट माघ २२ गते एपीएफ टोलीले करीव एक लाख ३९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना सामान तथा लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट खटिएको एपीएफ टोलीले माघ २२ गते करीव दुई लाख दुई हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । बीआर ३० सी ३९१८ नम्बरको भारतीय मोटरसाईकलमा राखी अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले सर्लाही जिल्लाको बरहथवा नगरपालिका १० स्थित सितापुरबाट बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला उक्त मोटरसाईकल समेत बरामद गरेको छ । बरामद लत्ताकपडा तथा उक्त मोटरसाईकल भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।
2076-10-22
APF News
एपीएफ टोलीद्वारा लागूऔषधसहित दुई जना पक्राउ
रुपन्देही, रुपन्देही जिल्लाको सिद्वार्थ नगरपालिका १ स्थित बेलहियाबाट माघ २१ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कास्की जिल्लाको पोखरा महानगरपालिका १६ लेखनाथ बस्ने १९ वर्षिय रक्की गरबुजा पुन र अरुण सुनार छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा निट्राजेपाम ट्याब्लेट ३ सय ४३ वटा, डाईजापाम ५८ वटा र प्रोमेथाजीन हाईड्रोक्लोराईड ईन्जेक्सन ५८ वटा फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।
2076-10-21
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, पर्सा जिल्ल्लाको विन्ध्यावासिनी गाउँपालिका ३ स्थित झौवाबाट माघ २० गते एपीएफ टोलीले करीव एक लाख ९४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको हार्डवेयरका सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट अमरपट्टीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान बीरगंज भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बाहुनडाँगीबाट खटिएको एपीएफ टोलीले माघ २० गते करीव एक लाख ८५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले झापा जिल्लाको मेची नगरपालिका ४ स्थित भेटघाट चोकबाट बरामद गरेको हो । बरामद सामान मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ । यसैगरी बारा जिल्लाको सिम्रौनगढ नगरपालिका ६ स्थित सिम्रौनगढ ईलाकाबाट माघ १९ गते एपीएफ टोलीले करीव एक लाख ८१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, मोटर पार्ट्स र किराना सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गोलागञ्जबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय बीरगंजमा बुझाएको छ ।
2076-10-20
APF News
एपीएफ टोलीद्वारा सुन तथा चाँदीसहित तीन जना पक्राउ
सप्तरी, सप्तरी जिल्लाको बोधेबसाईन नगरपालिका ९ सोरनपट्टी स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले माघ १९ गते करीव ९२ हजार रुपैयाँ बराबरको सुन तथा चाँदीसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बोधेबसाईन नगरपालिका १ बस्ने १७ वर्षिय कृष्णदेव यादव, २३ वर्षिय बिजयकुमार यादव र २२ वर्षिय शिवप्रकाश यादव छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रामनगरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । स ५ प २१३६ नम्बरको मोटरसाईकमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उल्लेखित मूल्य बराबरको आठ आना सुन तथा ६० तोला चाँदी फेला परेपछि पक्राउ गरेको हो । एपीएफ टोलीले त्यसवेला उक्त मोटरसाइकल समेत बरामद गरेको छ ।
2076-10-20
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, सर्लाही जिल्लाको बलरा नगरपालिका २ स्थित जमुनियाबाट माघ १९ गते एपीएफ टोलीले करीव तीन लाख रुपैयाँ बराबरको चोरीपैठारीको डिजे साउण्ड सिष्टम बरामद गरेको छ । भारतीय नम्बरको पिकअप गाडीमा राखी अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त साउण्ड सिष्टम सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गण हेक्वा सर्लाहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद साउण्ड सिष्टम तथा उक्त पिकअप गाडी भन्सार कार्यालय मलंगवामा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले माघ १९ गते करीव एक लाख एक हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको किराना सामान तथा लत्ताकपडा एपीएफ टोलीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित रजतजयन्ती चोकबाट बरामद गरेको हो । बरामद सामान बीरगंज भन्सार कार्यालयमा बुझाईएको छ । यसैगरी सुनसरी जिल्लाको कोशी गाउँपाकिला ८ चारकुने स्थित सीमा ईलाकाबाट माघ १९ गते एपीएफ टोलीले करीव एक लाख ४० हजार रुपैयाँ बराबरको चोरीपैठारीको चार थान काठ चिर्ने हाते मेसीन बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त मेसीन सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हरीपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद मेसीन एपीएफ टोलीले भन्सार कार्यालय सुनसरीमा बुझाएको छ ।
2076-10-19
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, झापा जिल्लाको मेचीनगर नगरपालिका ८ जोरसिमलबाट माघ १७ गते एपीएफ टोलीले करीब तीन लाख ७६ हजार रुपैयाँ बराबरको विभिन्न किसिमको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले चोरीपैठारी गरी ल्याउँदै गरेको अवस्थामा उल्लेखित मूल्य बराबरको नक्कली गरगहना, लत्ताकपडा र औषधी सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट देवडियाबाट खटिएको एपीएफ टोलीले माघ १८ गते करीब एक लाख ३२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको स्टिलको भाडा तथा विभिन्न किसिमका किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त सामान धनुषा जिल्लाको धनौजी गाँउपालिका ४ स्थित सीमा ईलाकाबाट बरामद गरिएको हो ।
2076-10-18
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, धनुषा जिल्लाको विदेह नगरपालिका २ स्थित ढाला चोकबाट एपीएफ टोलीले माघ १७ गते करीव एक लाख १५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले मोटरसाईकलमा राखी नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान तथा मोटरसाईकल सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट मैथानपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । एपीएफ टोलीले बरामद सामान तथा मोटरसाईकल जनकपुर भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले करीव एक लाख ५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भातबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बाईपास ईलाकाबाट बरामद गरेको हो । त्यसवेलो नेपालबाट भारततर्फ लैजाँदै गरेको करीव पाँच हजार रुपैयाँ बराबरको कस्तुरी मदिरा समेत एपीएफ टोलील बरामद गरेको छ । बरामद लत्ताकपडा तथा मदिरा एपीएफ टोलीले भन्सार कार्यालय बीरगंजमा बुझाएको छ ।
2076-10-17
APF News
भरुवा बन्दुकसहित दुई जना पक्राउ
ईलाम, ईलामा जिल्लाको माङसेबुङए गाउँपालिका ३ स्थित चतुरेबाट माघ १६ गते एपीएफ टोली र नेपाल प्रहरीले दुई नाल भरुवा बन्दुक तथा सोको दुई सय ग्राम छर्रा र जरायोको सिङसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २२ वर्षिय विशाल राई र ३५ वर्षिय शिवकुमार राई छन् । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश दानाबारीबाट खटिएको एपीएफ टोली र नेपाल प्रहरीले उनीहरुलाई शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त भरुवा बन्दुक तथा सोको छर्रा र जरायोको सिंह फेला परपछि पक्राउ गरिएको हो । पक्राउ परेकाहरुलाई बरामद सामानसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।
2076-10-17
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ६ स्थित ईशराईलबाट माघ १५ गते एपीएफ टोलीले करीव एक लाख ८५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला एपीएफ टोलीले उक्त सामान ल्याउन प्रयोग भएको को ५ प ९७२ र बीआर ५० एच ५८६६ नम्बरको दुई वटा मोटरसाइकल समेत बरामद गरेको छ । एपीएफ टोलीले बरामद सामान तथा मोटरसाईकल सेतुबन्धु भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले माघ १६ गते करीव एक लाख १७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले झापा जिल्लाको मेचीनगर नगरपालिका १३ स्थित पूर्व पश्चिम लोकमार्गबाट बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ । यसैगरी धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १२ स्थित कुवारामपुरबाट माघ १६ गते एपीएफ टोलीले करीव एक लाख एक हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश जनकपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय जनकपुरमा बुझाएको छ ।
2076-10-16
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ६ स्थित ईशराईलबाट माघ १५ गते एपीएफ टोलीले करीव एक लाख ८५ हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट लौकहीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला एपीएफ टोलीले उक्त सामान ल्याउन प्रयोग भएको को ५ प ९७२ र बीआर ५० एच ५८६६ नम्बरको दुई वटा मोटरसाइकल समेत बरामद गरेको छ । एपीएफ टोलीले बरामद सामान तथा मोटरसाईकल सेतुबन्धु भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाबाट खटिएको एपीएफ टोलीले माघ १६ गते करीव एक लाख १७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले झापा जिल्लाको मेचीनगर नगरपालिका १३ स्थित पूर्व पश्चिम लोकमार्गबाट बरामद गरेको हो । बरामद लत्ताकपडा भन्सार कार्यालय काँकडभिट्टामा बुझाईएको छ । यसैगरी धनुषा जिल्लाको जनकपुर उपमहानगरपालिका १२ स्थित कुवारामपुरबाट माघ १६ गते एपीएफ टोलीले करीव एक लाख एक हजार रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश जनकपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद सामान एपीएफ टोलीले भन्सार कार्यालय जनकपुरमा बुझाएको छ ।
2076-10-16
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, ईलाम जिल्लाको सुर्योदय नगरपालिका २ स्थित बसपार्कबाट माघ १४ गते एपीएफ टोलीले करीव दुई लाख ५४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पशुपतिनगरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला एपीएफ टोलीले उक्त लत्ताकपडा ल्याउन प्रयोग भएको मे १ ज २७२२ नम्बरको मारुती भ्यान समेत बरामद गरेको छ । एपीएफ टोलीले बरामद लत्ताकपडा तथा उक्त मारुती भ्यान भन्सार कार्यालय पशुपतिनगरमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले माघ १५ गते करीव एक लाख १० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा किराना सामान एपीएफ टोलीले पर्सा जिल्लाको बीरगंज महानगरपालिका १६ स्थित बाईपास रोडबाट बरामद गरेको हो । बरामद सामान भन्सार कार्यालय बीरगंजमा बुझाईएको छ ।
2076-10-15
APF News
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

काठमाडौं,
        रौतहट जिल्लाको गौर नगरपालिका ४ स्थित कबिर चोकबाट माघ ११ गते एपीएफ
टोलीले करीव एक लाख ८१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको कस्मेटिक सामान
बरामद गरेको छ ।
        भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त कस्मेटिक सामान
सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले
बरामद गरेको हो ।
        बरामद सामान एपीएफ टोलीले गौर भन्सार कार्यालयमा बुझाएको छ ।
        यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण हेक्वा धनुषाबाट खटिएको
एपीएफ टोलीले माघ १२ गते करीव एक लाख ६१ हजार रुपैयाँ बराबरको
चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।
        ज ८ प ५५७४ नम्बरको मोटरसाईकलमा भारतबाट अवैध रुपले भन्सार छली
नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा एपीएफ टोलीले धनुषा जिल्लाको
जनकपुर उपमहानगरपालिका १६ स्थित कपिलेश्वर ईलाकाबाट बरामद गरेको हो ।

2076-10-13
APF News
एपीएफ टोलीद्वारा भारतीय रुपैयाँसहित तीन जना पक्राउ

रुपन्देही,
        रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डा ईलाकाबाट माघ १० गते
एपीएफ टोलीले करीब तीन लाख भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ

        पक्राउ पर्नेहरुमा भारतको अयोध्या रामनगर कलौनी घर बताउने ५४ बर्षिय
सुनिलकुमार रामानी, ५२ बर्षिय राजकुमार बरयानी र भारतकै उत्तर प्रदेश
अकबरपुर जिल्ला अम्बेश्वर नगर भवानीपुर घर बताउने २२ बर्षिय रवि तिवारी
छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेको यू पी ४५ यू ९०९० नम्बरको भारतीय गाडीमा
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३८ गुल्म हेक्वा रुपन्देहीबाट खटिएको
एपीएफ टोलीले जाँच गर्दा उक्त रकम फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको
हो ।
एपीएफ टोलीले उनीहरुको साथबाट भारु पाँच सय रुपैयाँ दरको नोट पाँच सय ९०
वटा र ५० रुपैयाँ दरको नोट एक सय वटा तथा १३ हजार नेपाली रुपैयाँ समेत
बरामद गरेको छ ।
एपीएफ टोलीले पक्राउ परेकाहरुलाई बरामद रुपैयाँसहित आवश्यक कारवाहीको
लागि राजश्व अनुसन्धान कार्यालय बुटवलमा बुझाएको छ ।

2076-10-12