Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

लागूऔषधसहित पक्राउझापा, झापा जिल्लाको भद्रपुर नगरपालिका २ देउनिया पुलबाट साउन ११ गते सशस्त्र प्रहरीले तीन बोतल स्कुफ सिरप र नौ वटा निट्राजेपाम ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बिर्तामोड नगरपालिका ९ बस्ने ३२ वर्षिय ज्वाला थापा छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पृथ्वीनगरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेको हो । पक्राउ परेका थापालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ११ डोके बजारस्थित सीमा ईलाकाबाट साउन १० गते सशस्त्र प्रहरीले करीव ४ लाख ४५ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधी बरामद गरेको छ । उक्त औषधी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोकेबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।
/uploads/news/no-image-new.jpg
लागूऔषधसहित पक्राउ
झापा, झापा जिल्लाको भद्रपुर नगरपालिका २ देउनिया पुलबाट साउन ११ गते सशस्त्र प्रहरीले तीन बोतल स्कुफ सिरप र नौ वटा निट्राजेपाम ट्याब्लेटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही जिल्लाको बिर्तामोड नगरपालिका ९ बस्ने ३२ वर्षिय ज्वाला थापा छन् । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पृथ्वीनगरबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनको साथमा उक्त लागूऔषध फेला परेको हो । पक्राउ परेका थापालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाईएको छ । यसैगरी कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ११ डोके बजारस्थित सीमा ईलाकाबाट साउन १० गते सशस्त्र प्रहरीले करीव ४ लाख ४५ हजार रुपैयाँ बराबरको विभिन्न किसिमका औषधी बरामद गरेको छ । उक्त औषधी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट डोकेबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो ।