Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामद काठमाडौं, पर्सा जिल्लाको बिरगंज महानगरपालिका १७ अलौस्थि सीमा ईलाकाबाट जेठ २७ गते सशस्त्र प्रहरी करीव ३ लाख ३१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले ना ४९ प ३१२७ नम्बरको मोटरसाईकलमा नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट अलौबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला सशस्त्र प्रहरीले उक्त मोटरसाईकल समेत बरामद गरेको छ । बरामद लत्ताकपडा तथा मोटरसाईकल भन्सार कार्यालय बिरगंजमा बुझाईएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य एक लाख रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले जेठ २७ गते करीव २ लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, किराना सामान र मोटर पार्ट्स सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ७ शंकरचोकस्थित सीमा ईलाकबाट बरामद गरेको हो । बरामद सामान जलेश्वर भन्सार कार्यालय भिट्टामोडमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
चोरीपैठारीको सामान सशस्त्र प्रहरीद्वारा बरामद
काठमाडौं, पर्सा जिल्लाको बिरगंज महानगरपालिका १७ अलौस्थि सीमा ईलाकाबाट जेठ २७ गते सशस्त्र प्रहरी करीव ३ लाख ३१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले ना ४९ प ३१२७ नम्बरको मोटरसाईकलमा नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट अलौबाट खटिएको सशस्त्र प्रहरीले बरामद गरेको हो । त्यसवेला सशस्त्र प्रहरीले उक्त मोटरसाईकल समेत बरामद गरेको छ । बरामद लत्ताकपडा तथा मोटरसाईकल भन्सार कार्यालय बिरगंजमा बुझाईएको छ । बरामद मोटरसाईकलको भन्सार दाखिला मुल्य एक लाख रुपैयाँ रहेको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको सशस्त्र प्रहरीले जेठ २७ गते करीव २ लाख १ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ । भारतबाट अवैध रुपले ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, किराना सामान र मोटर पार्ट्स सशस्त्र प्रहरीले महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ७ शंकरचोकस्थित सीमा ईलाकबाट बरामद गरेको हो । बरामद सामान जलेश्वर भन्सार कार्यालय भिट्टामोडमा बुझाईएको छ ।