Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ काठमाडौ., कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ६ स्थित सीमा ईलाकाबाट बैशाख ११ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ३ रामजानकी टोल बस्ने आयुष कुँवर र पुष्पक शाही छन् । से ६ प. १४३१ नम्बरको स्कुटरमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पुनर्वासबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा स्पास्मो प्लस ६ वटा, नाईट्रोभेट ट्याब्लेट १० वटा र कालो चरेश १ ग्राम २९ मिलिग्राम फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उक्त स्कुटर समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा स्कुटरसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाईएको छ । यसैगरी झापा जिल्लाको भद्रपुर नगरपालिका ५ स्थित मेची पुलबाट बैशाख ११ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित कास्की जिल्लाको पोखरा महानगरपालिका १६ बस्ने ३४ वर्षिय सन्तोष थापालाई पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भद्रपुरबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा लुपीजेसिक २६ वटा, डाईजिपाम २७ वटा र फेनारागन २७ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज थापालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
काठमाडौ., कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ६ स्थित सीमा ईलाकाबाट बैशाख ११ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका ३ रामजानकी टोल बस्ने आयुष कुँवर र पुष्पक शाही छन् । से ६ प. १४३१ नम्बरको स्कुटरमा सवार उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पुनर्वासबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा स्पास्मो प्लस ६ वटा, नाईट्रोभेट ट्याब्लेट १० वटा र कालो चरेश १ ग्राम २९ मिलिग्राम फेला परेपछि पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसवेला उक्त स्कुटर समेत बरामद गरेको छ । पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा स्कुटरसहित आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा बुझाईएको छ । यसैगरी झापा जिल्लाको भद्रपुर नगरपालिका ५ स्थित मेची पुलबाट बैशाख ११ गते एपीएफ टोलीले विभिन्न किसिमका लागूऔषधसहित कास्की जिल्लाको पोखरा महानगरपालिका १६ बस्ने ३४ वर्षिय सन्तोष थापालाई पक्राउ गरेको छ । उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट भद्रपुरबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा लुपीजेसिक २६ वटा, डाईजिपाम २७ वटा र फेनारागन २७ वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज थापालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाईएको छ ।