Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.बाट एफपीयू टोलीको स्वागतकाठमाडौं, संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडान (जुवा)मा नेपाल एफपीयु वानको रुपमा खटिएर सफलतापूर्वक कार्यकाल सम्पन्न गरी स्वदेश फर्किएको एपीएफ टोलीलाई बैशाख ८ गते सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.ले सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण विपद उद्वार उपत्यका सिनामंगलमा एक समारोह बीच हार्दिक स्वागत गर्नुभयो । त्यसअवसरमा उहाँले कोरोना महामारीको समयमा समेत विदेशमा रहेर शान्ति स्थापना गर्ने आफ्नो विशेष जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी स्वदेश र्फिर्कएकोमा सशस्त्र प्रहरी कर्मचारीहरुलाई हार्दिक बधाई दिनुहुँदै यू.एन. मिसनमा कार्यरत रहँदा विभिन्न देशका सुरक्षाकर्मीहरुसँग सहकार्य गरी आर्जन गरेको ज्ञान, कला र सिपलाई स्वदेशमा समेत उपयोग गर्न दिर्नेशन दिनुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले संगठनले दिएको चुनौतीलाई अवसरको रुपमा लिई संगठनले के दियो भन्दा पनि मैले संगठनलाई के दिन सक्छु भन्ने भावनाकासाथ अघि बढ्यो भने जुनसुकै समय र परिस्थितीमा समेत सफलता मिल्ने उल्लेख गर्नुभयो । उहाँले संगठनमा आवद्ध रही संयुक्त राष्ट्रसंघमा सेवा गर्नपाउनु एउटा विशेष अवसरको रुपमा रहेको बताउनुहुँदै आ–आफ्नो जिम्मेवारीका क्षेत्रहरुमा सदैव कृयाशिल रहनुपर्ने बताउनुभयो । सशस्त्र प्रहरी नायव उपरीक्षक शिवप्रसाद गैहे्रको कमाण्डमा स्वदेश फर्किएको सो टोलीमा एपीएफ अधिकृत, विल्लादार तथा जवानगरी कूल १ सय ६२ जना रहेका छन् । कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक दुर्गाप्रसाद भट्टराई लगायत अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।
/uploads/news/Vw4StLWWxrCbSXdrNhizlg==.jpg
सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.बाट एफपीयू टोलीको स्वागत
काठमाडौं, संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडान (जुवा)मा नेपाल एफपीयु वानको रुपमा खटिएर सफलतापूर्वक कार्यकाल सम्पन्न गरी स्वदेश फर्किएको एपीएफ टोलीलाई बैशाख ८ गते सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम के.सी.ले सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गण विपद उद्वार उपत्यका सिनामंगलमा एक समारोह बीच हार्दिक स्वागत गर्नुभयो । त्यसअवसरमा उहाँले कोरोना महामारीको समयमा समेत विदेशमा रहेर शान्ति स्थापना गर्ने आफ्नो विशेष जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी स्वदेश र्फिर्कएकोमा सशस्त्र प्रहरी कर्मचारीहरुलाई हार्दिक बधाई दिनुहुँदै यू.एन. मिसनमा कार्यरत रहँदा विभिन्न देशका सुरक्षाकर्मीहरुसँग सहकार्य गरी आर्जन गरेको ज्ञान, कला र सिपलाई स्वदेशमा समेत उपयोग गर्न दिर्नेशन दिनुभयो । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक के.सी.ले संगठनले दिएको चुनौतीलाई अवसरको रुपमा लिई संगठनले के दियो भन्दा पनि मैले संगठनलाई के दिन सक्छु भन्ने भावनाकासाथ अघि बढ्यो भने जुनसुकै समय र परिस्थितीमा समेत सफलता मिल्ने उल्लेख गर्नुभयो । उहाँले संगठनमा आवद्ध रही संयुक्त राष्ट्रसंघमा सेवा गर्नपाउनु एउटा विशेष अवसरको रुपमा रहेको बताउनुहुँदै आ–आफ्नो जिम्मेवारीका क्षेत्रहरुमा सदैव कृयाशिल रहनुपर्ने बताउनुभयो । सशस्त्र प्रहरी नायव उपरीक्षक शिवप्रसाद गैहे्रको कमाण्डमा स्वदेश फर्किएको सो टोलीमा एपीएफ अधिकृत, विल्लादार तथा जवानगरी कूल १ सय ६२ जना रहेका छन् । कार्यक्रममा सशस्त्र प्रहरी नायव महानिरीक्षक दुर्गाप्रसाद भट्टराई लगायत अधिकृत तथा विल्लादार जवानहरुको उपस्थिती रहेको थियो ।