Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
new_chief.jpg Shailendra KhanalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF final photo.jpg Mandip ShresthaDeputy Inspector GeneralDIG Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Shailendra Khanal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson

Mandip Shrestha
Deputy Inspector General,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामदकाठमाडौं, पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका १२ भटौलीयास्थित सीमा ईलाकाबाट चैत्र १३ गते एपीएफ टोलीले करीब १ लाख ८४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सेमरीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको एपीएफ टोलीले चैत्र १३ गते करीब १ लाख ८९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको इलेक्ट्रोनिक्स सामान तथा मोटर पार्ट्स बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त ईलेक्ट्रोनिक्स सामान तथा मोटर पार्ट्स रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ बाईपासस्थित सीमा ईलाकाबाट बरामद गरिएको हो । एपीएफ टोलीले बरामद ईलेक्ट्रोनिक्स सामान तथा मोटर पार्ट्स भैरहवा भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण महोत्तरीबाट खटिएको एपीएफ टोलीले चैत्र १३ गते महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ५ स्थित सीमा ईलाकाबाट करीब १ लाख ५३ हजार रुपैयाँ बराबरको भन्सार छलीको किराना सामान तथा लत्ताकपडा बरामद गरेको छ । बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद
काठमाडौं, पश्चिम नवलपरासी जिल्लाको बर्दघाट नगरपालिका १२ भटौलीयास्थित सीमा ईलाकाबाट चैत्र १३ गते एपीएफ टोलीले करीब १ लाख ८४ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ । भारतबाट अवैध रुपले भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेस सेमरीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट डण्डाबाट खटिएको एपीएफ टोलीले चैत्र १३ गते करीब १ लाख ८९ हजार रुपैयाँ बराबरको चोरीपैठारीको इलेक्ट्रोनिक्स सामान तथा मोटर पार्ट्स बरामद गरेको छ । भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त ईलेक्ट्रोनिक्स सामान तथा मोटर पार्ट्स रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका १ बाईपासस्थित सीमा ईलाकाबाट बरामद गरिएको हो । एपीएफ टोलीले बरामद ईलेक्ट्रोनिक्स सामान तथा मोटर पार्ट्स भैरहवा भन्सार कार्यालयमा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ९ गण महोत्तरीबाट खटिएको एपीएफ टोलीले चैत्र १३ गते महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका ५ स्थित सीमा ईलाकाबाट करीब १ लाख ५३ हजार रुपैयाँ बराबरको भन्सार छलीको किराना सामान तथा लत्ताकपडा बरामद गरेको छ । बरामद लत्ताकपडा स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।