Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालबाट नेपाल एपीएफ अस्पतालमा गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक सेवा समुद्घाटनसशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालबाट नेपाल एपीएफ अस्पतालमा गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक सेवा समुद्घाटन काठमाडौं, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले फागुन २४ गते काठमाडौंको बलम्वु स्थित नेपाल एपीएफ अस्पतालमा आयोजित एक समारोहका वीच सो अस्पतालमा थप गरिएको गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक सेवाकोे समुद्घाटन गर्नुभयो । १११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आजै सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालको प्रमुख आतिथ्यमा गाईनोकोलोजी क्यान्सर एवेरनेस बिषयमा प्रस्तुतीकरण तथा अन्तरकृया कार्यक्रम समेत संचालन भएको छ । सो अन्तरकृयामा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु तथा नेपाल एपीएफ अस्पतालमा कार्यरत महिला सशस्त्र प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो । सो गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक संचालनसँगै महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्गको लागि भिआइए र भिआइएलआइ, पिएपी स्मेयर टेस्ट, एलबिसी र एचपीभी टेस्ट त्यसैगरी स्तन क्यान्सर स्क्रिनिङ्गको लागि भिडियो एक्सरे तथा विभिन्न डाइगोनेस्टिक विधिबाट उपचारहरु प्रदान गरिनेछ । सशस्त्र प्रहरी परिवार महिला संघ तथा नेपाल एपीएफ अस्पतालको सहकार्यमा सो अस्पतालमा आजैदेखि संचालनमा आएको गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक सेवाकोे सुचारुसँगै सशस्त्र प्रहरी परिवार महिला संघले सिफारिस गरेका महिलाहरुलाई गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग सेवा प्रदान गरी क्यान्सर रोगको सुरुको अवस्थाको समयमा नै रोग पहिचान गरी उपचार तथा रोकथाममा सहयोग पुग्ने विश्वास लिइएको छ । यसैगरी ट्यूमर तथा ट्यूमर सम्बन्धी बिरामीहरुको लागि शल्य चिकित्सक सेवा, नेपाल एपीएफ अस्पतालमा कार्यरत तथा अन्य स्वास्थ्यकर्मीहरुलाई गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग सम्बन्धी तालिम संचालन, टेलिमेडिसिन तथा तालिम प्राप्त स्वास्थ्यकर्महरुद्वारा प्रदेशस्तरमा समेत गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग सेवा विस्तार, रेडियो थेरापी तथा केमो थेरापी आवश्यक पर्ने क्यान्सरका बिरामीहरुलाई आवश्यकता अनुसार सम्बन्धित स्वास्थ्य निकायहरुमा समन्वय गरी रेफर गर्ने, गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग व्यवस्थापनका विभिन्न पक्षहरुमा अनुसन्धान गर्ने, सशस्त्र प्रहरी परिवार महिला संघले आयोजना गर्ने स्वास्थ्य शिविरहरु मार्फत महिलाहरुमा हुने क्यान्सरको बारेमा जनचेतना, स्वास्थ्य शिक्षा तथा परामर्श कार्यक्रम संचालन गर्नुका साथै सशस्त्र प्रहरी परिवार महिला संघको संयोजकत्वमा नेपालका दुर्गम स्थानहरुमा गाईनोकोलोजी क्यान्सर क्लिनिक शिविरहरु संचालन गरिने कुरा त्यसअवसरमा जानकारी गराइएको थियो ।
/uploads/news/mxp2N+tibocIp0etIl7VQw==.jpg
सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालबाट नेपाल एपीएफ अस्पतालमा गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक सेवा समुद्घाटन
सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालबाट नेपाल एपीएफ अस्पतालमा गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक सेवा समुद्घाटन काठमाडौं, सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालले फागुन २४ गते काठमाडौंको बलम्वु स्थित नेपाल एपीएफ अस्पतालमा आयोजित एक समारोहका वीच सो अस्पतालमा थप गरिएको गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक सेवाकोे समुद्घाटन गर्नुभयो । १११औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आजै सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष श्रीमती सरिता कणेल खनालको प्रमुख आतिथ्यमा गाईनोकोलोजी क्यान्सर एवेरनेस बिषयमा प्रस्तुतीकरण तथा अन्तरकृया कार्यक्रम समेत संचालन भएको छ । सो अन्तरकृयामा सशस्त्र प्रहरी परिवार महिला संघका पदाधिकारीहरु तथा नेपाल एपीएफ अस्पतालमा कार्यरत महिला सशस्त्र प्रहरी कर्मचारीहरुको सहभागिता रहेको थियो । सो गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक संचालनसँगै महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्गको लागि भिआइए र भिआइएलआइ, पिएपी स्मेयर टेस्ट, एलबिसी र एचपीभी टेस्ट त्यसैगरी स्तन क्यान्सर स्क्रिनिङ्गको लागि भिडियो एक्सरे तथा विभिन्न डाइगोनेस्टिक विधिबाट उपचारहरु प्रदान गरिनेछ । सशस्त्र प्रहरी परिवार महिला संघ तथा नेपाल एपीएफ अस्पतालको सहकार्यमा सो अस्पतालमा आजैदेखि संचालनमा आएको गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग क्लिनिक सेवाकोे सुचारुसँगै सशस्त्र प्रहरी परिवार महिला संघले सिफारिस गरेका महिलाहरुलाई गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग सेवा प्रदान गरी क्यान्सर रोगको सुरुको अवस्थाको समयमा नै रोग पहिचान गरी उपचार तथा रोकथाममा सहयोग पुग्ने विश्वास लिइएको छ । यसैगरी ट्यूमर तथा ट्यूमर सम्बन्धी बिरामीहरुको लागि शल्य चिकित्सक सेवा, नेपाल एपीएफ अस्पतालमा कार्यरत तथा अन्य स्वास्थ्यकर्मीहरुलाई गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग सम्बन्धी तालिम संचालन, टेलिमेडिसिन तथा तालिम प्राप्त स्वास्थ्यकर्महरुद्वारा प्रदेशस्तरमा समेत गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग सेवा विस्तार, रेडियो थेरापी तथा केमो थेरापी आवश्यक पर्ने क्यान्सरका बिरामीहरुलाई आवश्यकता अनुसार सम्बन्धित स्वास्थ्य निकायहरुमा समन्वय गरी रेफर गर्ने, गाईनोकोलोजी क्यान्सर स्क्रिनिङ्ग व्यवस्थापनका विभिन्न पक्षहरुमा अनुसन्धान गर्ने, सशस्त्र प्रहरी परिवार महिला संघले आयोजना गर्ने स्वास्थ्य शिविरहरु मार्फत महिलाहरुमा हुने क्यान्सरको बारेमा जनचेतना, स्वास्थ्य शिक्षा तथा परामर्श कार्यक्रम संचालन गर्नुका साथै सशस्त्र प्रहरी परिवार महिला संघको संयोजकत्वमा नेपालका दुर्गम स्थानहरुमा गाईनोकोलोजी क्यान्सर क्लिनिक शिविरहरु संचालन गरिने कुरा त्यसअवसरमा जानकारी गराइएको थियो ।