Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउकाठमाडौं, सुनसरी जिल्लाको कोशी गाँउपालिका ३ पश्चिम कुशाहास्थित सीमा ईलाकाबाट फागुन ५ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित सोही जिल्लाको धरान उपमहानगरपालिका १५ बस्ने २२ बर्षिय अनिल गुरुङलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट श्रीपुरबाट खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो । को २७ प ८५९१ नम्बरको स्कुटरमा आउँदै गरेका निज गुरुङलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा स्पास्मो ट्याब्लेट १ सय ५० वटा र ट्रमाडोल ट्याब्लेट २ हजार ९ सय ७० वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज गुरुङलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट आपतालबाट खटिएको एपीएफ टोलीले कञ्चपुर जिल्लाको पुनर्वास नगरपालिका ४ कार्गिलडाँडा स्थित सीमा ईलाकाबाट फागुन ५ गते विभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका १ बस्ने ३० बर्षिय सद्दाम मिया छन् । से ४ प ७७६७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा पिभोन स्पास प्लस ट्याब्लेट १० वटा, नाईट्राभेट ट्याब्लेट दुई वटा र एक ग्राम ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज मियालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।
/uploads/news/no-image-new.jpg
एपीएफ टोलीद्वारा लागूऔषधसहित पक्राउ
काठमाडौं, सुनसरी जिल्लाको कोशी गाँउपालिका ३ पश्चिम कुशाहास्थित सीमा ईलाकाबाट फागुन ५ गते एपीएफ टोलीले विभिन्न किसिमको लागूऔषधसहित सोही जिल्लाको धरान उपमहानगरपालिका १५ बस्ने २२ बर्षिय अनिल गुरुङलाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट श्रीपुरबाट खटिएको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो । को २७ प ८५९१ नम्बरको स्कुटरमा आउँदै गरेका निज गुरुङलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा स्पास्मो ट्याब्लेट १ सय ५० वटा र ट्रमाडोल ट्याब्लेट २ हजार ९ सय ७० वटा फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज गुरुङलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ । यसैगरी सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट आपतालबाट खटिएको एपीएफ टोलीले कञ्चपुर जिल्लाको पुनर्वास नगरपालिका ४ कार्गिलडाँडा स्थित सीमा ईलाकाबाट फागुन ५ गते विभिन्न किसिमको लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका १ बस्ने ३० बर्षिय सद्दाम मिया छन् । से ४ प ७७६७ नम्बरको मोटरसाइकलमा आउँदै गरेका उनलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनको साथमा पिभोन स्पास प्लस ट्याब्लेट १० वटा, नाईट्राभेट ट्याब्लेट दुई वटा र एक ग्राम ब्राउन सुगर फेला परेपछि पक्राउ गरिएको हो । पक्राउ परेका निज मियालाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाइएको छ ।