सशस्त्र प्रहरी बल, नेपाल
ARMED POLICE FORCE, NEPAL
Shailendra Khanal Inspector General, Armed Police Force, Nepal
Raju Aryal Deputy Inspector General, Armed Police Force, Nepal +977 - 9851272007 spokesperson@apf.gov.np
सप्तकोशी नदीमा बगेका घिमिरेको सकुशल उद्धार |
सुनसरी, सुनसरी जिल्लाको बराहक्षेत्र नगरपालिका १ बराहक्षेत्र मन्दिर नजिक माघ २८ गते दिउँसो सप्तकोशी नदीमा बगेका सोही नगरपालिका ५ बस्ने ६० बर्षिय भुवन घिमिरेको सशस्त्र प्रहरी सहायक हवल्दार डम्बर श्रेष्ठले जिवितै उद्धार गरेका छन् । सुनसरी जिल्लाको हरिनगर गााउपालिका ६ मा यही माघ २९ र ३० गते सशस्त्र प्रहरी बल, नेपालको तर्फबाट संचालन हुने स्वास्थ्य शिविरमा खटिई गएका श्रेष्ठले उनको उद्धार गरेका हुन । सो स्वास्थ्य शिविर संचालनको लागि नेपाल एपीएफ अस्पतालबाट खटिएका स्वास्थ्यकर्मी सवार बोटमा रहेका सहायक हवल्दार श्रेष्ठले निज घिमिरेलाई नदीमा पौडिन नसकी डुविरहेको देखेपछि उनले तत्कालै नदीमा हामफाली पौडिदै गएर घिमिरेलाई नदीबाट सकुशल बाहिर निकालेका थिए । उद्धार गरिएका घिमिरेलाई स्थानीय प्रहरीमा बुझाइएको छ । |