Toll Free No : 1114   +977-01-5249524   info@apf.gov.np
IG APF.jpg Raju AryalInspector GeneralIGP Armed Police Force, Nepal INSPECTOR GENERAL, APF finel_photo.jpg Rajendra KhadkaSenior SuperintendentSSP Armed Police Force, NepalSPOKESPERSON, APF

Inspector General

Raju Aryal
Inspector General,
Armed Police Force, Nepal

Spokesperson/Information Officer

Rajendra Khadka
Senior Superintendent,
Armed Police Force, Nepal
+977 - 9851272007
spokesperson@apf.gov.np

सम्माननीय प्रधानमन्त्री ओली १९औं सशस्त्र प्रहरी दिवस विशेष समारोहमा सरिक काठमाडौं, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा बिहीबार आयोजित ‘१९औं सशस्त्र प्रहरी दिवस २०७६’ विशेष समारोहमा सरिक हुनुभएको छ । उक्त विशेष समारोहका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री ओलीले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै अमर सशस्त्र प्रहरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो । सम्माननीय प्रधानमन्त्री ओलीले उक्त विशेष समारोहमा यसवर्ष उत्कृष्ट बाहिनी घोषित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्याललाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गर्नुभयो । सम्माननीय प्रधानमन्त्री ओलीले सो विशेष समारोहमा अवकाश प्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षक माधवबहादुर थापालाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्नुभयो । सम्माननीय प्रधानमन्त्री ओलीले उक्त विशेष समारोहमा सशस्त्र प्रहरी बलद्वारा प्रकाशित पुस्तक लोकार्पण गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बल नेपालद्वारा आफ्नो कार्यक्षेत्र भित्रका सुरक्षा तैनाथी विशिष्ट व्यक्तिको सुरक्षा, उद्वार कार्य लगाएतको ‘डेमोष्ट्रेसन’ अवलोकन गर्नुभयो । सम्माननीय प्रधानमन्त्री ओलीले उक्त विशेष समारोहलाई सम्बोधनको क्रममा कर्तव्यपालनाको क्रममा बीरगति प्राप्त गर्नुभएका संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गिय कृष्णमोहन श्रेष्ठ लगाएत अमर सशस्त्र प्रहरीको श्रद्धापूर्वक स्मरण गर्नुहुँदै उहाँहरुको बीरताको मुग्दकण्ठले प्रशंसा गर्दै घाईते प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बलले शान्ति सुरक्षा कार्यमा विशिष्ट योगदान पु¥याउनुका साथै कठिनाईका समयहरु तथा प्राकृतीक बिपत्तीकोे बेला उद्वार कार्यमा असाधारण योगदान पु¥याएको बताउनुभयो । सम्माननीय प्रधानमन्त्री ओलीले भूकम्पको बेला सशस्त्र प्रहरी कर्मचारीले उद्वार कार्यमा देखाएको तत्परताको मुग्दकण्ठले प्रशंसा गर्नुभयो । राष्ट्र सुशासन र बिकासमा जुटेको उल्लेख गर्नुहुँदै सम्माननीय प्रधानमन्त्री ओलीले यसमा सशस्त्र प्रहरी बलले पनि आफ्नो तर्फबाट योगदान पु¥याएको बताउनुभयो । बेरुजु फछ्र्योटमा सशस्त्र प्रहरी बल अग्रणी स्थानमा रहेको चर्चा गर्नुहुँदै सम्माननीय प्रधानमन्त्री ओलीले यसतर्फ संगठनको सकृयताप्रति खुशी लागेको उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी बलले उक्त विशेष समारोहमा प्रस्तुत गरेको ‘डेमोष्ट्रेसन’ उत्कृष्ट रहेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो– ‘डेमोष्टे«सन मात्रै होईन, सशस्त्र प्रहरी बलले कार्यक्षेत्रमा देखाएको क्षमताबाट सबै प्रभावित भएका छन् ।’ सम्माननीय प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरी बललाई समयानुकुल प्रभावकारी बनाउँदै लैजान मात्र नभई यस संगठनका सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीलाई राज्यले धान्ने सम्मको सुविधा दिन, राम्रो तालिम उपलब्ध गराउन सरकारको ध्यान गएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो– ‘सशस्त्र प्रहरी बलले आफुलाई आफ्ना हरेक क्षेत्रमा चुस्त र दुरुस्त राखेको छ ।’ माननीय गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सशस्त्र प्रहरी बल जनस्तरमा भिजिसकेको तथा प्रभावकारी सुरक्षा निकायको रुपमा आफुलाई उभ्याउन सफल भएको बताउनुभयो । देशका ७७ वटै जिल्लामा आफ्नो उपस्थिती जनाउँदै सशस्त्र प्रहरी बलले सीमा सुरक्षा, विपद् व्यवस्थापन, चोरीपैठारी निकासी नियन्त्रण लगाएतका क्षेत्रहरुमा उत्कृष्ट कार्य गरेको चर्चा गर्नुहुँदै उहाँले सशस्त्र प्रहरी बलले अन्य सुरक्षा निकायसँग समन्वय गरी उत्कृष्ट कार्य गरिरहेको उल्लेख गर्नुभयो । उहाँले यस संगठनको जनशक्तिलाई संख्यात्मक र गुणात्मक रुपमा बृद्धि गर्दै लगिने बताउनुहुँदै चोरीपैठारी निकासी नियन्त्रण, सीमावर्ती अपराध नियन्त्रण लगाएतका कार्यका लागि क्रमीक रुपमा बोर्डर आउट पोष्टहरु थप गर्दै लगिने कुरा समेत उल्लेख गर्नुभयो । माननीय गृहमन्त्री थापाले तराईदेखि उच्च हिमाली क्षेत्रसम्म तैनाथ रहेका सशस्त्र प्रहरी कर्मचारीहरुलाई अझै उच्च व्यावसायिक हुँदै जनताको सेवा र सुरक्षामा सकृय रहन निर्देशन समेत दिनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले धन्यवाद ज्ञापनको क्रममा राष्ट्र, राष्ट्रियता र अखण्डताको रक्षा गर्न तथा जनताको जीउ धनको सुरक्षाको लागि सशस्त्र प्रहरी बलले आफ्नो तर्फबाट पूर्ण रुपमा योगदान पु¥याउने बताउनुभयो । बेरुजु फछ्र्योटमा सशस्त्र प्रहरी बलले सर्वोत्कृष्ट स्थान हासिल गरेको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बलले परिचालनका क्षेत्रहरुमा उत्कृष्ट योगदान पु¥याएको तथा विपद्का बेला खोजी तथा उद्वार कार्यमा पु¥याएको योगदानको सबै क्षेत्रबाट मुग्दकण्ठले प्रशंसा भएको उल्लेख गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बलले भ्रष्टाचार, मानवअधिकारको हनन् तथा लैंगिक हिंसामा शुन्य सहनशिलताको नीति अवलम्वन गरेको कुरा समेत उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनले अवैध चोरीपैठारी निकासी नियन्त्रणमा समेत उत्कृष्ट कार्य गरेको उल्लेख गर्नुहुँदै यसै आर्थिक वर्षको पुष महिना सम्ममा ३६ करोड ७२ लाख रुपैयाँ बराबरको अवैध सामाग्री नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाईएको बताउनुभयो । उक्त विशेष समारोहमा सशस्त्र प्रहरी बलको कार्यक्षेत्र भित्रका विविध कामकारवाहीलाई समेटिएको रणनीतिक कौशलयुक्त डेमोष्ट्रेसन तथा सशस्त्र प्रहरी बलको बैण्डद्वारा सांगीतिक प्रस्तुती समेत गरिएको थियो ।
/uploads/news/lbIc6Xe7ALKHdh+6h3ohGw==.jpg
सम्माननीय प्रधानमन्त्री ओली १९औं सशस्त्र प्रहरी दिवस विशेष समारोहमा सरिक
काठमाडौं, सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा बिहीबार आयोजित ‘१९औं सशस्त्र प्रहरी दिवस २०७६’ विशेष समारोहमा सरिक हुनुभएको छ । उक्त विशेष समारोहका प्रमुख अतिथि सम्माननीय प्रधानमन्त्री ओलीले अमर सशस्त्र प्रहरी स्मारकमा पुष्पहार चढाउनुका साथै अमर सशस्त्र प्रहरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो । सम्माननीय प्रधानमन्त्री ओलीले उक्त विशेष समारोहमा यसवर्ष उत्कृष्ट बाहिनी घोषित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालयका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक राजु अर्याललाई ‘उत्कृष्ट बाहिनी अवार्ड’ प्रदान गर्नुभयो । सम्माननीय प्रधानमन्त्री ओलीले सो विशेष समारोहमा अवकाश प्राप्त सशस्त्र प्रहरी नायव महानिरीक्षक माधवबहादुर थापालाई ‘लाईफ टाइम अचिभमेन्ट अवार्ड’ प्रदान गर्नुभयो । सम्माननीय प्रधानमन्त्री ओलीले उक्त विशेष समारोहमा सशस्त्र प्रहरी बलद्वारा प्रकाशित पुस्तक लोकार्पण गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बल नेपालद्वारा आफ्नो कार्यक्षेत्र भित्रका सुरक्षा तैनाथी विशिष्ट व्यक्तिको सुरक्षा, उद्वार कार्य लगाएतको ‘डेमोष्ट्रेसन’ अवलोकन गर्नुभयो । सम्माननीय प्रधानमन्त्री ओलीले उक्त विशेष समारोहलाई सम्बोधनको क्रममा कर्तव्यपालनाको क्रममा बीरगति प्राप्त गर्नुभएका संगठनका संस्थापक सशस्त्र प्रहरी महानिरीक्षक स्वर्गिय कृष्णमोहन श्रेष्ठ लगाएत अमर सशस्त्र प्रहरीको श्रद्धापूर्वक स्मरण गर्नुहुँदै उहाँहरुको बीरताको मुग्दकण्ठले प्रशंसा गर्दै घाईते प्रहरी कर्मचारीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बलले शान्ति सुरक्षा कार्यमा विशिष्ट योगदान पु¥याउनुका साथै कठिनाईका समयहरु तथा प्राकृतीक बिपत्तीकोे बेला उद्वार कार्यमा असाधारण योगदान पु¥याएको बताउनुभयो । सम्माननीय प्रधानमन्त्री ओलीले भूकम्पको बेला सशस्त्र प्रहरी कर्मचारीले उद्वार कार्यमा देखाएको तत्परताको मुग्दकण्ठले प्रशंसा गर्नुभयो । राष्ट्र सुशासन र बिकासमा जुटेको उल्लेख गर्नुहुँदै सम्माननीय प्रधानमन्त्री ओलीले यसमा सशस्त्र प्रहरी बलले पनि आफ्नो तर्फबाट योगदान पु¥याएको बताउनुभयो । बेरुजु फछ्र्योटमा सशस्त्र प्रहरी बल अग्रणी स्थानमा रहेको चर्चा गर्नुहुँदै सम्माननीय प्रधानमन्त्री ओलीले यसतर्फ संगठनको सकृयताप्रति खुशी लागेको उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी बलले उक्त विशेष समारोहमा प्रस्तुत गरेको ‘डेमोष्ट्रेसन’ उत्कृष्ट रहेको उल्लेख गर्नुहुँदै उहाँले भन्नुभयो– ‘डेमोष्टे«सन मात्रै होईन, सशस्त्र प्रहरी बलले कार्यक्षेत्रमा देखाएको क्षमताबाट सबै प्रभावित भएका छन् ।’ सम्माननीय प्रधानमन्त्री ओलीले सशस्त्र प्रहरी बललाई समयानुकुल प्रभावकारी बनाउँदै लैजान मात्र नभई यस संगठनका सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीलाई राज्यले धान्ने सम्मको सुविधा दिन, राम्रो तालिम उपलब्ध गराउन सरकारको ध्यान गएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो– ‘सशस्त्र प्रहरी बलले आफुलाई आफ्ना हरेक क्षेत्रमा चुस्त र दुरुस्त राखेको छ ।’ माननीय गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सशस्त्र प्रहरी बल जनस्तरमा भिजिसकेको तथा प्रभावकारी सुरक्षा निकायको रुपमा आफुलाई उभ्याउन सफल भएको बताउनुभयो । देशका ७७ वटै जिल्लामा आफ्नो उपस्थिती जनाउँदै सशस्त्र प्रहरी बलले सीमा सुरक्षा, विपद् व्यवस्थापन, चोरीपैठारी निकासी नियन्त्रण लगाएतका क्षेत्रहरुमा उत्कृष्ट कार्य गरेको चर्चा गर्नुहुँदै उहाँले सशस्त्र प्रहरी बलले अन्य सुरक्षा निकायसँग समन्वय गरी उत्कृष्ट कार्य गरिरहेको उल्लेख गर्नुभयो । उहाँले यस संगठनको जनशक्तिलाई संख्यात्मक र गुणात्मक रुपमा बृद्धि गर्दै लगिने बताउनुहुँदै चोरीपैठारी निकासी नियन्त्रण, सीमावर्ती अपराध नियन्त्रण लगाएतका कार्यका लागि क्रमीक रुपमा बोर्डर आउट पोष्टहरु थप गर्दै लगिने कुरा समेत उल्लेख गर्नुभयो । माननीय गृहमन्त्री थापाले तराईदेखि उच्च हिमाली क्षेत्रसम्म तैनाथ रहेका सशस्त्र प्रहरी कर्मचारीहरुलाई अझै उच्च व्यावसायिक हुँदै जनताको सेवा र सुरक्षामा सकृय रहन निर्देशन समेत दिनुभयो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले धन्यवाद ज्ञापनको क्रममा राष्ट्र, राष्ट्रियता र अखण्डताको रक्षा गर्न तथा जनताको जीउ धनको सुरक्षाको लागि सशस्त्र प्रहरी बलले आफ्नो तर्फबाट पूर्ण रुपमा योगदान पु¥याउने बताउनुभयो । बेरुजु फछ्र्योटमा सशस्त्र प्रहरी बलले सर्वोत्कृष्ट स्थान हासिल गरेको चर्चा गर्नुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी बलले परिचालनका क्षेत्रहरुमा उत्कृष्ट योगदान पु¥याएको तथा विपद्का बेला खोजी तथा उद्वार कार्यमा पु¥याएको योगदानको सबै क्षेत्रबाट मुग्दकण्ठले प्रशंसा भएको उल्लेख गर्नुभयो । उहाँले सशस्त्र प्रहरी बलले भ्रष्टाचार, मानवअधिकारको हनन् तथा लैंगिक हिंसामा शुन्य सहनशिलताको नीति अवलम्वन गरेको कुरा समेत उल्लेख गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनालले संगठनले अवैध चोरीपैठारी निकासी नियन्त्रणमा समेत उत्कृष्ट कार्य गरेको उल्लेख गर्नुहुँदै यसै आर्थिक वर्षको पुष महिना सम्ममा ३६ करोड ७२ लाख रुपैयाँ बराबरको अवैध सामाग्री नियन्त्रणमा लिई सम्बन्धित निकायमा बुझाईएको बताउनुभयो । उक्त विशेष समारोहमा सशस्त्र प्रहरी बलको कार्यक्षेत्र भित्रका विविध कामकारवाहीलाई समेटिएको रणनीतिक कौशलयुक्त डेमोष्ट्रेसन तथा सशस्त्र प्रहरी बलको बैण्डद्वारा सांगीतिक प्रस्तुती समेत गरिएको थियो ।